Sahara Sansar

Saturday, March 26, 2011

नुवाकोटमा छुट्टाछुट्टै घटनामा एक महिलासहित दुई जनाको मृत्यु

0 comments

कूल तामांग
 चैत १२ नुवाकोट। नुवाकोटमा शुक्रवार राति छुट्टाछुट्टै घटनामा एक महिलासहित दुई जनाको मृत्यु भएको छ । महिलाको सडक कल्भर्टमा खसेर र एक युवकको अत्याधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हो ।

चारघरे गाविस वडा नंं ३ घर भइ बेलकोट नमुना गाविस वडा नंं १ माइतीमा बस्दै आएकी अर्जुन मिजारकी श्रीमति ४० वर्षिया बतिनी मिजारको खेतमा पानी लगाउन जान लाग्दा कल्भर्टबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मिजारको पासाङल्हामु मार्गस्थित त्रिशूली काठमाडौं सडक खण्डको हकुवा भन्ने स्थानको कल्भर्टबाट खसेर मृत्यु भएकी मिजारको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको प्रहरी निरीक्षक विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

उता, कुमरी गाविस वडा नंं ९ खनीयाखर्कमा अत्याधिक मादक पदार्थ सेवनका कारण स्थानीय २४ वर्षिय माइला तामाङको मृत्यु भएको छ । उनको शव शनिवार विहान मदिराको बोतलसहित घरदेखि पाच सय मिटरको दुरीमा भेटिएको हो ।

विदुर नगरपालिका वडा नंं ५ माझिाटारका युवक दिपेन्द्र मिश्र मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।  गंगटेबजारबाट घरतर्फ जादै गर्दा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका मिश्रको उपचारका लागि स्थानीय व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गरी काठमाडौं पठाइएको छिमेकी शिव कुवरले जानकारी दिनुभयो ।

Read More......

लडाकुहरूलाई शिविरमा राखेर हतियार त्याग्न नचाहनु माओवादीकै लागि घातक

0 comments

चैत १२ धादिङ। नेकपा (एमाले) का वरिष्ठ नेता केपी शर्मा ओलीले एकीकृत नेकपा (माओवादी) का लडाकुहरूलाई शिविरमा राखेर हतियार त्याग्न नचाहनु माओवादीकै लागि घातक हुने बताउनुभएको छ ।

प्रेस चौतारी धादिङले शनिबार  आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले त्यस्तो विचार व्यक्त गर्नुभएको हो ।

वर्तमान सरकारले लामो समयसम्म पूर्णता पाउन नसकेको सन्दर्भ उल्लेख गर्दै नेता ओलीले सरकारले पूर्णता पाउन जति विलम्व हुन्छ त्यतिनै समस्या बल्झिँदै जानेतर्फ प्रधानमन्त्रीले ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

अर्को एक प्रशङ्गमा उहाँले गृह मन्त्रालय एमालेले कुनै हालतमा न छाड्ने दृढता व्यक्त गर्नुभयो ।

संविधानसभाको म्याद थप्न गृहकार्य भइरहेको चर्चाका सन्र्दभमा राखिएको जिज्ञासामा नेता ओलीले यसरी सधैँ म्याद थप्दै जाने हो भने तोकिएको समयमा संविधान बन्न नसक्नेतर्फ सबैले गम्भीरतापूर्वक सोच्नु आवश्यक रहेको बताउनुभयो ।


Read More......

भन्सार छुट दिने निर्णयको नेपाल विद्युतीय व्यवसायी महासङ्घद्वारा स्वागत

0 comments


चैत १२ काठमाडौँ । सरकारले सिएफएल चिमको प्रवद्र्धनका लागि आयतमा भन्सार छुट दिने निर्णय गरेकोमा नेपाल विद्युतीय व्यवसायी महासङ्घले त्यसको स्वागत गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले हालै व्यवस्थापिका संसदमार्फत सो चिमको आयतमा केही प्रतिशत भन्सार छुट दिने जानकारी दिनुभएको थियो ।

महासङ्घको प्रथम वार्षिक साधारणसभाका सहभागीले  सो निर्णयको स्वागत गर्दै यसबाट वर्तमान लोडसेडिङ अन्त्यका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री अधिकारीले साधारणसभाको उद्घाटन गर्दै दुई वर्षभित्र दैनिक लोडसेडिङको समय १२ घण्टा घटाउन ऊर्जा सङ्कटकाल घोषणा गरिएको बताउनुभयो ।उहाँले भन्नुभयो ‘सरकार र निजी क्षेत्रको सहकार्यबाट विद्युत् उत्पादन बढाउन प्राथमिकता दिनुपर्छ ।’

सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक जिभेन्द्र झाले विद्युत् उत्पादन कम र माग अत्यधिक भएकाले नै लोडसेडिङको समय दिन प्रतिदिन बढिरहेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले लोडसेडिङका कारण उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Read More......

तोकिएको समयमा नयाँ संविधान बन्छ :प्रचण्ड

0 comments


चैत १२ काठमाडौँ।  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले तोकिएको समयमा नयाँ संविधान बन्ने सम्भावना रहेको बताउनु बताउनु भएको छ ।

शनिबार काठमाडौंको कीर्तिपुरस्थित मंगल माध्यमिक विद्यालयको वाषिर्कोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले विवादित विषयमा दलहरुबीच सहमति हुँदै गएकाले आगामी जेठ १४ मै संविधान बन्ने सम्भावना रहेको बताउनु भयो ।

संविधान निर्माण प्रक्रिया राज्य पुनःसंरचनाका विषयमा अड्किएको बताउदै  उहाँले मेरो नेतृत्वमा रहेको उपसमितिले १२७ विवादित विषयमा रहेको अन्तरविरोधलाई ३० ओटामा झारिसकेको छ, यसपनि बाँकी दुई महिनामा संविधान बन्नसक्छ भन्ने पुष्टि गरेको जानकारी दिनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया माओवादी लडाकूहरुको समायोजन तथा पुनःस्थापनाको मोडालिटीमा अड्किएको बताउनु भयो ।

यसमा सहमति हुनासाथ अन्य विषयमा सहमति जुट्ने शान्ति प्रक्रिया पुरा हुने उहाँको भनाई छ । प्रचण्डले शान्ति र संविधान निर्माणमा दलहरुबीच भइरहेको सहमति भाड्न प्रतिगामी तत्वहरुले षड्यन्त्र थालिसकेको बताउनु भयो ।



Read More......

संविधान निर्माण र शान्ति प्रकृयालाइ टुङ्गोमा पुर्याउनुको विकल्प नभएको सभामुखको भनाइ

0 comments

चैत १२ इलाम। संविधान सभाका अध्यक्ष सुभासचन्द  नेम्वाङ्गले संविधान निर्माण प्रकृया पछिल्लो समयमा सामान्य वाधा अडचन आएपनि अघि वढिरहेको वताउनु भएको छ । अहिलेको अवस्थामा संविधान निर्माण र शान्ति प्रकृयालाइ टुङ्गोमा पुर्याउनु वाहेक अरु कुनै विकल्प नभएको नेम्वाङ्गको भनाइ थियो ।

इलाम नगरपालिकाले शनिबार  आयोजना गरेको जेष्ठ नागरिकका लागि रेडियो वितरण तथा नगरपालिका उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका लागि गृहजिल्ला इलाम आउनु भएका सभाध्यक्ष नेम्वाङ्गले पछिल्लो समयमा दलहरु विच शान्ति प्रकृया अगाडि कि र संविधान निर्माण अगाडि र राज्य पुर्न संरचना आयोग गठन गर्ने या नगर्ने भन्ने विषयमा विवाद गर्न थालेकोले संविधान निर्माण र शान्ति प्रकृयामा वाधा पर्न थालेको जानकारी दिनुभयो ।

दलहरु विच सो विषयमा भने पटक पटक छलफल भने भइरहेको जानकारी गराउनुभयो ।



Read More......

भोटको नुनखानी अलपत्र

0 comments

चन्द्रश्वर वस्ताकोटी
 मुस्ताङ जिल्लाको छुसाङ गाविसमा पर्ने नर्साङ खोलाको किनारमा रहेको नुनखानी अलपत्र परेको छ । जिल्ला सदरमुकाम जोमसोम देखि १० घण्टाको उत्तरतर्फको पैदलयात्रापछि पुगिने नुनखानीबाट नुन निकाल्ने कार्य विगत ४ बर्ष देखि बन्द भएको हो । सँयौ बर्ष पहिले देखि लगातार यहाँको नुन उत्खनन् गरि भोटे नुनको रुपमा उपभोग र बिक्री हुदैआएको थियो । विदेशबाट आयात गरिएको नुन यो नुनखानीबाट निकालीएको भन्दा कम मूल्यमा पाईने थालेपछि नुनखानी अलपत्र परेको हो ।

दामोदर कुण्ड हुदै बगेर आएको र्नसाङ खोलाको किनारमा १२ वटा नुनीलो पानी निस्कने मुल रहेका छन् । पहाडमा रहेका मुलबाट नुनिलो पानि निस्कने जन नर्मल निम्न माध्यमीक विद्यालय छुसाङका शिक्षक कृष्णप्रसाद सापकोटाले बताए ।

यहाँको मुलबाट निक्लने पानी जमाएर ढिका नुन बनाउन सकिन्छ । उत्खनन् हुन नसक्दा पहाडमा छरपस्त नुनका ढिका भेटिन्छन् । नुन निकालीने छ वटा सुरूङ पनि रहेको ६० बर्षसम्म नुन निकाल्ने काम गरेका छुसाङ तेताङका धुली गुरूङले बताए ।

भौगोलिक विकतता भएका कारण नुनखानी उपभोग गर्न कसैले चासो देखाएको स्थानियबासीको गुनासो छ । अहिले नुन उत्खनन् कार्यमा प्रयोग गरिएका सामानहरूपनि भग्नाअवशेषमा परिणत भएका छन् ।

मुलको पानी नर्साङ खोलाको किनारमा जम्मा पारि सुकाएर नुन बनाउने गरिएको स्थानियबासी बताउँछन् । जोमसोमका बमप्रसाद गौचलने नुन उत्खनन् गर्ने अनुमती लिएका थिए । दक्ष जनशक्तीको अभाव र आयातीत नुनसँग प्रतिस्पर्धा गर्न नसक्दा नुनखानी बन्द गर्नुपरेको खानी सञ्चालक गौचनले बताए । खानी बन्द भएपछि उत्खनन् कार्यमा संलग्नहरूपनि बेरोजगार भएका छन् । साल्ट टे«डिङ र्कपोरेसनसँग सम्झौता गरेर नुन खानि सञ्चालन गरिदै आएको गौचनले बताए । केही बर्ष अघि सम्म म्याग्दी, बागलुङ, पर्वत कास्की लगायतका ठाउमा भोटे नुन प्रयोग गर्ने गरिन्थ्यो । हप्तौ हिडेर मानिसहरु नुनखानीमा नुन लिन आउने गरेको स्थानियबासी सम्झन्छन् ।केहि बर्ष अगाडी सम्म खानीबाट एक वर्षमा एक सय मन सम्म नुन निकालीएको सञ्चालकले जानकारी दिए । मुस्ताङमा रहेको नुनमा आयोडिनको मात्रा कम भएको साल्ट टे«डीङ र्कपोरेशनले जनाएको छ ।

यहाँको नुन उपभोग गरेमा खाना रुच्ने र ग्यास्ट्रीक समस्या निको हुने हुदा औषधीको रूपमा पनि प्रयोग गर्ने गरेकोे जोमसोमकी फुलमाया शेरचनले बताईन । अझै पनि यहीको नुन उपभोग गर्ने तेताङ गाउँका बासिन्दा आफुहरूको स्वास्थ्यमा नुनले कुनै असर नपारेको बताउँछन । प्लास्टीकको भाँडामा नुनीलो पानी ल्याएर घाममा सुकाई ढिका बनाएर उपभोग गरिदै आएको छ । पशुलाई पनि यही नुन खुवाउने गरेको उनीहरुले बताए ।
नुनखानी अलपत्र अवस्थामा रहँदा समेत सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानियबासी निराश भएका छन् । ‘सुदुरपश्चिमका बासिन्दाले नुन खान पाएका छैनन्, यहाँको नुनखानी अलपत्र अवस्थामा छ ।’ चन्द्रज्योती प्रावि तेताङका प्रधानाध्यापक रामबहादुर गुरूङले भने ‘माल पाएर के गर्नु चाल पाए पो भने झै भएको छ नर्साङ खोला किनारमा रहेको नुनखानी’ ।

आधुनिक प्रविधी र दक्ष जनशक्ति मार्फत नुनखानी सञ्चालनमा ल्याउन सकेमा देशको आर्थिक अवस्थामा सुधार ल्याउन समेत सहयोग पुग्ने उद्योग बाणिज्य संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।

Read More......

Friday, March 25, 2011

जेठ १४ मा संविधान जारी नभए जनसंघर्षमा जाने कमल थापाको चेतावनी

0 comments

चैत १२ जनकपुर।  राष्ट्रिय प्रजान्तत्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १४ मा संविधान जारी नभए जनसंघर्षमा जाने चेतावनी दिनु भएको छ । राप्रपा नेपाल धनुषाको प्रशिक्षण कार्यक्रमको लागि  जनकपुर आउनु भएको अध्यक्ष थापाले  संचारकर्मीहरु संग संक्षिप्त कुराकानी गर्दै संविधान सभाको म्याद थप्न खोजे अब जनताले विद्रोह गर्ने बताउँदै निर्धारित समय मै संविधान निर्माण गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन दलहरुलाई आग्रह गर्नु भयो  ।

अध्यक्ष थापाले संवैधानिक राजतन्त्र विना मुलुक चल्न नसक्ने बताउँदै राजसंस्था सहितको प्रजातन्त्रले मात्र मुलुकको निकास निस्कने बताउनु भयो  । उहाले  विगतमा मुलुकमा भएको जनआन्दोलन तथा विभिन्न लोकतान्त्रिक आन्दोलनले दिएको म्यान्डेट शान्ति, संविधान निर्माणलाई पन्छाएर दलहरु सत्ता लिप्सामा लागेको कारण आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा रहेको औल्याउँदै राजनीतिक दलहरुको खिचातानी जारी रहे जनताको विश्वास गुम्ने र यसले भविष्यमा ठूलो संकट निम्त्याउने धारणा  ब्यक्त गर्नु भयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae