Sahara Sansar

Monday, May 2, 2011

अलकायदाका प्रमुख ओसामा विन लादेन मारिएको अमेरिकाको दावी

0 comments

वैशाख १९ एजेन्सी ।


अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन अलकायदाका प्रमुख एवम् संस्थापक नेता ओसामा विन लादेन मारिएको अमेरिकी साचार माध्यमहरुले जनाएका छन् । अधिकारीहरुलाई उद्धृत गर्दै प्रकाशित समाचारमा लादेनको शव अमेरिकाको नियन्त्रणमा रहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले देशबासीको नाममा सम्बोधन गर्दै लादेन मारिएको पुस्टि गर्नुभएको छ । ओबामाले लादेनलाई अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा लुकेर बसेको अवस्थामा सैनिक कारवाहीमा मारिएको पुस्टि गर्नुभएको छ । 

अगस्ट २०१० मा पहिलोपटक सुराक मिलेपछि खोजि थालेको सेनाले विशेष सुराकीका आधारमा एक हप्तादेखि सुरु गरिएको विशेष कारवाहीका क्रममा लादेन मारिएको ओबामाले बताउनुभएको छ । आतङ्कका विरुद्धमा अमेरिका सधैँ लडिरहने उहाँको भनाइ छ । विन लादेन मारिएपछि चरमपन्थीहरुका कारण पीडा भोगिरहेकाहरुले न्याय पाएको राष्ट्रपति ओबामाको भनाइ छ । 

ईस्लाम धर्मको विरुद्धमा जाने अमेरिकाको कुनै सोच नभएको बताउँदै सम्बोधनमा ओबामाले लादेन इस्लामी नभएको समेत बताउनुभएको छ । ४० मिनेटसम्म भएको कारवाहीमा कोही अमेरिकी सैनिक हाताहात नभएको अमेरिकाको दाबी छ । विन लादेन मारिएको खबर राष्ट्रपतिले पुस्टि गर्नुभएपछि सडकमा उत्रिएका अमेरिकी नागरिकहरु यतिखेर खुसियाली मनाइरहेका छन् । लादेनको योजनामा सन् २००१ सेप्टेम्बर ११ मा ट्वीन टावरमा हवाई आक्रमण गरिएको अमेरिकाको आरोप छ ।

Read More......

Sunday, May 1, 2011

माओवादी प्रवक्ता शर्मा बिकट गाउका जनताको घरदैलोमा

0 comments

चन्द्रश्वर बस्ताकोटी
 बैशाख १८  मुस्ताङ। एकिकृत नेकपा माओवादीका प्रवक्ता दिननाथ शर्माले हिमाली जिल्ला मुस्ताङ, कागबेनी गाबिसको दुर्गमगाउ पाङलिङमा कार्यकर्ता, स्थानिय बासिन्दाहरुसग शनिवार प्रत्यक्ष भेटघाट गर्नुभयो । शुक्रबारको सार्वजनिक सुनुवाई कार्यक्रममा मुस्ताङ आईपुग्नु भएका प्रवक्ता शर्माले स्थानिय बासीन्दाका समस्याका बारेका बिशेष चासो लिदै शनिवार दुर्गमगाउ पाङलिङका जनताको घरदैलोमा पुग्नुभएको हो । पाङलिङमा कागबेनी गाबिसका स्थानिय बासिन्दाले शर्माको भब्य स्वागत कार्यक्रमको  आयोजना गरेका थिए।

स्थानिय बासीन्दाले कागबेनीको पाङलिङमा ३ सय रोपनी क्षेत्रफलको ल्हेकीनामामा सामुहिक अर्गानिक स्याउ खेतिगर्न सकिने भएकोले सरकारसग पर्खाल बनाउन, सिचाईको ब्यबस्था गर्न आथीक एव प्राबिधिक सहयोगका लागि बिषेश पहल गरिदिन आग्रह गरेका थिए । जनताले नै यस्ता उत्कृष्ट सोच ल्याएकोमा आफुले सरकार समक्ष जनताका कुरा पु¥याउने, कागबेनी गाबिसका पाङलिङ, फल्याक, धार्कजुङ र शान्ताका लागि उपस्वास्थ्य चौकी आवश्यक देखिएकाले पहल गर्ने आश्वासन प्रवक्ता शर्माले दिनुभयो ।

स्थानियवासिन्दाले शर्माको भब्य स्वागत गदै आफ्ना समस्याहरु राखेको पाङलिङका स्थानिय बासीन्दा पेमा ढुण्डुक गुरुङले बताउनुभयो । कार्यक्रम पाङलिङ प्राथमिक बिद्यालयका प्रधानाध्यापक निर्मल गिरीले सचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा सभाषद बिरेन्द्र जवारचन, एकिकृत नेकपा माओवादी मुस्ताङका इन्चार्ज कृष्ण प्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।

Read More......

जेठ १४ गते संबिधान बन्न नसक्ने:शान्तिमन्त्री पुन

0 comments

बैशाख १८ रोल्पा । शान्ति तथा पुनर्निर्माण मन्त्री वर्षमान पुन अनन्तले आगामी जेठ १४ गते संविधान बन्न नसक्ने बताउनुभएको छ । समयमा संविधान निर्माण सम्भव नभएपनि संविधानको मस्यौदा ल्याउन भने दलहरु एकमत भएको मन्त्री पुनको दाबी थियो ।

 रोल्पाको लिबाङमा आईतवार आयोजित स्थानिय शान्ति समितिको लागि अभिमुखीकरण तालिमलाई सम्बोधन गर्दै मन्त्री पुनले समयमै संबिधान बन्छ भनेर जनतालाई झुक्याउन नहुने बताउनुभयो । राज्य पुनर्संरचना शासकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा मतभेद रहेको भन्दै मन्त्री पुनले संविधान सभामा देखिएका मुद्दाहरुलाई समाधान गर्न जनता सामु लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । 

माओवादी स्थायी समिति सदस्य समेत रहनु भएका मन्त्री पुनले राजनैतिक दलहरुबीच सहमती र सहकार्य बिना संबिधान निर्माण तथा शान्ति निर्माण प्रक्रिया सम्भव नभएको जिकिर गर्नुभयो । शान्ति निर्माण प्रक्रियालाई तार्किक निष्र्कषमा पु¥याउन मिडिया, नागरिक समाज र मानव अधिकारबादीको प्रमुख हात रहेका उहाँको भनाई थियो । 

यसअघि कार्यकर्ता भेटघाटमा मन्त्री पुनले सरकारको पूर्णता, संबिधान निर्माण र शान्ति निर्माण प्रक्रियाका सवालमा आफ्नो पार्टीभित्र कुनै मतभेद नरहेको स्पष्ट पार्नुभएको थियो ।


Read More......

जनमोर्चाले गणतन्त्र सुदृढीकरण र संघीयतको विरोधमा आन्दोलन केन्द्रित गर्ने

0 comments

बैशाख १८ काठमाडौं ।  दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित राष्ट्रिय जनमोर्चाको नयाँ नेतृत्वले गणतन्त्र सुदृढीकरण, राष्ट्रियताको रक्षा र संघीयतको विरोधमा आफ्नो आन्दोलनलाई केन्द्रित गर्ने भएको छ । जनमोर्चाले आईतवार काठमाडौमा पत्रकार सम्मेलन गरी पोखरामा हालै सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले सभासद चित्रबहादुर केसीको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कमिटि चयन गरेको थियो ।

 पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देश टुक्राउने भएकोले त्यसविरुद्धको आन्दोलनलाई अगाडि बढाउन केन्द्रित हुने जानकारी दिनुभयो । केसीले दोस्रो राष्ट्रिय सम्मेलनले संघीयता र संघीयता सित जोडिएको जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेस, स्वायत्त प्रदेश, जातीय अग्राधिकार, बहुराष्ट्रबाद जस्ता घातक अवधारणालाई खारेज गर्नुपर्ने, नागरिकता ऐनमा भएका अराष्ट्रवादी प्रावधान खारेज हुनुपर्ने, कालापानीबाट भारतीय सेनाको फिर्ती, जस्ता विषयलाई अनुमोदन गरेको जानकारी दिनुभयो । 

जनमोर्चाले लडाकुको समायोजन, कब्जा सम्पत्ति फिर्ता शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण कार्य भएको ठहर गर्दै राष्ट्रिय सहमतिको बाटो बाटै यसकार्यलाई सम्पन्नगर्नु पर्नेमा जोड दिएको छ । त्यसैगरी सम्मेलनले संविधान निर्माणमा माओवादी बाधक भएको ठहर गर्दै एमालेको लामो समयको तटस्थता नीतिले पनि संविधान निर्माण र शान्ति प्रक्रियाको कामलाई पनि केही प्रभाव पारेको ठहर गरेको छ ।


Read More......

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि मनाईदै

0 comments

बैशाख १८ काठमाडौं । आज मे १ अर्थात, एकसय २२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।“विश्वका मजदुर एक होऔ” भन्ने नाराका साथ आज विश्वभरिका श्रमिकहरुले श्रमिक दिवस मनाउँदैछ । यसै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु हुँदैछन् । राजधानीको खुल्लामञ्चमा अहिले एमाले निकट टे«ड युनियनले कार्यक्रम गरिरहेको छ ।

यसैबीच १२२ औ श्रमिक दिवसको अवसर पारेर नेपाली कांग्रेस निकट मजदुर संगठन नेपाल ट्रेड यूनियन काङ्ग्रेसले राजधानीमा गरेको कार्यक्रममा काङ्ग्रेसका युवा नेता गगन थापाले मजदुर नेता स्व. गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै सम्पूर्ण श्रमिकहरु एक नभएसम्म मजदुर समस्या समाधान नहुने भन्दै मजदुरहरुलाई एक हुन आग्रह गर्नुभयो । नयाँ संविधानमा श्रमिकहरुका अधिकारलाई स्थापित गर्ने काममा काङ्ग्रेस लागिरहेको जानकारी गराउँदै थापाले औद्योगिक क्षेत्रमा माओवादीहरुको ज्यादति अन्त्य हुनुपर्ने अन्यथा वास्तविक रुपमा मजदुरको अधिकार स्थापित नहुने दावी गर्नुभयो । कार्यक्रम सुरु हुनु भन्दा पहिले काठमाडौको त्रिपुरेश्वरबाट जुलुस सहित बसन्तपुरमा पुगेको थियो । फरक प्रसङ्गमा थापाले माओवादी बैठकले पारित गरेको शान्ति र संविधानकोे एजेन्डा सकरात्मक भएपनि विश्वास गर्ने कुनै आधार नभएको बताउनुभयो । साथै उहाँले काङ्ग्रेसलाई जनवादी संविधान मान्य नहुने पनि दावी गर्नुभयो ।

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ लगायतका हक–अधिकारको स्मरण गराउने दिनको रुपमा आज विश्वभरका श्रमिकहरुले यो दिवस मनाउँदैछन् । एकसय २१ वर्ष अघि अर्थात् सन् १८८६ मे १ का दिन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखेर अमेरिकाको सिकागो शहरको हे मार्केटमा श्रमिकहरुले पहिलोपटक प्रदर्शन गरेका थिए । त्यही दिनको स्मरणमा प्रत्येक वर्ष श्रमिकहरुले अन्तर्राष्ट्रिय दिवसकै रुपमा श्रमिक दिवस मनाईने गरिएको छ । नेपालको सन्दर्भमा भने वि.सं. २००३ सालमा विराटनगरबाट नेपाली श्रमिकहरुले आन्दोलन गरेको पाइन्छ । बिहान काठमाण्डु सहित देशका विभिन्न शहरमा मजदुरहरुले र्याली निकालेको छन् ।


Read More......

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

0 comments

बैशाख १८  काठमाडौं। विधिसम्मत अधिबेशनको माग गर्दै ११ दिनदेखि भोक हड्तालमा उत्रेका कास्कीका पत्रकारहरुले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पनि तालाबन्दी गरेका छन् । आफ्ना मागको कुनै सुनुवाई नभएको भन्दै बिहान पोखराका पत्रकाहरुले तालाबन्दी गर्दै आमरण अनसन सुरु गरेका छन् । अधिबेशन नै नगरी दल निकट पत्रकार संगठनले होटलमा बसेर रातारात आफु निकटलाई जिल्ला समिति र सभासद चयन गरेको बिरोधमा कास्कीका केही पत्रकाहरुले तालाबन्दी र आमरण अनसनमा सुरु गरेका हुन् ।

यसैबीच तालाबन्दीका कारण दावी विरोध कार्यक्रम प्रभावित भएको छ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका आज उम्मेद्वारी माथिको दावी विरोध र उम्मेद्वारी फिर्ता तय गरिएको छ । दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्ममा उम्मेद्वारी फिर्ता लिने निर्वाचन समितिको कार्यक्रम छ । अध्यक्षका लागि हिजो पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

Read More......

जेपीको अभिव्यक्तिप्रति उपेन्द्र यादवको आपत्ति

0 comments

बैशाख १८ विराटनगर। मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारमा गए पार्टीमा संकट आउने सहअध्यक्ष जेपी गुप्ताको अभिव्यक्तिलाई उत्तेजक भएको भन्दै टिप्पणी गर्नुभएको छ ।फोरम अध्यक्ष यादवले सहअध्यक्ष गुप्ताको अभिव्यक्तिप्रति कटाक्ष गर्दै २० औं पटक मन्त्री भएर गुप्ता पनि सरकारमा गएपनि उहाँको कामबारे जनतालाई थाहा भएको बताउनुभयो ।

विराटनगर विमानस्थलमा आईतवार मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारमा गए पार्टीमा संकट आउने सहअध्यक्ष जेपी गु सञ्चारकर्मीसंग यादबले पार्टी निर्णय विपरित जाने जो कोहीलाई पनि कारबाही हुने बताउनुभयो । सह अध्यक्ष गुप्ताको चेतावनी जनताको हित विपरित भएको तर्क गर्दै यादवले फोरम शान्ति र संविधानका लागि सरकारमा जान लागेको बताउनुभयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae