Sahara Sansar

Friday, June 17, 2011

युवा सङ्घ अध्यक्ष बस्नेत रिहा

0 comments

असार ३ काठमाण्डौ ।
प्रहरीले हिजो नियन्त्रणमा लिएका युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतलाई आज रिहा गरिएको छ । प्रहरीले बस्नेतलाई नेकपा एमाले मोरङ कार्यालयमा लगेर छाडेको हो । अध्यक्ष बस्नेतले पार्टीका नेताहरुले गृहमन्त्रीसँग वार्ता गरेर सहमति गरे पनि रिहा हुन अस्वीकार गर्नुभएपछि पार्टी कार्यालयमा लगेर छाडिएको हो । गृहमन्त्रालयमा भएको वार्ता सहमति पुगेपछि हिजो बिहान पक्राउ पर्नुभएका बस्नेतलाई साँझ रिहा गरिएको थियो । तर बस्नेतले सहमतिमा आफ्नो समर्थन नरहेको बताउँदै रिहा हुन मान्नुभएको थिएन ।

विराटनगरका पत्रकार खिलनाथ ढकाललाई अक्रमण गरेको अभियोगमा आफ्नो सङ्गठनका कार्यकर्ताहरुमाथि लगाईको मुद्दा खारेज गुर्नपर्ने बस्नेतको अडान छ । उहाँ आजै काठमाडौं आउँदै हुनुहुन्छ । यसैबीच पत्रकार खिलनाथ ढकालमाथि आक्रमणको घटना र पार्टीका कार्यकर्ताहरुको संलग्नताबारे नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्दै छ ।

Read More......

प्राचिन मानिसहरुको बस्ती – मानव निर्मित भनिने बिशाल झोङ गुफा प्रचारप्रसारको पर्खाइमा

0 comments

चन्द्रश्वर बस्ताकोटी असार ३ मुस्ताङ ।
प्राचिन मानिसहरुको बस्ती– मानव निर्मित भनिने बिशाल झोङ गुफा प्रचार प्रसारको पर्खाइमा रहेको छ । हिमाली जिल्ला मुस्ताङको उत्तरी गाबिस तिब्बतको सिमा सग जोडिएको छोसेर गाबिसमा रहेको झोङ गुफा रहेको छ ।
झोङ गुफा समुन्द्री सतहबाट करिव २९.२३५८३० उत्तरी अक्षांश, ०३८.९८२७८० पूर्वी देशान्तर र करिब ४ हजार मिटरको उचाइमा रहेको छ । प्राचिन मानिसहरुको घर मानिने यस गुफामा ५ वटा तला र १ सय ८ वटा कोठाहरु छन् । यस गुफामा धेरै समय पहिले करीव ५०० जना मानिहरुको वसोवास थियो भन्ने भनाई रहेको स्थानिय बासिन्दा बताउदछन ।
छोसेरका गाबिस सचिब ठाकुर प्रसाद अधिकारी यसलाई प्रचीन गाउँको सज्ञा दिइने बताउनु हुन्छ । गुफामा प्रवेश गर्न प्वाल सहितको गेट रहेको र  भित्र माथी तलामा जाने प्वालका ढोका रहेकाछन । यस गुफाभित्र प्राचिन मानिसहरुले प्रयोग गर्ने भाडाकुँडा, लगाउने कपडा, जुत्ता, चप्पल र उनीहरुले प्रयोगमा ल्याएने समानहरु देख्न सकिन्छ । यो गुफा एउटा ठुलो पहाडमा निर्मित घर जस्तै छ । गुफा बाहिरबाट हेर्दा पहाडजस्तो देखिएपनी यस भित्र खाना पकाउने कोठा, सुत्नेकोठा र ट्वाइलेट अझै पनि छन् । गुफाको पाँचौ तलामा पुगी प्वाल पारी बनाइएको झ्यालबाट बाहिर हेर्दा सबै छोसेरका सबै गाउ देख्दा जोकसैलाई पनि छुटै आनन्दको अनुभुति हुन्छ । गुफामा मानिसको बस्ती नभएपनि आसपासमा रहेका अन्यससाना गुफामा अझैपनी मानीसहरु बाहिर घरको आवरण बनाएर बस्दै आएका छन् । छोसेरका निवर्तमान गाबिस सचिब शंखलाल गुरुङको पुरानो घर समेत यस्तै अर्को गुफा सग जोडिएको अहिले पनि देख्न सकिन्छ ।

गुफा सम्बन्धि २५०० वर्ष अगाडीको एउटा महत्वपूर्ण ऐतिहासिक कथन छ । यस गुफामा एउटा भित्रजाने गेट छ, जसमा ५ तलाहरु र प्रत्येक तलामा धेरै कोठाहरु छन् । एकदिन हजगाभा भन्ने तिब्बतियन समूहले यस गाउँलाई आक्रमण गर्न खोजेछन् र त्यस गुफाभित्र जाने प्रयास गरेछन तर सकेनछन् । त्यहाँ जान नसकेपछि त्यस गाउँमा आउने पानिको मुहान नै बन्द गरीदिएछन् । त्यसपछि गाउँलेहरुले निकालेको जुक्ति अनुसार एकजना महिलाले आफ्नो टाउको तोरीको तेलले नुहाइन् । उक्त कुरा देखेपछि त्यस समुहले यहाँ त नुहाउने पानी पनि त रहेछ, खाने पानी त किन नहोला र भन्ने ठानी आफुहरु हार मानेर त्यहाँबाट भागेछन् । यसरी यस गुफालाई गाउँलेहरुले बासस्थान मानेका छन् । हिमालपारीको जिल्ला मानिने मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट यस गुफामा पुग्न करिव ३ दिनको पैदल यात्रा गर्नुपर्दछ । जोमसोमबाट यस ठाउमा आइपुग्न कागवेनी, छुसाङ, घमि, चराङ, लोमान्थाङ हुदै छोसेरसम्मको यात्रापछि यस गुफामा पुगिन्छ । हिमालयन छोसेर युवा क्लवले यस गुफाको संरक्षण गर्दै आइरहेको क्लबका अध्यक्ष टासी गुरुङले बताउनु भयो । यस गुफाको अगाडी एउटा ठूलो फुटवल ग्राउण्ड निमार्णाधीन अवस्थामा रहेको छ । आगामि श्रावणको अन्तिम हप्ता यसै ग्राउण्डमा उपल्लो मुस्ताङका युवाहरुको क्लब स्तरिय फुटबल प्रतियोगिता हुने अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।

यस गुफाको ब्यापक प्रचार–प्रसार भएमा नेपालकै पर्यटन प्रवद्र्धन गर्न कोसेठुङा साबित हनेमा दुइमत छैन । पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण सम्भावना वोकेको गुफाको प्रचार प्रसार गर्न  स्थानिय स्तर देखि राष्ट्रियबाट लाग्नु पर्ने देखिन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङले गुफा संरक्षण सम्वर्धनका साथै भित्र जाने भ¥याङ, बाटो बनाएको छ । सबैले गुफाको प्रचार प्रसारमा बिषेश ध्यान दिनु पर्ने अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङका कार्यालय प्रमुख निरञ्जन ठुङाना बताउनु हुन्छ ।

Read More......

बिदेशिहरुपनि हिन्दु धर्म प्रति आकर्षित हुदै मुक्तिनाथमा महायज्ञ गर्दै

0 comments

चन्द्रश्वर बस्ताकोटी असार २ मुस्ताङ ।
महर्षिमहेशयोगीका अनुयायी अमेरिकी ब्रह्चारी दोषज्ञ दाई भनिने डेभिट होपर अमेरिकीब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेस र पोल्याडकी जिज्ञासा भनिने  मेगडालेना मारियाले ९ दिने श्रीमद भागबतकहापुराणको आयोजना गरेका छन । उनीहरुले नेपालमा नेपाल महर्षि बैदिकफाउण्डेशनलाई भावातित ध्यान प्रचारमा सहयोग पु¥याउदै आएका छन  । ९ दिने भागबत महापुराणका बाचक पण्डित अबिनासअधिकारी र भरत प्रसाद तिमिल्सिना लगायत महायज्ञमा ९ जना पण्डितले महापुराण बाचन गरेका छन भने अग्रजी अनुवादक श्यामकृष्ण सुबेदी रहेका छन ।

मुक्तिनाथक्षेत्रमा अखण्ड ज्योतिबाबा स्वामी श्री जी च्यारिटेवल ट्ष्टले बनाएको हवन कुण्डमा महायज्ञ भइरहेको हो ।मुक्तिनाथ पिठाधिस कमल नयन आचार्यको स्विकृति लिएर महायज्ञ सचालन गरिएको अमेरिकी ब्रह्चारीदोषज्ञ दाई भनिने डेभिट होपरले बताए   ।

मुक्तिनाथमा पहिला पन आउदारुख बिरुवा सपनामा भगवानको रुपमा पटक पटक आएकाले मुक्तिनाथमा शान्तिका लागि र पुन्यकमाउन, महायज्ञ सुनेर आनन्दीत हुन महायज्ञको आयोजना गर्ने सपना पुरा भएको अमेरिकीब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेसले बताए ।

महर्षिमहेशयोगीका अनुयायी अमेरिकी ब्रह्चारी दोषज्ञ दाई भनिने डेभिट होपर अमेरिकीब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेस र पोल्याडकी जिज्ञासा भनिने  मेगडालेना मारियालाई लिएर महायज्ञ गर्न आएकोमहायज्ञको अग्रजी अनुवादक श्याम कृष्ण सुबेदीले बताए ।

Read More......

सुरक्षामा रहेका लडाकु र हतियार बुझाउँदैनौः सचिव गजुरेल

0 comments


३ असार काठमाडौ । 

एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टी अध्यक्ष प्रचण्डले भन्दैमा आफूहरुको सुरक्षामा रहेको लडाकु र हतियार  नबुझाउने स्पष्ट पारेका छन् । 

रिपोर्टस्र क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा बोल्दै गजुरेलले पार्टीमा छलफल गरेर आधिकारीक रुपमा निर्णय नगरी गरिएको लडाकु र हतियार फिर्ता आफूरुलाई स्विकार नभएको बताउनुभयो । अध्यक्षलाई चाहना भयो फिर्ता गर्नुभयो उहाँको भनाई थियो । 

हामीलाई चित्त बुझेको छैन फिर्ता गरेका छैनौ । पार्टीले आधिकारीक रुपमा निर्णय नगरी फिर्ता गर्दैनौ । यसरी सुरक्षामा रहेका लडाकु र हतियार फिर्ता गर्नु भनेको निशस्त्रीकरणको सुरुवात भएको भन्दै उनले सेना समायोजन अगाडि नबढी हतियार बुझाउने कुरा हुनै नसक्ने ठोकुवा गर्नुभयो । पार्टी भित्र तिब्र अन्र्तद्धन्द्ध रहेको स्विकार गर्दै गजुरेलले अन्र्तद्धन्द्धलाई अन्त्य गर्न सहि विधी बनाउन नसके पार्टी फुटने चेतावनी पनि दिनुभयो । उहाँले राजनीतिक परिस्थिति र सिद्धान्त सार्वजनिक गर्ने नयाा विधी बनाए पार्टीलाई फुटबाट बचाउन सकिने धारणा समेत राख्नुभयो । 

यद्यपि उहाँले अन्र्तद्धन्द्ध समाधान गर्ने उपयूक्त विधी बनाएर पार्टीलाई फुट्न नदिने दावी पनि गर्नुभयो । पार्टीभित्रको अन्र्तद्धन्द्ध र बहसले शान्ति प्रकि्रयालाई कुनै असर नपार्ने भन्दै असार ५ गते भित्र शान्ति प्रकि्रयाका मुलभुत विषयमा सहमति बन्नै नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो -शान्ति प्रकि्रयाको सबैभन्दा महत्वपूर्ण विषय मोडालिटि हो । मोडालिटि बने शान्ति प्रकि्रया फटाफट अगाडि बढ्छ । पाँच गते भित्रमै हुनु  पर्छ भन्ने कुरा सम्भव छैन । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सुरक्षामा सेना परिचालन गर्ने प्रधानमन्त्रीको निर्णय प्रति आपत्ति प्रकट गर्दै गजुरेलले प्रधानमन्त्रीको निर्णय शान्ति सम्झौता विपरित भएको दावी गर्नुभयो । उहाँले- सेना परिचालन गर्ने निर्णय शान्ति सम्झौता र राष्ट्रिय स्वार्थ विपरित छ । 

