Sahara Sansar

Tuesday, May 24, 2011

नेपाल तामाङ घेदुङ गाउँ ईकाई समिति घोलिखर्कको दोश्रो गाउँ अधिवेसन सम्पन्न

0 comments

देवकला कार्की 
 जेठ १० धनकुटा। धनकु्टाको घोलिखर्कमा नेपाल तामाङ घेदुङ गाउँ ईकाई समिति घोलिखर्कको दोश्रो गाउँ अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले मान वहादुर योन्जन तामाङको अध्यक्षतामा ११ सदस्यि नयाँ कार्यसमिति गठन गरिएको छ ।

नवगठित समितिको उपाध्यक्ष अम्मवर वहादु घिसिङ तामाङ,सचिव सोमराज तामाङ,सहसचिव विमान तामाङ र कोषाध्यक्षमा कर्णमाया तामाङ रहनु भएको छ । अधिवेसनमा नेपाल तामाङ घेदुङका क्रेन्द्रिय सदस्य एवम उद्योग वाणिज्य सघंका अध्यक्ष लालचन गोङवाको प्रमुख आतिथ्य रहेको थियो । साथै नेपाल तामाङ घेदुङ धनकुटाका  अध्यक्ष कृषण तितुङ तामाङ, सचिव सन्तविर लामा लगायतको  उपस्थिति रहेको थियो ।

सो अवसरमा राष्टिय जनगणना २०६८ सम्वन्धि जनचेतना मुलक प्रशिक्षण कार्यक्रम समेत गरिएको थियो ।

Read More......

शान्ति सहयोग कार्यक्रमका लागि नेपाललाई डेनमार्क सरकारले ९४ करोड ८५ लाख अनुदान सहयोग गर्ने

0 comments

जेठ १० काठमाडौँ । डेनमार्क सरकारले नेपाल सरकारलाई नेपाल शान्ति सहयोग कार्यक्रम तेस्रो चरण का लागि करिब रु ९४ करोड ८५ लाख अनुदान सहयोग प्रदान गर्नेभएको छ ।

समावेशी शान्तिप्रकि्रयामार्पुत शान्तिपूर्ण लोकतान्त्रिक सामाजिक न्याय र समृद्ध नेपालको निर्माणमा योगदान गर्नु नेपाल शान्ति सहयोग कार्यक्रमको समग्र उद्देश्य रहेको छ ।

विस्तृत शान्ति सम्झौताको कार्यान्वयनको सवलीकरण र सार्वजनिक सुरक्षा तथा विस्तृत शान्तिप्रकि्रयाको सुदृढीकरण कार्यक्रमको तात्कालिक उद्देश्य रहेका छन् ।

सो अनुदान सहयोगको कार्यान्वयन गर्ने संस्थाहरुमा शान्ति तथा पुनरनिर्माण मन्त्रालय राष्ट्रसङ्घीय नियोगहरु नेपाल प्रहरी तथा अन्य रहेका छन् ।

यो कार्यक्रमले नेपाल शान्ति कोषलाई थप सहयोग गर्नेछ । कोषले नेपाल सरकार र दातृ स्रोतहरुबीच शान्तिसम्बन्धी पहल र कार्यहरुका साथै शान्तिप्रकि्रयाको अनुगमनमा समन्वयकारी संस्थाको रुपमा कार्य गर्दछ ।

नेपाल प्रहरीको समुदायसँगको सम्बन्ध र अपराध अनुसन्धानमा उसको प्रभावकारितालाई बढाउने प्रयासका लागि पनि कार्यक्रमले सहयोग गर्नेछ ।

अर्थ मन्त्रालयमा आज सो अनुदान सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकारका तर्पुबाट अर्थसचिव कृष्णहरि बाँस्कोटा र नेपालका लागि डेनमार्कका राजदूत मोर्टन जेस्पस्रनले हस्ताक्षर गर्नुभयो ।

Read More......

बन्दको साईत जुराउँदै व्यस्त चोकमा गाईपूजाट्याक्सीमा आगजनी

0 comments

सोम लामा जेठ १० ललितपुर । राष्ट्रिय जनावर गौमाताको संरक्षण दिवसका अवसरमा आज ललितपुरमा गाईको विशेष पूजा गरिएको छ ।

नागरिक चेतना अभियानअन्तर्गत जावलाखेल चोकमा स्वतन्त्र नागरिक सनातन युवा समाजले सांस्कृतिक कार्यक्रमसहित गाईको विशेष पूजा आयोजना गरिएको हो ।

राष्ट्रिय जनावरको रक्षा गरौं हिन्दु राष्ट्र कायम गरौं भन्ने मूल नाराका साथ सम्पन्न सो पूजामा करिब २०० भक्तजनको उपस्थिति थियो । पूर्वमन्त्री दिनबन्धु अर्याल अभिनेता शिव श्रेष्ठ अतिथि रहेको सो कार्यक्रममा स्थानीय समाजसेवीको उल्लेख्य सहभागिता थियो ।

आयोजकले ललितपुरको कुसुन्तीबाट गाईलाई सिँगारेर पूजास्थल जावलाखेलमा ल्याएका थिए । कार्यक्रममा उपस्थित भक्तजनलगायतका निम्तालु अतिथिहरुले गाईको पूजा गरेका थिए ।

दुई घण्टे गाईको विशेष पूजामा नाचगान आयोजना गरिएको थियो । कार्यक्रमपश्चात् आयोजकले ललितपुरका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेयलाई मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

नेपाललाई हिन्दुराज्य घोषणा गरिनुपर्ने गाई काट्ने अपराधीलाई कारबाही गरिनुपर्नेलगायतका १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

आयोजक स्वतन्त्र नागरिक सनातन युवा समाजका संयोजक मानव सेवकले सरकारले आफ्ना मागलाई गम्भीरताका साथ लिएर पहल नगरे सङ्घर्षका कार्यक्रम ल्याउने चेतावनी दिनुभयो ।

यसैबिच मातृकाप्रसाद यादवले नेतृत्व गरेको नेकपा माओवादीको जनवर्गीय समूहद्वारा आह्वान गरिएको बन्द कार्यक्रमको क्रममा आज सातदोबाटोस्थित एन्फा परिसर अगाडि एउटा ट्याक्सीमा आगजनी गरिएको छ ।

प्रदर्शनकारीले बा १ ज ३९०० नम्बरको ट्याक्सीमा पेट्रोल छर्केर आगो लगाएका थिए । ट्याक्सी जलेर पूर्णरुपमा नष्ट भएको छ । आगो लगाउने कार्यमा संलग्न रहेको आरोपमा १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More......

Monday, May 23, 2011

गाउ डुलेर राजनिति गर्न खोज्ने कुटनितिज्ञहरुलाई लखेट्ने

0 comments


चन्द्रश्वर बस्ताकोटी
जेठ ९ मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा जनस्वयम सेवक परिचालन पश्चिम तमुवान सयन्त्रले उत्पादन, निमार्ण र जनसुरक्षाका लागि जनस्वयम सेवक मार्चपास गरेको छ ।

कागबेनीको आन्तरिक पर्यटक र स्थानिय बासिन्दाको बिषेश चहल पहल हुने क्षेत्रमा एक कार्यक्रमको आयोजना गर्दै उत्पादन, निमार्ण र जनसुरक्षाका लागि जन स्वयंसेबक लेखिएको होर्डीङबोर्ड राखेको छ । उक्त क्षेत्रमा करिब ५० जना जनस्वंयम सेबकहरुले रातो पहिरनमा गाउगाउको परिक्रमा गरेका थिए ।

जनताको पिरमर्का र आवश्यकता बुभm्दै शान्ति र सबिधानका लागि पनि जनस्वयसेवकले कार्यक्रम अगाडी ल्याएको जनस्वयम सेवक परिचालन ब्युरोका तमुवान सदस्य निरु थापाले बताउनु भयो । थापाको नेतृत्वमा परिचालित जनस्वयम सेवक मार्चपास ढाकार्जुङ, पाङलिङ, फल्याक, एक्लेभट्टी हुदै कागबेनीगाउको परिक्रमा गरेको थियो । जनताको सुरक्षा र राष्ट्रको रक्षाकोलागि जोड दिदै सोमवार मुस्ताङ आउने भएका भारतिय राजदुत राकेश सुदलाई मुस्ताङको भुमि र जनता प्रयोग गरेर छिमेकी राष्ट्रचिनको बिरुद्ध कार्य नगर्न आग्रह गनुभयो । यदि यस्तो भए राजदुतलाई कालो झण्डा, जुत्तामात्र हैन मुक्का हान्न समेत जनस्वयम सेवक पछाडी नहट्ने बताउनु भयो । गाउ गाउ डुलेर राजनिति गर्न खोज्ने कुटनितिज्ञहरुलाई मुस्ताङबाट लखेट्ने उहाको भनाई थियो ।

मुस्ताङमा बिकास निमार्णको निहु बनाउदै राजदुत सुद तिन तिन महिनामा आउने र जनतालाई दिग्भ्रमीत पार्दै आएका छन । भारतिय दुताबासले पछिल्लो समय मुस्ताङमा करिब २४ करोड रुपैया लगानी गरिसकेको छ । सोही सिलसिलामा राजदुत सुद ९ गते मुस्ताङ आउन लागेका हुन ।

Read More......

Sunday, May 22, 2011

संविधान सभाको म्याद थप्नु पर्ने श्रम तथा यातायात व्यवस्था मन्त्री राईको भनाई ।।

0 comments

जेठ ८  नेपालगञ्ज। श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद ईस्तियाक राईले  वर्तमान सरकारलाई पुर्णता दिन र शान्ति स्थापन गर्नलाई संविधान सभाको म्याद थप्नुको विकल्प नरहेको बताउनु भएको छ । 

अवधी पत्रकार संघ  नेपालले आज विहान नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले संविधान सभाको ९० प्रतिशत काम पुरा भइसकेकोले लोकतन्त्र गणतन्त्र संस्थागत गर्न तथा सविधान सभालाई तार्किक निश्कर्षमा पु¥याउन सहमतिको आधारमा सविधान सभाको म्याद थप्नुको विकल्प नरहेको बताउनु भएको हो । 

उहाँले देशमा शान्ति नचाहने प्रतिगामी तत्वको हावि भएकोले पनि सविधान निर्माणमा ढिलाई भइरहेको उल्लेख गर्नुभयो ।

Read More......

क्षेत्री समाजले आह्वान गरेको बन्दका कारण काठमाण्डु उपत्यकाको जनजीवन प्रभावित

0 comments

जेठ ८ काठमाडौं।  क्षेत्री समाजले आह्वान गरेको बन्दका कारण आज काठमाण्डु उपत्यकाका तीन जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण काठमाण्डु, ललितपुर र भक्तपुर जिल्लामा सवारी साधन चलेका छैनन भने बजार पसल पनि खुलेका छैनन । 

खस क्षेत्रीलाई आदिवासी जनजाति ऐनमा  सुचिकृत गर्न माग गर्दै वन्द आह्वान गरिएको हो । बन्द गराउँदै हिडिरहेका समाजका दुई सय भन्दा बढी कार्यकर्तालाई प्रहरीले काठमाण्डुका विभिन्न ठाउँबाट पक्रेको छ । बन्दकर्ताहरुले काठमाण्डुको गोंगवु, महाराजगंञ्ज, कलंकी लगायतका क्षेत्रमा  प्रर्दशन गरेका छन् । 

यसैबीच बन्दको विरोधमा पर्यटनव्यवसायीहरुले काठमाण्डुमा ¥याली गरेका छन् । बन्द साँझ ५ बजेसम्म रहने समाजले जनाएको छ ।

Read More......

प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष दाहालवीच बार्ता

0 comments

जेठ ८ काठमाडौं  । प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच शिविरका लडाकु समायोजन र व्यवस्थापनका बिषयमा दलहरुसंग परार्मश गरेर ठोस निर्णय गर्ने सहमति भएको भएको छ ।

खनाल र दाहालवीच आईतवार राजधानीमा भएको छलफलमा लडाकुको समायोजनका सम्बन्धमा तीन शीर्ष दलका नेता र बिशेष समितिको बैठक बोलाएर ठोस निर्णय गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले भोली एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक बसेर सेना समायोजन सम्बन्धी केही ठोस निर्णय गर्ने सहमति खनाल र दाहालवीच सहमति भएको बताउनुभयो ।

प्रधानमन्त्री खनाल र अध्यक्ष दाहालवीच भएको सहमति अनुसार भोली बिहान ८ बजे तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने छ भने त्यस लगत्तै माओवादी लडाकुको समायोजन, रेखदेख र व्यवस्थापन सम्बन्धी बिशेष समितिको बैठक बस्ने छ । माओवादी लडाकुको समायोजन र व्यवस्थापनका सम्बन्धमा समायोजन सम्बन्धी बिभिन्न प्रस्ताव र टिकाटिप्पणी आइरहेका समयमा तीन दल र बिशेष समितिको बैठक बोलाईएको छ ।   

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae