Sahara Sansar

Tuesday, March 8, 2011

लोकतान्त्रिक संविधान निर्माणका लागि सम्पूर्ण नेपाली महिला लाग्नु पर्ने

रेडियो उपत्यका
फागुन २५ काठमाडौँ। पूर्व उपप्रधानमन्त्री एंव नेपाली कांग्रेस नेता सुजता कोइरालाले लोकतान्त्रिक संविधान निर्माणका लागि सम्पूर्ण नेपाली दिदीबहिनीहरु लाग्नु पर्ने बेला आएको बताउनु भएको छ । १०१औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा मंगलबार  एक विज्ञप्ती जारी गदै नेतृ कोइरालाले लोकतान्त्रिक  संविधानबाट मात्र पूर्ण रुपमा महिला अधिकारको प्रत्याभूत हुने बताउनु भएको छ ।

आगामी  श्रमिक महिला दिवसमा सम्पूर्ण नेपाली दिदीबहिनी नयाँ संविधानमार्फत पूर्ण अधिकार सम्पन्न हुने विश्वास व्यक्त गर्दै त्यसका लागि आफू जस्तो सुकै चुनौती आइपरे पनि सामना गर्न तयार रहेको कोईरालाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae