Sahara Sansar

Tuesday, April 12, 2011

मध्यपश्चिममा खाद्य सङ्कटको सम्भावना

शेरबहादुर केसी
 चैत २९  बाँके।यस वर्ष मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा खाद्य सङ्कटको सम्भावना देखिएको छ । मध्यपश्चिमका १५ मध्ये ११ जिल्लामा खाद्य उत्पादनमा कमी आएपछि खाद्य सङ्कटको सम्भावना देखिएको हो ।

मध्यपश्चिममा यस आर्थिक वर्षमा ७ लाख २ हजार ६ सय ७९ मेट्रिकटन खाद्यान्न आवश्यकता पर्ने भए पनि ६ लाख ५५ हजार ९ सय ३२ मेट्रिकटन खाद्यान्न मात्रै उत्पादन भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले जनाएको छ ।

मध्यपश्चिमका ४ जिल्लामा मात्रै पर्याप्त खाद्यान्न उत्पादन भएको छ भने ११ जिल्लामा गहँु, धान र मकैको उत्पादनमा ह्रास आएको कार्यालयले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae