Sahara Sansar

Wednesday, June 1, 2011

माओवादीले दोहोरो सुरक्षा हटाउने, लडाकुका सवारी साधनलाई कानूनी बैधता दिइने

0 comments


जेठ  १८ काठमाडौं। प्रमुख सत्तारुढ एकीकृत माओवादीले नेताहरुले लिने गरेको दोहोरो सुरक्षालाई बैकल्पीक ब्यवस्था गरेर हटाउन निर्णय गरेको छ ।

काठमाडौंको नयाँ वजारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको माओवादी पदाधिकारी बैठकले केन्द्रीय नेताहरुका लागि गरिएको दोहोरो सुरक्षा ब्यवस्था तत्काल हटाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नेताहरुको सुरक्षाको बैकल्पीक ब्यवस्था हुने बित्तिकै दोहोरो सुरक्षा हटाउने बताउनुभयो ।

माओवादी नेताहरुले प्रहरी र शिविरक लडाकुका सुरक्षाकर्मीलाई आफ्नो सुरक्षाका लागि खट्टाउने गरेका छन् । उनिहरुको दोहोरो सुरक्षालाई लिएर चौतर्फि बिरोध समेत भएको थियो ।

त्यसै गरेर माओवादीले शिविरमा लडाकुले प्रयोग गर्ने र बाहिर प्रयोग भएका सवारी साधनहरुलाइ कानूनी बैधता दिने निर्णय गरेको छ । त्यसका लागि उनिहरुले सरकारसंग छलफल गरी सवारी साधन यातायाता ब्यवस्था बिभागमा दर्ता गराने निर्णय गरेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । माओवादी शिविर भित्र प्रयोग भएका सवारी साधनलाई सरकारी र बाहिर प्रयोग भएकालाई रातो नम्वर प्लेटको बनाउने श्रेष्ठले बताउनुभयो ।

यसैवीच, ५ बुँदे सहमतिको कार्यान्वयन र समग्र राजनीतिक बिषयमा छलफल गर्न माओवादीले आफ्नो स्थायी समितिको बैठक शुक्रबारका लागि बोलाएको छ । बैठक राजधानीमा बस्ने छ ।

संविधानसभाको म्याद तीन महिना थप गर्ने क्रममा ५ बुँदे सहमति गरेका प्रमुख दलहरुले त्यसको कार्यान्वयन र समिक्षाका सम्बन्धमा आन्तरीक गृहकार्यमा जुटेका छन् ।

यसै क्रममा ५ बुँदका बारेमा रणनीति र भावी योजना बनाउने देश्यका साथ एकीकृत माओवादी, कांग्रेस र एमालेका अलग अलग बैठकहरु राजधानीमा बसीरहेका छन् ।

Read More......

सिन्धुलीमा विकास निर्माणका काममा महिला अघि वढ्दै

0 comments


एसवी गौतम,सिन्धुली।
    सिन्धुलीको वेलघारी स्थित रातमाटा वाट नेपालेशिखर सम्म मोटरवाटो निर्माण कार्य सम्पन्न भएको छ । भाग्यश्वरी महिला वचत तथा क्रण सहकारी सस्था लिमीटेड र महिला विकास कार्यालय सिन्धुलीको सम्झौता अनुसार वाटो निर्माण कार्य सम्पन्न भएको हो ।

 महिला विकास कार्यालय सिन्धुलीले अनुदान स्वरुप  ६ लाख ५५ हजार४५० र महिलाहरुको श्रमदान स्वरुप २ लाख ३४ हजार ७७२ रुपैया वरावरको आर्थिक सहयोगमा उक्त वाटो निर्माण भएको हो । साथै उक्त सस्थाले वेलघारी ४ जिर्गाहा दोभान देखी हात्तिसार हुदै ट्याम्केसम्म  २ लाखको अनुदानमा गामि्रण सडक निर्माण पनी गरेको छ भने १४ लाखको लागतमा २ तले पक्की  भवन समेत निर्माण गरेको छ ।

 ८६० जना महिलाहरु आवद्ध भाग्यश्वरी महिला वचत तथा क्रण सहकारी सस्थाले सामाजिक विकास निर्माणका काम मात्र नभई आयमुलक कार्यक्रम संचालनखानेपानी सिचाईनदि नियन्त्रण  चरिचरण वन्द अभियानजाडरक्सी जुवातास नियन्त्रण लगायत सामाजिक जनचेतनामुलक कार्यक्रम गदै आएको सस्थाकी अध्यक्ष वावा कुमारी दाहालले जानकारी दिनुभयो । 

Read More......

बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्ने माओवादी नेता पौडेलको भनाइ

0 comments

जेठ १८ काठमाडौं । एकीकृत माओवादीको पोलिटब्यूरो सदस्य देबेन्द्र पौडेलले उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको संयूक्त राष्ट्रिय सरकार गठन हुने निश्चित भईसकेको बताउनुभयो ।

राजधानीमा आज आयोजीत कार्यक्रममा उहाँले पार्टीभित्र पनि डा भट्टराईको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने सहमति भईसकेको बताउनुभयो । राष्ट्रिय सहमतिको संयूक्त सरकार गठनको लागि प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनु पर्ने बताउदै माओवादी नेता पौडेलले सहमति भए पछि राजीनामा दिन्छु भन्ने प्रधानन्त्रीको तर्क सहमति विपरित भएको आरोप लगाउनुभएको छ ।

अरु दलले भने जस्तो तत्काल माओवादी नेताहरुले प्रयोग गर्दै आएको दोहारो सुरक्षा प्रणाली अन्त्य गर्न सम्भव नभएको भन्दैउहाँले सरकारको नेतृत्व र शान्ति प्रक्रियालाई प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभयो।

Read More......

पहिलो राष्ट्रिय महिला विच भलिबल प्रतियोगिता

0 comments

जेठ १८ चितवन। चितवनको सौराहामा जारी प्रथम महिला बिच भलिबल प्रतियोगिता अन्र्तगत आज बिहान चार खेल भएका छन् । आजको पहिलो खेलमा पुर्वाञ्चल २१/११ लाई २१/५ ले पराजित गर्दे नेपाल पुलीस बि बिजयी भएको छ । यस्तै दोस्रो खेलमा सुदुरपश्चिमाञ्चललाई २१/१० र २१/१० .ले पराजित गर्दे एपीएफ .बिजयी भएको छ । 

यसैगरी आजै सम्पन्न तेस्रो खेलमा मध्यपश्चिमाञ्चललाई २१/४ र २१/१० ले पराजित गद एपीएफ बिजयी भएको छ । र आज बिहानको चौथो तथा अन्तीम खेलमा पीएलए  ए लाई  २२/२० र २१/१२ ले पराजित गर्दे मध्यमाञ्चल बिजयी भएको छ । प्रतियोगिता अन्र्तगत आज अपह्रान्ह ४ बजेबाट क्वाटर फाईनलका खेल हुने छन् । 

आज हुने क्वाटरफाईनलको पहिलो खेलमा  नेपाल पुुलीस ए र पििश्चीमञ्चल बि ,दोस्रो खेलमा पििश्चीमञ्चल ए र पिएलए बि,तस्रो खेलमा एपीएफ ए र मध्यमाञ्चल बिच हुनेछ ।यस्तै आजको चौथो खेलमा नेपाल पुलीस बि र एपीएफ बि प्रतिष्प्रधा हुने आयोजनकले जानकारी दिएको छ ।

Read More......

जलेश्वर कारागारमा कैदि बन्दीहरुले बायो ग्याँस मार्फत खानेकुरा पकाउने

0 comments

सुरेश बिडारी
 जेठ १८ महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर कारागारमा अब कैदि बन्दीहरुले बायो ग्याँस मार्फत खानेकुरा पकाउने भएका छन् । छ महिना अघिदेखि निर्माणाधीन बायोग्यास प्लान्ट निर्माणको काम सम्पन्न भैसकेकोले अबका दिनमा उनीहरुले बायो ग्याँस मार्फत खाना बनाउने भएका हुन् । बायो ग्यास प्लान्ट निर्माण भएपछि वर्षायाम तथा दाउराको अभावमा पटक पटक भोकभोकै बस्नु पर्ने बाध्यताबाट मुक्ति मिल्ने भन्दै कारागारका कैदीबन्दीहरु हर्षित भएका छन् ।

 ५० घन मीटर क्षमताको बायोग्यास प्लान्ट निर्माणपछि कैदीबन्दीहरुले दाउराको अभावका कारण झेल्नुपर्ने समस्याबाट मुक्ति पाउने जेलर सोभेन्द्र ठाकुरले बताउनुभयो । जिविस महोत्तरीको ३ लाख पचास हजार, जिविस धनुषाको १ लाख त्यस्तै कारागार व्यवस्थापन विभाग काठमाण्डुको २ लाख गरी ६ लाख पचास हजारको लागतमा कान्तिपुर बायोग्यास प्लान्ट बर्दिबासले प्लान्टको निर्माण गरेको ठाकुरले जानकारी दिनुभयो ।

प्लान्ट निर्माण पछि बाट कारागारभित्र १२ वटा ठूलो चुल्हो बल्ने भएका छन् । महोत्तरी कारागारमा १३५ जनाको मात्रै क्षमता भए पनि २९ महिला, ९ आश्रित र २७७ पुरुष गरी जम्मा ३१५ जना कैदीबन्दीहरु विभिन्न मुद्दामा सजाय काटिरहेका छन् ।

Read More......

सप्तरीमा बन्दकर्ता र प्रहरीबीच झडप, ६ जना घाइते

0 comments

जेठ १८ सिरहा। लोडसेडिङ्गको विरोध गर्दै आज बिहानैदेखि सप्तरीको कल्याणपुर बजार स्थानियबासिन्दा र  व्यापारीहरुले बन्द गराएका छन् । 

नेपाल विघुत प्राधिकरणले भारतको कटैया पावर हाउसको २० एमबिएको विद्युत ट्रान्सफर्मर बिग्रेका कारण विगत एक महिनादेखि सप्तरीमा दैनिक १८ देखि २० घण्टासम्म लोडसेडिङ्ग हुने गरेकाले पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर बजार बन्द गराइएको हो ।

 यसैबीच बन्दको अवज्ञा गरेको भन्दै आक्रोशित स्थानियबासिन्दाले राजमार्गमा एक दर्जन भन्दा बढी सवारी साधनमा तोडफोड समेत गरेका छन् भने  स्थानियबासिन्दा र प्रहरीबीच झडप हुदाँ ६ जना घाईते भएको सप्तरी प्रहरीले जनाएको छ।

Read More......

काग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी तयारः डा रामशरण महत

0 comments

 जेठ १८ काठमाडौ। नेपाली काग्रेसका नेता डा रामशरण महतले नेपाली काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको संयूक्त सरकार गठन गर्न माओवादी नेतृत्व पनि तयार रहेको बताएका छन् ।रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा यस्तो बताएका हुन् ।

डा.महतले माओवादी नेतृत्वले पनि काग्रेसको नेतृत्वमा सहमतिको सरकार बने सहज हुने निश्कर्स सहित सकारात्मक प्रतिक्रिया दिएको जानकारी दिए ।

उनको तर्क थियो–एमालेको पालो पुगिसक्यो । माओवादीले निश्चित सर्त पुरा नगरि सरकारको नेतृत्व गर्ने अवस्था छैन । त्यसैले काग्रेसको नेतृत्वमा सरकार बन्ने लगभग पक्का छ ।

पाँच बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने भन्दै तत्काल राजिनामा दिनु पर्छ र सहमति भए पछि राजिनामा दिन्छु भन्ने दुबै भनाई ठिक नभएको तर्क गरे । उनले दलहरुले शान्त कुटनीतिक बाट यस विषयमा सहमति गरेर सहमतिको सरकार गठन गर्नु पर्ने उल्लेख गर्दै बाहिर बाद विवाद गरे त्यसले सहमतिमा बाँधा उत्पन्न गर्ने चेतावनी दिए ।

पाँच बुँदे सहमतिमा काग्रेस चुकेको भन्ने सार्वजनिक भनाईको खण्डन गर्दै डा महतले काग्रेस चुक्यो भन्नेहरुले संविधानसभा विघठन गर्न चाहेको आरोप लगाए ।

उनले काग्रेस संविधान सभाबाटै संविधान निर्माण गर्ने र शान्ति प्रक्रिया निश्कर्समा पुर्याउन पक्षमा रहेकोले नै अन्तिम समयमा आएर सहमति गरेर काग्रेसले शान्ति र संविधानको सम्भावनालाई जिवित राखेको तर्क गरे । उनले अब विगतमा के भयो भन्ने भन्दा पनि पाँच बुँदे सहमतिको कार्यानवय अहिलेको लागी महत्वपूर्ण कुरा भएको भन्दै शान्ति प्रक्रिया निश्कर्समा पुर्याउन सबै भन्दा महत्वपूर्ण जिम्मेवारी माओवादीको भएको बताए । उनले भने–विगतमा धेरै धोका, बेईमानी र झुक्याउने काम भएको छ । अहिले उसको परिक्षाको घडी हो । माओवादी आग्रह पुर्वाग्रह भन्दा माथि उठनु पर्छ ।

डा महतले जेठ १४ गते भएको पाँच बुँदे सम्झौता अनुसार आगामि जेठ २० गतेभित्र माओवादी नेताहरुले प्रयोग गर्दै आएको दोहोरो सुरक्षाको अन्त्य गरेर उनीहरुको हतियार राज्यलाई बुझाउने, २८ बटै शिविरमा विशेष समिति अन्र्तगतको जनशक्ति पठाएर नियन्त्रण निर्देशनमा राख्ने सहमति भएको खुलासा गर्दै पुनःस्थापना प्याकेज, संख्या, मापदण्ड र विधीमा सहमति गरेर लडाकुलाई काउन्सीलिङगर्ने सहमति पनि भएको बताए ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae