Sahara Sansar

Sunday, January 16, 2011

सिन्धुलीमा साबुन कारखाना खुल्दै

0 comments


एसबी गौतम रेडियो सिन्धुलिगढ़ी
माघ २ सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालीका वडा नम्वर ७ पानिट्रयाङ्कीमा अपाङ्गता भएकाहरुलाई  ध्यानमा राखि तालिम केन्द्र स्थापना हुने भएको छ । कमलामाई नगरपालीका ७ पानिट्राङकी निवासी मन्जु प्रधानले करिव ३५ लाख वरावरको दुई कठ्ठा जग्गा नेपाल प्राकृतिक तथा मानव विकास श्रोत विकास सघं काठमाण्डौलाई दिनुभएपछि पृथक सक्षमता भएकाहरुलाई प्रशिक्षण दिने उदेश्यले तालिम केन्द्र खुल्ने भएको हो ।
रोटरी क्लव अफ जेम्स हाउन नर्थ डोकाटो सयुक्त राज्य अमेरिकाको आर्थिक तथा  प्राविधिक सहयोगमा तालिम दिईने र देशकै एक उच्च स्तरिय सावुन कम्पनि स्थापना गरि विभिन्न किसिमका अपाङ्गता भएकाहरुलाइ रोजगारको अवसर मिलाईने सस्था सस्थापक दिनेश राज शर्माले जानकारि गराए ।

Read More......

राष्ट्रिय झण्डा परिवर्तन नगर्ने सहमति

0 comments


माघ २ काठमाडौं । प्रमुख तीन दल अब बन्ने संविधानमा पनि अहिलेकै नेपाली झण्डालार्इ मान्यता दिन सहमत जनाएका छन् । आज आइतबार सिंहदरबारमा बसेको बैठकले झण्डाको रंग, आकार र प्रकारलार्इ जनआन्दोलनको उपलब्धीसँग जोडेर व्याख्या गर्ने तर झण्डा नफेर्ने सहमति भएको हो ।
यस अघि एकीकृत नेकपा माओवादीले झण्डा फेर्नुपर्ने माग गर्दै आइरहेको थियो । बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले झण्डाको रंग र आकारलार्इ परिवर्तन नगरी जनआन्दोलनसँग जोडेर व्याख्या गर्ने सहमति भएको बताउनुभयो । त्यस्तै निर्वाचनमा भाग लिएका सबै दललार्इ राष्ट्रिय दल भन्ने मान्यता प्रदान गर्ने पनि बैठकमा सहमति भएको छ । तर ३ प्रतिशत मत नल्याउने दललार्इ मान्यता नदिनेमा भने दलहरूबीच सहमति भएको छ । तीन दलले गरेको सहमति बारे संविधानसभाका प्रतिनिधित्व गर्ने २० दलमा थप छलफल हुनेछ ।

Read More......

खानेपानीको हाहाकार गाउँ नै बिस्थापित हुने अबस्थामा

0 comments

एसबि गौतम
माघ १ । रामेछापको पकरबास गाविसमा खानेपानीको हाहाकार भएको छ । पानीका पुराना मुहानहरु सुकेपछि त्यस गाविसमा खानेपानीको अभाव देखापरेको हो । स्थानिय केही मुहानहरुमा पानी पाइने भएपनि एक गाग्री पानी लिनका लागि निन्द्रा माया मारेर स्थानिय बासिहरुले रातभर पालो कुर्नुपर्ने बाध्यता छ ।
पानीको अभाव भएपछि स्थानिय नागरिक खानेपानी किनेर पिउन समेत बाध्य भएका छन् । खानेपानीकै अभावमा अबको १;२ वर्षमा गाउँनै विस्थापित हुने स्थिती श्रृजना भएपछि खानेपानी आयोजना साचालन गर्नका लागि स्थानियबासिहरुले महायज्ञ लगाउने भएका छन् । आगामी फागुन १० गतेबाट महायज्ञ साचालनका लागि रामकृष्ण ढुङ्गेलको संयोजकत्वमा २५ सदश्यि मुल तयारी समिती समेत गठन गरिएको छ ।

Read More......

Friday, January 14, 2011

स्वर्ण महोत्सव सकियो

0 comments


गोरखा २९ पुस ।
गोरखा जिल्लाको बक्राङ गा.वि.स. स्थित श्री महेन्द्र शक्ति मा. वि. मा विगत पाँच दिनदेखि जारी स्वर्ण महोत्सव बिहीबार सकिएको छ । समापन सत्रको कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलमणी काफ्ले, प्रहरी नायव उपरिक्षक गोरखसिंह भण्डारी, जिल्ला शिक्षा अधिकारी योगराज भट्टरार्इ लगायतको उपस्थिति रहेकत्र थियो । पाँच दिनसम्म भव्य रूपले कार्यक्रम गरेको र नेपाल सरकारले भने जस्तै शिक्षा प्राप्तिका लागि विद्यालयले गरेको कामकत्र उहाँहरूले उच्च प्रशंसा गर्नुभयो । वैज्ञानिक र व्यवहारिक शिक्षा प्रदान गर्ने रणानीतिमा रहेको सो विद्यालयको स्वर्ण महोत्सव उद्घाटन तथा स्मारिका विमोचनको कार्यक्रम एकीकृत नेकपा माऒवादीका उपाध्क्ष डा. बाबुराम भट्टरार्इले पुस २९ गते गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र न्यौपानेको अध्यक्षतामा भएको थियो ।

Read More......

Wednesday, January 12, 2011

पौडेलको प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता भयो

0 comments

 
पुस २८ काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएको छ । व्यवस्थापिका संसदको बुधबार बसेको बैठकमा प्रस्तावक शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पौडेलको विपक्षमा बहुमत पुग्ने निश्चित भएपछि संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मीक बैठकले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्री निर्वाचन बिहीबारका लागि सार्ने आफ्नो प्रस्तावलाई माओवादी र एमालेले अस्वीकार गरेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको थियो ।
पौडेलको उम्मेदवारी फिर्तासँगै छ महिनादेखि जारी परिणम विहीन निवाचनको प्रक्रिया अन्त्य भएको छ । बैठकमा सभामुख सुभासचन्द्र नेम्वाङले पौडेलको उम्मेदवारी फिर्तासँगै साउन पाँच गतेदेखि जारी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अन्त्य भएको घोषणा गरेका छन् ।
प्रधानमन्त्री निर्वाचनको नयाँ प्रकृया बारे बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने छ र बिहीबार अपराहृन ३ बजे बस्ने बैठकमा घोषणा हुनेछ ।

Read More......

आगनमै धारावाट पानी थाप्न पाउनेभएपछि गाउँले हर्षित

0 comments


एसबी गौतम रेडियो सिन्धुलिगढ़ी
पुस २८ ।सिन्धुलीको डाडीगुरासे गाविसको वडा नम्वर ८ मा खानेपानी योजना सम्पन्न भएको छ ।
खानेपानी कार्यक्रम संचालन गर्नका लागी गाविसको विनियोजित वजेट रु १ लाख पचास हजार र उपभोक्ताहरुको चालिस हजार वरावरको श्रमदान गरि कुल एक लाख नव्वे हजारको लागतमा खानेपानि योजना निमार्ण कार्यक्रम सम्पन्न भएको हो ।
डेढ घण्टाको वाटो हुदै पानी ओसादै जिवीका चलाउदै आएका गाविस वासीहरु अव आगनमै धारावाट पानी थाप्न पाउनेभएपछि खुसि भएका छन् ।
माईत िसं स्याङतान अध्यक्ष शान्ता हायु कोषाध्यक्ष र विर वहादुर लोप्चन सचिव लगायत अन्य सदस्यहरु रहनु भएको सो उपभोक्ता समितीले २०६६;६७ को विकास योजना अन्र्तगत गुरासे हायू गाउँको खानेपानि निमार्ण कार्य सम्पन्न गरेका हो ।

Read More......

Monday, January 10, 2011

दर्ताविहीन शरणार्थी आमरण अनशनमा

0 comments

पुस २६ मोरङ (पानीटयाङ्की)। मोरङको शनिश्चरेस्थित शरणार्थी शिविरमा दर्ताविहीन भुटानी शरणार्थीले हैसियत र सुविधाको माग गर्दै सोमबार देखि अनिश्चितकालीन आमरण अनशन सुरु गरेका छन् ।
शिविर व्यवस्थापन समितिको कार्यालय अघि ब्यानर तथा ‘मेरो परिचय के हो ? लगायतका प्लेकार्डको माला लगाएर राहतपीडित शरणार्थीहरु आमरण अनशनमा बसेका हुन् ।
शिविरमा शरणार्थी दर्ता हुन छुटेका, विवाह गरी शिविर आएका महिला, शरणार्थी परिचयपत्रका लागि फोटो खिच्न छुटेका, फोटो खिचेर पनि परिचयपत्र नपाएकालगायत पाँच प्रकारका राहतपीडित शरणार्थीहरु यहाँका शिविरमा बस्दै आएका छन् ।
शनिश्चरेमा मात्र ८७४ र सबै शिविरमा तीन हजार १९० जना राहतपीडित शरणार्थी भएको पीडित शरणार्थीको नेतृत्व गर्दै आएका किशोर भण्डारीले जानकारी दिए ।
आफूहरुको माग गृह मन्त्रालय र शरणार्थीसम्बन्धी उच्चायोग लगायतका निकायहरुबाट पूरा नगरिएसम्म अनशन नछाड्ने पीडित शरणार्थीको भनाइ छ । रासस

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae