Sahara Sansar

Friday, April 1, 2011

सितोरिय कराँते प्रतियोगिता रोकिने अवस्थामा

0 comments


यम चौलागाई
 चैत १८ सिन्धुली। सिन्धुली जिल्लामा केही समय पछि हुन गइरहेको जनकपुर अञ्चल स्तरिय सितोरिय करा“ते प्रतियोगिता स्थानीय निकायको असहयोगले रोकिन लागेको आयोजकले बताएका छन् । पटक–पटकका अन्र्तक्रिया र बैठकमा आश्वासन पाएपनि दलिय नियन्त्रणमा रहेको स्थानीय निकायबाट कुनैपनि सहयोग नभएपछि प्रतियोगिता नै स्थगित गर्ने मनसायमा आयोजकहरु पुगेका हुन् । प्रतियोगिता  खेलाडी उत्पादन गर्ने तथा सुस्ताएको खेलकुदलाइ अगाडि बढाउने उदेश्यका साथ आयोजना हुन लागेको अञ्चल स्तरिय प्रतियोगिताका लागि सिन्धुली जिल्ला विकास समिति र कमलामाइ नगरपालिकाले बजेट बिनियोजन नगरेको आयोजक समितिका अध्यक्ष एवं सितो रियो करा“तेका अन्र्तराष्ट्रिय खेलाडि गोपीलाल वम्जनले दुखेसो पोख्नुभयो ।

घरको दालभात खाएर आफ्नो जन्मथलोमा खेलकुदको विकास गर्ने र खेलाडी उत्पादन गर्न स्वयंसेवककोरुपमा
आफुहरु खटेपनि त्यो मर्म र भावनालाइ दलहरुले बुझ्न नसकेकाले पलाएन हुन लागेको समेत अध्यक्ष वम्जनले रेडियो साहारालाइ प्रतिक्रिया दिनुभयो ।

सिन्धुली जिल्लामा सम्भावना बलियो भएका भविष्यका कर्णघार खेलाडिहरु थुप्रै भएपनि प्रतियोगिताको अभावमा उनीहरुले आफ्नो प्रतिभालाइ प्रष्फुटन गर्न नपाएको सितोरियो करातेका राष्ट्रिय खेलाडि भागवत श्रेष्ठले बताउनुभयो । भाषण गर्दा खेलाडि राष्ट्रका गहना हुन् भन्ने राजनीतिक दलका नेताहरुले व्यवहारमा खेलकुद क्षेत्रलाइ उपेक्षा गर्ने गरेको अर्का राष्ट्रिय खेलाडि बमबहादुर स्याङ्तानले आरोप लगाउनुभयो । जनकपुर अञ्चल स्तरिय सितोरियो करा“ते प्रतियोगिता सिन्धुलीमा नभए खेलकुद क्षेत्रमा जिल्ला धेरै पछाडि पर्ने राष्ट्रिय खेलाडि स्याङतानको ठम्याइ छ । अझैपनि राजनीतिकदल तथा स्थानीय निकायका प्रमुखहरुलाइ उनीहरुले खेलकुदको विकासका लागि आवश्यक बजेट बिनियोजन गरि प्रतियोगिता सम्पन्न गराउने तर्फ सोचिदिन एकमुष्ट आग्रह समेत गरेका छन् ।

 प्रतियोगिता सम्पन्न गर्न स्थानीय निकायका दुइ कार्यालयबाट आयोजकले १०लाख सहयोगको अपेक्षा गरेको बताइएको छ ।

Read More......

नेपाली युवाले पैदलमार्फत विश्व भ्रमण गर्ने

0 comments

चैत १८ काठमाण्डौ।
जलवायु परिवर्तनको असरबाट विश्वलाई बचाउने सन्देशसहित एक नेपाली युवकले पैदलमार्फत विश्व भ्रमण गर्ने भएका छन् । पर्वतको क्याङ्ग गाविस-१ का २८ वर्षीय प्रेम पुनले आगामि बैशाख १२ गतेबाट पैदलनै विश्व भ्रमण गर्न लागेका हुन । वृक्षा रोपण गर्दै जाऔ विश्वलाई विनासबाट जोगाउँदै जाऔ भन्ने नारासहित हरित क्रान्तिको लागि विश्वलाई एकताबद्ध पार्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज बुलन्द बनाउने उद्देश्यको साथ मनोक्रानित राष्ट्रिय अभियानको आयोजनामा यात्रा हुन लागेको हो । १२ वर्षभित्रमा लक्ष्य पुरा गरिने आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

Read More......

भाषा विकासको लागी तामाङ भाषाको साहित्यिक कार्यक्रम

0 comments




सिन्धुलीमा कि्रयाशील तामाङ भाषाको एकमात्र साहित्यिक संस्था प्राङ्बोला छार न्हानले तामाङ भाषामा साहित्यिक जागरण अभियान संचालन गर्ने भएको छ । प्राङ्बोला छार न्हान सिन्धुलीका अध्यक्ष काजीमान थिङले आज एक प्रेस विज्ञाप्ती प्रकाशित गरी अभियान संचालनको जानकारी गराएका हुन् । तामाङ भाषाको संरक्षण र विकासका लागि १६ दिने भाषिक-साहित्यिक जागरण अभियान-२०६७/६८ नाम दिएको अभियान यही चैत्र २४ गते पूरानो भाँगाझोली गाविसको बन्दिपुरमा शुभारम्भ भई ०६८ बैशाख ११ गते लोकतन्त्र दिवसका दिन सिन्धुलीको हरिहरपुरगढी गाविसको गढी दरबारमा पुगी समापन हुने प्राङ्बोला छार न्हानले जनाएको छ ।
अभियानकोक्रममा ऐतिहासिक तामाङ गाउँ-बस्तीहरुको भ्रमण गरी तामाङ भाषा संस्कृतिका जानकार ताम्बा बोम्बो लामा तथा गिताङ्गेहरुसँग प्रत्यक्ष अन्र्तकि्रया गरिने र नयाँ पुस्ताका लागि साहित्यिक प्रतियोगिता संचालन गरिने प्राङ्बोला छार न्हानका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभयो । अभियानमा कलाकार सोनाम बज्यू तुलसा वाईवा फूलकुमार बोम्जन लगायत तामाङ कवि कवियत्री संचारकर्मीहरुसहित १५ जनाको टोली सहभागि रहेने पनि अध्यक्ष थिङले बताउनु भयो । अभियान अन्र्तगत पूरानो झाँगाझोली नेत्रकाली-घ्याङलेख तामाजोर बस्तिपुर अमले भद्रकाली डाडीगुराँसे महादेवस्थान कल्पवृक्ष पिपलमाडी हरिहरपुरगढी र क्यानेश्वरका ऐतिहासिक धार्मिक तथा पर्यटकीय तामाङ बस्तीहरुको अवलोकन गरी साहित्यिक कार्यक्रमहरु अयोजना गरिने छ । तामाङ भाषा साहित्यको संरक्षण र विकासमा टेवा पुर् याउने उद्देश्यका साथ संचालित अभियानले चलिरहेको पर्यटन वर्ष २०११ शुरु हुन लागेको विद्यार्थी भर्ना अभियान र राष्ट्रिय जनगणना २०६८ को महत्वको बारेमा समेत तामाङ भाषामार्फत समुदायलाई बुझाउने लक्ष्य राखेको छ ।

Read More......

सभासद् बिसेन्द्र पासवानले कुर्सी फाले पछी संबैधानिक समितिको बैठक स्थगित

0 comments


चैत १८ काठमाडौं।  संबैधानिक समितिको बैठक चलिरहेको बेला सभासद् बिसेन्द्र पासवानले हलबाट बाहिर कुर्सी फाल्नुभएपछी संवैधानिक समितीको वैठक २२ गते सम्मको लागि स्थगित गरिएको छ । 

बैठक स्रोतका अनुसार विवाद भएपछि समितिको बैठक बसिरहेको चौथो तल्लामा रहेको ३०४ नम्बरको कोठाबाट २४ नम्बरको कुर्सी फ्याँकिएको थियो ।

आदिवासी जनजाति मुस्लिम तथा दलितहरुको अधिकारको बिषयमा ठूला दलहररु गम्भीर नभएको भन्दै सचासद पासवानले चार तला माथिको बैठक कक्षबाट कुर्सी फाल्नुभएको हो ।

बैठककै क्रममा हिजो ठूला तीन दलले साना दल तथा स्वतन्त्र सभासद्हरुलाई बोल्न समय नदिएको भन्दै सभासद् पासवान सहित स्वतन्त्र सभासद सदरुल मियाँले पनि होहल्ला र संवैधानिक समीतिको मस्यौदा च्यात्नु भएको थियो । 

विवाद पछि बैठक २२ गते मंगलबार सम्मका लागि स्थगित गरिएको छ ।

Read More......

नेपालकै दुर्लभ अवस्थामा रहेको जंगली सुँगुरे भालु फेला

0 comments

गोरखा समचारदाता
 चैत १८ गोरखा । उत्तरी गोरखाको सिद्धिवास गा.वि.स वडा नं –१ भालुवनमा विहीवार विहान जंगली सुँगुरे भालु फेला परेको छ । सिद्धिवास गाविस वडा नं १ का वासिन्दाहरु वनमा घाँस लिन गएको वेलामा सो भालु फेला पारेको जनाईएको छ ।

नेपालकै दुर्लभ अवस्थामा रहेको जंगली सुँगुरे भालुलाई विहीवारनै याम क्यापको कार्यालयमा वुझाईएको छ । वयस्क अवस्था हुँदा  ३ किलो पुग्ने सो फेला पारेको भालु १ किलो वरावरको भएको स्थानीय वासिन्दाले हागोसलाई जनाए ।

मनासलु संरक्षण केन्द्रका कर्मचारीले जनाए अनुसार फेला पारेको जंगली सुँगुरे भालु प्रजाति अन्य ठाउँमा नभएका कारण सदर चिडियाखानामा संरक्षणका लागि पठाउने व्यस्था मिलाएको जनाएका छन् ।

ललितपुरको चिडियाखानामा यस्तो प्रजाति नभएका कारण सम्वन्धित निकायमा छलफल गरि चिडियाखानामा पठाएको श्रोतले जनाएको छ । उक्त जंगली सुँगुरे भाले अव सदर चिडियाखानामा सजिने छ ।

Read More......

प्राङ्बोला छार न्हानले तामाङ भाषामा साहित्यिक जागरण अभियान संचालन गर्ने

0 comments


एस बि गौतम।
 सिन्धुलीमा क्रियाशील तामाङ भाषाको एकमात्र साहित्यिक संस्था प्राङ्बोला छार न्हानले तामाङ भाषामा साहित्यिक जागरण अभियान संचालन गर्ने भएको छ।

प्राङ्बोला छार न्हान, सिन्धुलीका अध्यक्ष काजीमान थिङले आज एक प्रेस विज्ञाप्ती प्रकाशित गरी अभियान संचालनको जानकारी गराएका हुन् ।

“तामाङ भाषाको संरक्षण र विकासका लागि १६ दिने भाषिक–साहित्यिक जागरण अभियान–२०६७÷०६८” नाम दिएको अभियान यही चैत्र २४ गते पूरानो भाँगाझोली गाविसको बन्दिपुरमा शुभारम्भ भई ०६८ बैशाख ११ गते
लोकतन्त्र दिवसका दिन सिन्धुलीको हरिहरपुरगढी गाविसको गढी दरबारमा पुगी समापन हुने प्राङ्बोला छार न्हानले जनाएको छ ।

अभियानकोक्रममा ऐतिहासिक तामाङ गाउँ–बस्तीहरूको भ्रमण गरी तामाङ भाषा, संस्कृतिका जानकार ताम्बा, बोम्बो, लामा तथा गिताङ्गेहरूसँग प्रत्यक्ष अन्र्तक्रिया गरिने र नयाँ पुस्ताका लागि साहित्यिक प्रतियोगिता संचालन गरिने प्राङ्बोला छार न्हानका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभयो ।

अभियानमा कलाकार सोनाम बज्यू, तुलसा वाईवा, फूलकुमार बोम्जन लगायत तामाङ कवि, कवियत्री, संचारकर्मीहरूसहित १५ जनाको टोली सहभागि रहेने पनि अध्यक्ष थिङले बताउनु भयो ।

अभियान अन्र्तगत पूरानो झाँगाझोली, नेत्रकाली–घ्याङलेख, तामाजोर, बस्तिपुर, अमले, भद्रकाली, डाडीगुराँसे, महादेवस्थान, कल्पवृक्ष, पिपलमाडी, हरिहरपुरगढी र क्यानेश्वरका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय तामाङ बस्तीहरूको अवलोकन गरी साहित्यिक कार्यक्रमहरू अयोजना गरिने छ ।

तामाङ भाषा, साहित्यको संरक्षण र विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संचालित अभियानले चलिरहेको पर्यटन वर्ष २०११, शुरू हुन लागेको विद्यार्थी भर्ना अभियान र राष्ट्रिय जनगणना २०६८ को महत्वको बारेमा समेत तामाङ भाषामार्फत समुदायलाई बुझाउने लक्ष्य राखेको छ ।

Read More......

हलो गोरु र झोपाको काम अव हाते टेक्टरबाट

0 comments

चन्द्र श्वर बस्ताकोटी
 मुस्ताङ । बिश्वमै प्रबिधिले धनि बनेका देशहरु प्रसस्त छन । हालको बैज्ञानिक युगमा नेपालको हिमाली जिल्लाका विकट मानिने बस्तिहरुमा नया नया प्रविधि भित्रिन थालेको छ । विकट बस्तिहरुमा नया प्रविधि भित्राउने भने जिल्लाकृषि बिकास कार्यालय मुस्ताङ हो। 

अन्य जिल्लामा ठुलाठुला टेक्टर ले जोत अन गरेपनी मुस्ताङमा त्यो सभव थिएन । नया, सरल, सस्तो र भुगोल सुहाउदो प्रविधि प्रयोग गरेर हलो र गोरु विना पनि खेत जोत्न सकिने भएको हो । सानो एकैजनाले टुलो परिमाणमा सजिलै खनजोत गर्न सकिने टेलर नामक करिब ८ केजीको टेक्टर खेतवारी जोत्न सकीने भएको हो । टेक्टर कृषि विकास कार्यालयले छोन्हुप गाविसको नामग्याल गाउँलाई वितरण गरेको छ । तथा अन्य स्याउवारी केहि समय अगाडिी टेक्टर आईडब्लुएमआरपि नामक सस्थाको सहयोगमा मुस्ताङ ल्याई जिल्ला कृषी विकास कार्यालय मुस्ताङलाई हस्तान्तरण गरिएको थियो । 

उक्त ट्याक्टरलाई भ्याट सहित ५० हजार र भ्याट बाहेक बढिमा ४५ हजार रुपैयामा खरिदगर्न सकिने जिल्ला कृषी कार्यलयका कृषि प्रसार अधिकृत रधुबिर श्रेष्टले वताए । एक झोपाको मुल्य करिब ३० हजार जति रहेको  छ । गोरु, झोपाले जोत्दा स्याउको विरुवा भाँचिने हुनाले यसको प्रयोग स्याउ खेतीको लागि अति उपयोगी हुने कार्यालयको दावी छ । पेट्रोलबाट संचालन गर्न सकिने सो ट्याक्टरमा एक लिटर पेटेलले डेड घण्टा राम्रोसँग करिव तीन रोपनी जग्गा जोत्न सकिने जिल्ला कृषि विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिमल्सीनाले वताउनु भयो ।

मुस्ताङमा पहिलो पटक ल्याइएको उक्त ट्याक्टर सम्बिन्धि छोन्हुपको आङ्चु गुरुङलाई ट्रेनिङ दिईएको कृषि कार्यालायले जनाएको छ । यो दुई पाँग्रे टेक्टरको फाली झिकेर पनि एक ठाउँबाट अर्को ठाउँमा चलाएर सजिलै लैजान सकिन्छ । स्थानिय स्तरमा प्राविधिक नभएका कारण मर्मतसभारमा केहि समस्या हुनेहोकी भन्ने कृषकहरुको गुनासो रहेको छ। 

परिक्षणको रुपमा भित्राइएको प्रबिधिले स्थानिय जनताको सकारात्मक प्रभाब पार्न सके बितरण कार्यलाई विस्तार गरि आवश्यक तालिमको व्यवस्था गरिने जिल्ला कृषि विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव बरिष्ठ कृषि बिकास अधिकृत तिमल्सीनाले वताउनु भयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae