Sahara Sansar

Tuesday, April 26, 2011

बेपत्तालाई सार्वजनिक नगरे सम्म शान्ति प्रक्रियाले पूर्णता पाउन नसक्ने वक्ताहरुको जोड

0 comments

बैशाख १३ पोखरा। राज्यले बेपत्ता बनाएकाहरुको अवस्था सार्वजनिक नभएसम्म शान्ति प्रक्रियाले पूर्णता
पाउन नसक्नेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राज्यद्वारा वेपत्ता अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलको खोज कार्यक्रमका अवसरमा बोल्ने वक्ताहरुले झण्डै १२ सय बेपत्ताहरुको अवस्था सार्वजनिक नभई संविधान लेखन प्रक्रियाले समेत् पूर्णता पाउन नसक्ने बताए ।

 कार्यक्रममाबोल्ने बेपत्ताका आफन्तले आफ्ना परिवारका सदस्यहरुको अवस्था सार्वजनिक नगरे आन्दोलनको आँधि सिर्जना गर्ने चेतावनी समेत दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले बेपत्ताको अवस्था सार्वजनिक गर्न नसक्ने हो भने माओवादी समर्थनमा बनेको सरकारको औचित्य नरहने औल्याउनुभयो । अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेल बेपत्ता भएको ९ वर्ष पुरा भएको स्मृतिमा क्रान्तिकारीको तमुवान राज्य समितिले कार्यक्रम गरेको हो ।

२०५९ बैशाख १३ गते काठमाण्डूको कालीमाटीबाट सुरक्षाकर्मीले बेपत्ता पारेको पौडेलको अवस्था अहिलेसम्म अज्ञात रहेको क्रान्तिकारीले जनाएको छ ।

Read More......

संविधानसभाको म्याद थप गर्ने कुरा अस्वीकार्यः मधेशी मोर्चा

0 comments

सुशील पन्त
 बैशाख १३ काठमाडौं। सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निर्धारित समयमा शान्ति र सबिधान निर्माण प्रक्रिया टुंगोमा पु¥याउन माग गर्दै संविधानसभाको म्याद थप गर्ने कुरा अस्वीकार्य हुने बताएको छ । मोर्चाले सरकार संचालक दलले संविधान निर्माणको कार्यलाई दिशाहिन, बेवारिसे, अधुरो र अपूरो बनाएको भन्दै आन्दोलनको तयारीमा लाग्ने बताएको छ । मोर्चाले आज राजधानीमा पत्रकार सम्मेलन गरी शान्ति, संविधान र स्वायत्त मधेश प्रदेश निर्माणको लागि दवाब सृजनागर्न तराइका विभिन्न छ स्थानमा आमसभा गर्ने घोषणा गरेको हो ।

शान्ति प्रक्रियालाई पूर्णता पु¥याउने तथा संविधान निर्माण प्रक्रियालाई वेबारिसे बनाउने सत्ताधारी दलको नियतले देश दुर्घटना उन्मुख भएकोले यसवारे जनतालाई जागरुक बनाउन देशव्यापी आमसभा गर्न लागिएको मोर्चाले बताएको छ । जसअनुसार विराटनगर, जनकपुर, बीरगञ्ज, भैरहवा, नेपालगञ्ज र कञ्चनपुरमा संयुक्त सभा गरिने मोर्चाले निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले जेठ १४ मा संघीयता विनाको संविधानको एकीकृत मस्यौदा ल्याएर संविधानसभाको म्याद थप गर्नु आफूहरुका लागि मान्य नहुने चेतावनी दिनुभयो। तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकूरले जेठ १४ गते सम्ममा शान्ति र संविधान निर्माणप्रक्रिर्या निश्कर्षमा पु¥याउनुपर्ने मोर्चाको धारणा रहेकोले जेठ १५ बारे आफूहरुले सोच्दै नसोचेको बताउनुभयो ।

मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी ३१ दिनमा शान्ति र संविधान निर्माण संभव भएकोले यही अवधिमा मुलभूत बिषय टुङ्गयाउनु पर्ने बताउनुभयो । उहाँले माओवादी नियतका आशंका रहेकाले बाँकी समयमा शान्ति प्रक्रियाले पूर्णता पाउने संभावना कमजोर भएको आरोप लगाउनुभयो ।

यसैबीच मधेशी मोर्चाले नागरिकताका आधारमा मात्र मतदाता नामावली संकलन गर्ने कार्य रोक्न एक हप्ते अल्टिमेटम दिएको छ । आगामी १८ गतेसम्म पनि मतदाता नामावली संकलन कार्य नरोकिए १९ गतेदेखि अबरोध सृजना गर्ने मोर्चाले चेतावनी दिएको छ । ‘नागरिकतालाई मात्र मात्र आधार बनाइ मतदाता नामावली र राष्ट्रिय परिचयपत्र बनाउने कार्य तत्काल नरोकिए, सो अवैधानिक र मधेश विरोधी कार्यलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनतासंग सहकार्य गरी स्थलगत रुपमा रोक्ने निर्णय गरेको छ’, मोर्चाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।



Read More......

राप्रपा र एमाओवादी कार्यकर्ताबीच झडप राप्रपाका एकदर्जन भन्दाबढी कार्यकर्ता घाइते

0 comments

वैशाख १३ चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत माओवादी कार्यकर्ताबीच चितवनको माडीमा आज बिहान झडप हुँदा राप्रपाका एकदर्जन भन्दाबढी कार्यकर्ता घाइते भएका छन् ।

राप्रपा चितवन क्षेत्र नम्बर ५ वसन्तपुर माडीमा भइरहेको कार्यकर्ता भेटघाट एवम् शुभकामना आदान-प्रदान कार्यक्रममा एमाओवादीको युवा सङ्गठन वाइसिएलले आक्रमण गरेपछि झडप भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

झडपमा परी राप्रपा चितवनका जिल्ला सदस्य मदन पौडेल बघौडा गाविसका इकाई अध्यक्ष राजु पौडेललगायत १४ जना घाइते भएका छन् ।

उनीहरुको अहिले भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

वाइसिएल चितवनका कोषाध्यक्ष हरि भुसालसहितका वाइसिएल कार्यकर्ताहरुले आफूहरुमाथि आक्रमण गरेको घाइतेहरुको भनाइ छ ।

कार्यक्रम भइरहेको स्थानमा एक्कासि विवाद गर्न पुगेका वाइसिएल कार्यकर्ता र राप्रपा कार्यकताबीच भनाभनसँगै झडप भएको इलाका प्रहरी कार्यलय वसन्तपुरले जनाएको छ ।

कार्यक्रम स्थलमा समेत वाइसिएल कार्यकर्ताले तोडफेड गरेको पुष्टी प्रहरीले गरेको छ ।

यसैबीच राप्रपा चितवनले विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ ।

उता वाइसिएल चितवनले भने आफूहरुमाथि राप्रपा कार्यकर्ताले आक्रमण गरेपछि झडप हुन गएको बताएको छ । सामान्य विवादमै राप्रपा कार्यकर्ता आक्रमणमा उत्रिएको उसको भनाइ छ ।

Read More......

सेनाको ट्रक दुर्घटना ३० जना घाइते

0 comments

वैशाख १३ सिन्धुलीमाढी । बर्दिवासबाट विपी राजमार्ग हुँदै सिन्धुलीमाढीतर्फ आइरहेको बा १ ज १५०९ नम्बरको नेपाली सेनाको ट्रक कमलामाई नगरपालिका-१० बाघमारामा आज दुर्घटना हुँदा ३० जना नेपाली सेना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सबैको महोत्तरीको बर्दिवासमा उपचार भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको ९ नम्बर बाहिनीको उक्त ट्रक सडक किनारमा पल्टिएर दुर्घटना भएको थियो ।

Read More......

Monday, April 25, 2011

राहदानी दुरुपयोगमा सभासदद्वयलाई थप सात दिने थुनामा आदेश

0 comments

बैशाख १२ काठमाडौं। कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका सभासद्द्वय वीपी यादव र गायत्री शाहलाई अनुसन्धालका लागि थप सात दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । म्याद थपका लागि प्रहरीले  काठमाडौं जिल्ला अदालतमा पुर्याएपछि अदालतले अनुसन्धान आवश्यक भएको भन्दै म्याद थपको आदेश दिएको हो । बयानका क्रममा सभासद दुवै जनाले भिसाका लागि राहादानी आफुले दोस्रो व्यक्तिलाई दिएको तर दुरुपयोग नगरेको बताएका छन् । 

कुटनीतिक राहदानी अर्कैलाई प्रयोग गर्न दिएको प्रमाण फेला परेपछि दुवै सभासदलाई प्रहरीले ६ दिनअघि संविधानसभा भवन नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।

Read More......

नेपाल भारत सीमा समन्वय बैठक सम्पन्न

0 comments

बैशाख १२ कपिलबस्तु।कपिलबस्तुको चन्द्रौटास्थित सशस्त्र विन्दवासिनी गणमा आज नेपाल भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ । नेपालका २ जिल्ला कपिलवस्तु र दाङका उच्चाधिकारी र भारतका २ सिदार्थनगर र बलरामवापुर का उच्चाधिकारी बिच विेशेष गरी सीमासम्बन्धि विषयमा वार्ता भएको हो ।

 करीब ३ घण्टा सम्म भएको बार्तामा नेपाल र भारतबिच सीमासम्बन्ध सुमधुर बनाउने, कपिलबस्तु र दाङको बिचमा बिग्रिएको अवस्थामा रहेका ५९३ पिलरहरु बनाउने, दुबै देशका समस्या मिलेर सामाधान गर्ने विषयमा सहमति भएको छ । त्यसैगरी एक आपसमा समन्वय गरी २ देश बिचको गरीबि न्यूनीकरण गर्ने, एक देशको समस्या अर्को देशलाई जानकारी गराई सामाधान गर्ने, सीमाक्षेत्रबाट हने काठ तस्करीलाई रोक्ने  लगाएतका विषयमा पनि सहमति भएको बताइएको छ ।

Read More......

लोकतन्त्रलाई संस्थागत गर्नका लागि राजनीतिक दलहरुको महत्वपूर्ण भुमिका

0 comments


बैशाख १२ धनकुटा। लोकतन्त्रलाई संस्थागत गर्नका लागि राजनीतिक दलहरुको महत्वपूर्ण भुमिका रहेको र यसमा नागरिकहरुको खवरदारी आवश्यक रहेको आज धनकुटामा आयोजित कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । धनकुटामा आयोजित लोकतन्त्रमा नागरिकहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले लोकतन्त्रलाई संस्थागत गर्नका लागि दलहरुकै महत्वपूर्ण भुमिका रहने वताएका थिए । नागरिक समाज धनकुटा, मानव अधिकार एलायन्स धनकुटा, गैर सरकारी संस्था महासंघ धनकुटा र नेपाल पत्रकार महासंघ धनकुटाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

यसैबीच गाविस सचिव हकहित संरक्षण केन्द्रका केन्द्रिय उपाध्यक्ष रामकुमार यादवले गाविस सचिवहरुको सुरक्षा व्यवस्थाका लागि सरकारले चासो नदेखाएको आरोप लगाउँनु भएको छ । गाविस सचिव हकहित संरक्षण केन्द्र अञ्चल कार्य समितिको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा गाविस सचिवहरुलाई विभिन्न भुमिगत समूह तथा संगठनवाट चन्दा आतंक हुदै आएकोमा सरकारले चासो नदेखाएको वताउँनभयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae