Sahara Sansar

Wednesday, February 23, 2011

अझै पनि विद्यालयमा पाठ्यपुस्तक अभाव

0 comments

ज्ञानु गौतम
 फागुन ११  रुकुम।   वार्षिक परीक्षा आउन दुई महिना मात्र बाँकी रहँदा रुकुमका पश्चिम क्षेत्रका ४ विद्यालयमा नागरिक शिक्षा पाठ्यपुस्तकको अभाव भएको छ । जिल्लाको जनकल्याण माध्यमिक विद्यालय खोलागाउँ ८ सानाखोला, जनकल्याण माध्यमिक विद्यालय खोलागाउँ ३ जोगीनेटा, महेन्द्र उमावि छिबाङ, शितल उच्च मावि चौवरजहारी र मावि गीठाकोटमा नागरिक शिक्षा विषयको पुस्तक अहिलेसम्म पनि पुग्न नसकेको हो । 

जिल्ला शिक्षा कार्यालयबाट किताव खरिदका लागि रकम भुक्तानी गरेपनि विद्यालय प्रशासनको लापर्वाहीका कारण समयमै पुग्न नसकेपछि पुस्तकविना परीक्षा दिन विद्यार्थी बाध्य भएका छन् । नारायणी पुस्तक पसलमा विद्यालयले रकम भुक्तानी गर्न नसकेपछि केन्द्रबाट किताव ल्याउन नसकिएको बताइएको छ । 

जिल्लामा रहेका धेरै विद्यालयले किताबको भुक्तानी लिए पनि विद्यालयमा किताब नपु¥याएपछि विद्यार्थी मर्कामा परेका छन । विद्यालय प्रशासनले भने माथिबाट रकम नआएको बताएका छन् । तर जिल्ला शिक्षा कार्यालयबाट रकम विद्यालयलको खातामा जम्मा गरिसकेको र विद्यालय प्रशासनले पैसा हिनामिना गरेको निमित्त जिल्ला शिक्षा अधिकारी बिनाराम खड्काले बताउनुभयो ।

Read More......

पत्रकार महासङ्घ बागलुङमा अनिश्चितकालिन तालावन्दी

0 comments


सुवास कँडेल
  फागुन ११ बागलुङ   । नेपाल प्रेस युनियन बागलुङले नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको कार्यालयमा आजदेखि अनिश्चितकालिन तालाबन्दी गरेको छ । महासङ्घको जिल्ला अधिवेशनमा आफ्ना सदस्यमाथि अमर्यादित व्यवहार गरिएको भन्दै युनियनले ताला लगाएको हो । 

अधिवेशनमा महासङ्घका अध्यक्ष हरीनारायण गौतमले युनियनका अध्यक्ष तथा महासङ्घका सदस्य सदस्य तथा पदाधिकारीहरु लगायतलाई बन्द शत्रमा चुकुल लगाएर हातपात गरेको भन्दै युनियनले खेद प्रकट गरेको छ । जबर्जस्ती एकलौटी रुपमा घोषणा गरेको निर्वाचन अवैधानिक भएको प्रेस युनियनले बताएको छ । तालावन्दी गर्दै नेपाल प्रेस युनिनका अध्यक्ष दिलिप पौडेलले स्वघोषित निर्वाचन रद्ध गर्नुपर्ने, पत्रकारमाथि हातपात गर्नेले माफी माग्नुपर्ने र तथाकथित कार्वाहि तत्काल फिर्ता नगरेसम्म ताला नखोलिने बताउनुभयो । 

महासङ्घका सदस्य प्रकट कुमार शिशिर र साधारण सदस्य सुवास कँडेल र नरेश कंडेललाई गौतमले विना कारण केन्द्रीय समितिमा कारवाहीका लागि सिफारिस गरेको घटनाकाृ पनि विरोध गरेको छ । 

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको शनिवार भएको अधिवेशन अवैधानिक भएको भन्दै बागलुङमा क्रियाशिल पत्रकारहरुले निरन्तर विरोध गरेका छन् ।

Read More......

सातबुदे सहमतिका विषयमा एमाले र माओवादीका शीर्ष नेताबीच छलफल

0 comments


फागुन ११  काठमाडौं। नेकपा एमालेले  मंगलवार भएको सातबुदे सहमतिका विषयमा गरेको निर्णय र सरकार गठनका विषयमा सत्ता साझेदार एमाले र माओवादीबीच  छलफल भएको छ । सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा एकीकृत माओवादीले हिजो गरेको निर्णयका बारेमा एमालेसँग जानकारी लिएको थियो । 

माओवादीको जिज्ञासामा प्रधानमन्त्री झलनाथ खनालले सातबुदे सहमति भन्दा एमालेको निर्णय बाहिर नगएको र केही शब्दमा मात्रै संशोधनको आवश्यकता रहेकाले त्यसै अनुसार चल्ने बताउनुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने एमालेको निर्णयमा सन्तुष्ट नरहेको र पार्टीभित्र छलफल गरि भोलि जानकारी गराउने बताएको थियो । आफ्नो पार्टी छलफलमा रहेकाले एमालेको निर्णयमा बारे माओवादीले असहमति जनायो ।

बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमालेको निर्णयमा माओवादीको सहमति नरहेको र त्यस विषयमा भोलि स्थायी समितिको बैठक बसेर थप छलफल गर्ने बताउनुभयो । एमाले र माओवादीको छलफल सकिएलगत्तै एमाले नेताहरुको बैठक बसिरहेको छ । 

प्रधानमन्त्री खनाल बाहिरिएपनि वरिष्ठ नेता माधवकुमार नोपाल, नेता केपी ओली महासचिव ईश्वर पाखरेललगायतका नेताहरु छलफलमा रहनुभएको छ ।

Read More......

संविधानका विवाद समाधान गर्न उपसमिति बन्ने

0 comments

 फागुन ११ काठमाडौं।  संविधानसभाका विषयगत समितिका प्रतिवेदनमा देखिएका विवाद समाधान गर्न शीर्ष नेताहरु रहेको उपसमिति बन्ने भएको छ । यसअघि बनेको कार्यदलको हैैसियतका बारेमा प्रश्न उठेर लामो छलफलपछि निस्कृय राखे पनि आजको संवैधानिक समितिको छलफलबाटै उपसमिति बनाउने सहमति भएको छ । 

प्रमुख तीन दल र मधेसवादी दलका शीर्षनेता सम्मिलित उपसमिति गठनगर्ने सहमति भएको हो । उपसमिति गठनका लागि भोलि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग छलफल गर्ने पनि सहमति भएको छ । बैठकपछि संविधानसभाका अध्यक्ष नेम्वाङले उपसमिति गठन गर्ने नगर्ने विषयमा अन्तिम निर्णय भोलि हुने बताउनुभयो । यसअघि माओवादी अध्यक्ष प्रचण्ड संयोजकत्वको उच्चस्तरीय राजनीतिक कार्यलले टुङ्गो लगाएको १ सय २७ बुँदालाई २८ दलीय कार्यदलले अनुमोदन गरिसके पनि अझै ८३ बुँदामा सहमति जुट्न सकेको छैन । आजको बैठकमा प्रमुख तीन दलसहित सबैदलका शीर्ष नेताहरु सहभागी थिए । एकीकृत मस्यौदा लेख्ने जिम्मेवारी पाएको संवैधानिक समितिले विवाद समाधानको उपायबारे परामर्श गर्न प्रमुख दलका शीर्षनेताहरुलाई बैठकमा बोलाएको हो ।

 संविधान जारी गर्न मिति जेठ १४ गते आउन ९४ दिन मात्र बाँकी रहेकोले छिटो विवाद समाधान गर्न सभापति आचार्यले शीर्ष नेताहरुको ध्यानाकर्षण गराउनुभएको थियो । नयाँ संविधान तोकिएकै समयमा जारी गर्न प्रतिबद्धता जनाउँदै नेताहरुले संविधान लेखनमा सकृय सहभागी हुने बचन दिएको बैठकपछि नेताहरुले बताए । बैठकमा साना दलले भने ठूला दललले नै संविधान निर्माणमा वेवास्था गरेको भन्दै आपत्ति जनाएका थिए । बैठकमा राज्यपुनर्संरचना आयोग गठनका विषयमा भने प्रमुख दलबीच केही विवाद देखिएको थियो । 

काङ्ग्रेसले जेठ १४ गते संविधान जारी गर्दा शान्ति प्रक्रियाको टुङगो लगाउनुपर्ने र तत्काल राज्य पुनर्संरचनाका लागि आयोग बनाउनुपर्ने माग गरेको संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । तर माओवादी नेता देव गुरुङले भने संविधान संशोधन गरि पुनर्संरचना आयोग गठनको प्रावधान नै खारेज हुनुपर्ने माओवादी माग रहेको बताउनुभयो ।

Read More......

हतियारधारी समुहद्वरा नुवाकोटका व्यापारीको घरमा लुटपाट

0 comments

कूल तामाङ्
 फागुन ११ नुवाकोट। तियारसहित आएका नवावधारीहरुको समुहले गणेशस्थानका व्यापारीको घरमा लाखौ रुपैया लुटपाट गरेका छन् ।

गणेशस्थान गाविस वडा नंं १ फेदीबेसीका व्यापारी ध्रुव अधिकारीको घरमा अज्ञात समुहले मंगलबार राती ८ लाख ५५ हजार रुपैया लुटेका हुन् । गए राती कात्रो किन्ने बहानामा पसलमा प्रवेश गरेका खुकुरी र खुडा सहित आएका ८ जनाको समुहले पुर्व गाविस अध्यक्ष समेत रहेका व्यापारी अधिकारीलाई आक्रमण गरी नगद लुटेर लगको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पिडित अधिकारीका अनुसार विदुर स्थित मालपोत कार्यालयमा जग्गा पासका लागी विदुरको हिमालयन वैकवाट निकालेको ५ लाख, कृषि विकास वैक खरानीटार वाट निकालेका २ लाख र घरमा व्यापार व्यवसायका लागी जम्मा भएको रकम गरी ८ लाख ५५ हजार नगद आक्रमणकारी समुहले लुटेर लगेका छन् । हतियार लिएर घर भित्र छिरेका तीन जनाले अधिकारीलाई नियन्त्रणमा लिएपछि अन्य आठ जनाले घरलाई
नियन्त्रणमा लिएका थिए ।

लुटेराहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबा एकथान खुडा, एक थान चुप्पी र टोपी बरामद गरको छ ।

प्रतिकार गर्ने क्रममा लुटेराहरुको आक्रमणबाट अधिकारी सामान्य घाइते समेत भएका छन् । उनी एमालेका जिल्ला स्तरीय नेता समेत हुन् ।

Read More......

Tuesday, February 22, 2011

शान्ती र संबिधान लाई पुर्णता दिन ७ बुदे सहमति : प्रचण्ड

0 comments


फागुन १० बाँके । एकिकृत नेकपा माओबादिका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शान्ती र संबिधानलाई पुर्णता दिन ७ बुदे सहमति गरिएकाले यसको बिकल्प नभएको बताउनु भएको छ । बाँकेको राझाँ बिमानस्थलमा मंलगबारक्रान्तिकारी पत्रकार संघ बाँकेले आयोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

प्रचण्डले एमालेले ७ बुदे सहमतिको बारेमा ठोस निर्णय लिन नसक्दा मन्त्री परिषद बिस्तार हुन ढिलाई भएको धारणा राख्नु भयो । शान्ती र संबिधान बिरुद्ध राष्ट्रपति शासान बा अन्य प्रतिगमनको खतरा रहेकाले त्यस बिरुद्ध ब्यापक जनपरिचालनका लागि आप्नो पार्टिले देशब्यापी प्रशिक्षण कार्यक्रम गरेको प्रचण्डको भनाई छ ।

७ बुदे सहमति परिर्मार्जन बारे संन्चार कर्मिको जिज्ञासामा अध्यक्ष प्रचण्डले ७ बुदे सहमति लागु भई सरकार गठन भई सकेकाले अब परिमार्जन हुनै नसक्ने धारणा राख्नु भयो । ७ बुदे सहमति बारे काग्रेसको असन्तुष्टी बारे पनि आफुहरु छलफल गर्न तयार रहेको बताउदै अध्यक्ष प्रचण्डले शान्ती र संबिधानको पुर्णताका लागि काग्रेस लागायत मधेश बादि सक्तीको सहयोग आबस्यक रहेको बताउनु भयो ।

गृह मन्त्रालय बारे संन्चारकर्मिको जिज्ञासमा अध्यक्ष प्रचण्डले अहिले एमाले संग गृह मन्त्रालय कसले लिने बारे बिबाद भएको नभई ७ बुदेको कार्यन्यन गर्ने या नगर्ने भन्ने हो भन्नु भयो । ७ बुदे कार्यन्यनको बिबाद हल भए सबै बिबाद हल हुने धारणा राख्नु भयो ।




Read More......

एमाले केन्द्रीय समितिद्वारा सात बुँदे जस्ताको तस्तै पारित

0 comments

 फागुन १० काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठकले गत माघ २० गते प्रधानमन्त्री निर्वाचनका बेला आफ्ना अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्ड विच भएको ७ बुँदे सहमती जस्ताको तस्तै पारित गरेको छ ।

पार्टी मुख्यालय बल्खुमा आज करिब छ घण्टा बसेको केन्द्रीय समिति बैठकले शान्ति र संविधान निर्माणलाई पुर्णता दिनु तथा राष्ट्रिय स्वाधिनताको रक्षाका लागि ७ बुँदे सहमती आबस्यक भएको ठहर गरेको छ ।

बैठकले मन्त्रालय बाँडफाडको अन्तिम टुङ्गो लगाउने जिम्मा भने स्थाई समितिलाईनै दिएको बैठक पछि पार्टी प्रधान र विभाग प्रमुख प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

७ बुँदे सहमती पारित भएपछि सरकार गठनले पुर्णता पाउने अपेक्षा गरिएको छ । साथै एमालेले कांग्रेस लगाएतका अन्य दललाई पनि सरकारमा सहभागिताका लागि आग्रह गरेको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae