चैत २९ काठमाडौं। प्रधानमन्त्री झलनाथ खनालले आपराधिक क्रियाकलापमा संलग्न दोषीहरुलाई कानुनको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता दोहो¥याउनुभएको छ । हिजो साँझ अज्ञात समूहको छुरा प्रहारबाट घाइते हुनुभएका नवनियुक्त ऊर्जा मन्त्री गोकर्ण विष्टलाई मनमोहन अस्पतालमा भेट गर्न जानुभएका प्रधानमन्त्रीले सन्चारकर्मीसँग विष्टमाथिको आक्रमण देशका अरु भागमा भएको आपराधिक घटनाको निरन्तरता हो भन्नुभयो ।
पछिल्लो समयमा देशमा हत्या हिंसा र आपराधिक घटना बढेको प्रधानमन्त्रीले स्वीकार्नुभयो । शान्ति र संविधान निर्माणका जारी प्रक्रियालाई बिगार्न चाहनेहरुले मुलुकमा अशान्ति मच्चाउन खोजे पनि सरकार सबै त्यस्ता गतिविधिलाई रोक्न सक्षम रहेको प्रधानमन्त्रीले बताउनुभयो ।
हिजो साँझ आफ्नै निवास काठमाडौंको सामाखुशीमा छुरा प्रहारबाट घाइते हुनुभएका एमाले केन्द्रीय सदस्य समेत रहनुभएका विष्टको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । अहिले उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।

0 comments:
Post a Comment