उनले माथिल्लो कर्णाली आयोजनामा पुर्न सम्झौता गरेर राष्ट्रिय स्वार्थ अनुकुल बनाउनु पर्ने भन्दै कर्णालीबाट उत्पादीत विजुली सिधै भारत लैजार्ने र पानी सुरुङ बनाएर पानी भारत लाने कुरा राष्ट्रिय हित विपरित भएको बताउनुभयो । सहमतिको सरकारको नयाँ विकल्प विना प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिन नहुने भन्दै अहिले प्रधानमन्त्री को बन्ने भन्ने छलफलमा लागे शान्ति र संविधान निर्माण कार्य ओझेलमा पर्ने तर्क गर्नुभयो । यद्यपि उनले सहमतिको सरकार भने माओवादीको नेतृत्वमा बन्नु पर्ने दावी गर्नुभयो । 

Read More......

एमालेको झण्डा ओडेका अपराधिलाई निकाल्नुपर्छ:उपाध्यक्ष गौतम

0 comments



विराटनगर ३ असार । 

सत्तारुढ दल एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी झण्डाको खोल ओडेर अपराध गर्नेलाई पहिचान गरि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साचारकर्मीसंग कुरागर्दै उपाध्यक्ष गौतमले युवा संघमा केही समस्या रहेको बताउदै अपराध गर्नेहरु केही समय लुकेर बसेपनि सधै लुक्न नसक्ने बताउनुभयो । युवा संघका अध्यक्ष महेश बस्नेतलाई प्रहरीले आवस्यक ठानेर सोधपुछका लागि लगेपछि रिहाइ गर्दा बाहिर आउन नमान्नु गलत भएको भन्दै उहाँले बस्नेतले त्यस्तो गर्न नमिल्ने बताउनुभएको छ । अपराधि म संग छ भनेर कसैले भन्छ भने त्यो पनि अपराध रहेको बताउनुभएका गौतमले त्यस्तो अभिब्यक्तिदिनेलाई पनि कारबाही हुनुपर्ने बताउनुभयो ।
एमालेले अपराधिलाई संरक्षण नगरेको दाबी गर्नुभएका उपाध्यक्ष गौतमले अपराधिलाई कारबाही नगरे पार्टी नै समाप्त भएर जाने चेतावनी दिनुभएको छ । उहाँले पत्रकार खिलानाथ ढकाल माथि सांघातिक हमला गर्ने युवा संघका नेताहरुलाई कारबाहीका दायरामा ल्याउन गृह प्रशासनलाई सहयोग गरिरहेको समेत बताउनुभएको छ । पूर्व गृहमन्त्री समेत रहनुभएका एमाले उपाध्यक्ष गौतमले विराटनगरस्थित अस्पतालमा उपचार गराईरहनुभएका पत्रकार खिलानाथ ढकाललाई भेटगर्नुभएको थियो ।

Read More......

Thursday, June 16, 2011

दोलखामा संचारकर्मीको प्रोफाईल तयार पारिने

0 comments



सन्तोष भुजेल,दोलखा

दोलखा जिल्लामा रहेका आम संचार गृहहरुको लोकेशन म्याप निर्माण गरिने भएको छ । दोलखाका आमसंचार गृहमा कार्यरत सम्पादक तथा प्रकाशकहरुको आज भएको अन्तरकि्रयाले साचारकर्मी र साचार गृहको सुरक्षालाई मध्येनजर गर्दै लोकेशन म्याप निर्माण गर्ने निर्णय गरेको हो । 

पत्रकार र साचार गृहमाथि आक्रमण र हस्तक्षेप बढीरहेकाल कुनै अपि्रय घटना भएमा तत्काल साचारकर्मीहरुको उद्दार गर्न सकियोस् भन्ने हेतुले लोकेशन बनाउने निर्णय भएको नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । लोकेशन म्याप तयार गर्नका लागि प्रकि्रया अघि बढाउन शेरबहादुर भुजेलको संयोजकत्वमा तीन सदस्सीय समिति समेत गठन गरिएको छ । समितिमा कुमार थापा र मन्दिरा थापा सदस्य रहेका छन् ।

 त्यस्तै अन्तरकि्रया कार्यक्रमले दोलखामा कार्यरत सबै साचारकर्मीहरुको फूल प्रोफाईल तयार गर्ने निर्णय समेत गरेको छ । साचारकर्मीमाथि कुनै पक्षबाट आक्रमण भएमा वा दुर्घटनामा परेमा उनीहरुको उद्दार तथा उपचारमा सहयोग होस् भन्ने हेतुले पत्रकारको रक्त समुह लगायत सम्पूर्ण विवरण समेटेर प्रोफाईल तयार गर्ने निर्णय भएको हो । प्रोफाईल तयारका निम्ति पत्रकार दीपशङ्कर चौलागाईंको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरिएको छ ।

 समितिमा रमेश खतिवडा सन्तोष भुजेल लगायत सदस्य रहेका छन् । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमणका अभियुक्तलाई सरकारले कारबाही गर्ने आश्वासन दिए पनि प्रकि्रया अघि नबढाएको भन्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनको केन्द्रीय कार्यक्रम अनुसार आज दोलखाका सम्पादक तथा प्रकाशकहरुसंग अन्तरकि्रया गरिएको हो । कार्यक्रमले तत्काल दोलखाका राजनीतिक दल प्रशासन सुरक्षा निकाय आदीसंग पत्रकारहरुको सुरक्षाका निम्ति बृहत अन्तरकि्रया गर्ने निर्णय पनि गरेको छ । 

Read More......

आजदेखि ११औं राष्ट्रिय जनगणना:कोही नछुटौं कोही नदोहोरिऔं

0 comments



असार ३,काठमाण्डौ

आजदेखि असार १३ गतेसम्म ११औं राष्ट्रिय जनगणना शुरु हुँदैछ । केन्द्रीय तथ्यांक विभागले तय गरेको कोही नछुटौं कोही नदोहोरिऔं भन्ने नारासहित जनगणना हुन लागेको हो । हरेक १० वर्षमा गरिने जनगणना नेपालमा शुरु भएको एक शताब्दी पुगेको छ । यसवर्षको जनगणनामा विभिन्न तहका गरी करिब ४३ हजार कर्मचारीहरु खटिने विभागले जनाएको छ । जनगणनाको औपचारिक उद्घाटन अहिले केहीबेर ८ः३० मा राष्ट्रपति डा यादवको लगत लिएर गरिनेछ । त्यसका लागि तथ्यांक विभागका महानिर्देशकलगायतका कर्मचारीहरु शीतल निवास पुगिसकेका छन् । राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री परिवारको विवरण विभागका महानिर्देशक उत्तम नारायण मल्लले लिनुहुनेछ भने सुपरिवेक्षकको रुपमा सदस्य सचिव युवराज भुसाल रहनुहुने तय गरिएको छ । जनगणनाको लागि यसअघि जेठ १ गतेदेखि १८ गतेसम्म घरपरिवार सूचीकरणको काम सकिसकेको छ । यसपटकको जनगणनालाई लैंगिक समानता र समावेशीको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।
यसैबीच जनगणनाको अवसरमा राष्ट्रपति प्रधानमन्त्रीलगायतले शुभकामना दिनुभएको छ । साथै उहाँहरुले जनगणनामा सहयोग पुर् याई सफल बनाउन पनि सबैलाई आग्रह गर्नुभएको छ । विज्ञप्तिमा राष्ट्रपति डा रामवरण यादवले जनगणनाले हरेक व्यक्ति र समुदायलाईसमेत फाइदा पुग्ने भएकाले यसमा सहभागी हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री झलनाथ खनालले पनि देश विकास र विकासका कार्यक्रमहरु तर्जुममा गर्न सहयोग पुग्ने भएकाले तथ्यांक विभागबाट खटाइएका गणकहरुले सोधेको प्रश्नको जवाफ दिएर जनगणनामा सहभागी हुन आग्रह गर्नुभयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae