Sahara Sansar

Wednesday, March 2, 2011

कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी हुने माओवादीको निर्णय

0 comments

फागुन १८ काठमाडौं।   नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा लामो विवादपछि माओवादी सहभागी हुने भएको छ। गृह मन्त्रालयमाथि माओवादीको दावीका कारण प्रधानमन्त्री चयन भएको झन्डै एक महिनापछि  सरकारमा जान लागेको हो।

माओवादी स्थायी समितिको   बुधवार   बसेको बैठकले लामो समयदेखिको विवादको  अन्त्य    गर्दै नेता कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री खनालबीच हुने वार्तापछि माओवादीतर्फबाट थप को को र कुन कुन मन्त्रालय लिने हो निश्‍चित हुने बताइएको छ ।

बिहीवार  नै मन्त्री मण्डल विस्तार गर्न उनीहरुबीच सहमति हुने सम्भावना रहेको  बताइएको  छ।

Read More......

न धकेल्नु न !

0 comments

 पशुपती नाथमा दर्शन गर्न लाइनमा बस्दै  भक्तजनहरु फोटो: साहारा संसार 

Read More......

महाशिवरात्रीको अबसरमा जिल्लाका विभिन्न महादेवको मन्दिरहरुमा मेला

0 comments


कूल तामाङ्
फागुन १८ नुवाकोट ।  महाशिवरात्रीको अबसरमा जिल्लाका विभिन्न महादेवको मन्दिरहरुमा मेला लागेको छ । शिव मन्दिर तथा धामहरुमा पुजा अर्चना, भजन कृर्तन सहित भक्तजनहरुको भीड लागेको छ । विदुर नगरपालिका–७ देविघाटमा नवनिर्मित नीलकण्ठाश्रम कैलाशधाममा विशेष मेला भएको छ । सो धाममा हजारौ दर्शनार्थी ओइएका थिए । 

धामको प्राणप्रतिष्ठा पछिको पहिलो महाशिवरात्रीको अबसरमा जालपा क्षेत्र विकास समितिले घुमधाम प्रचार प्रसारको साथमा मेला आयोजना गरेको हो । धाममा पण्डितहरुबाट विधिपुर्बक पुजा आराधना र भजन किर्तन सहित भक्तजनहरुलाई सहभागी गराइएको समितिका अध्यक्ष मानबहादुर डंगोलले बताउनुभयो । 

जिल्लाको तारुका गाविसको तारुकेश्वर महादेव, शिवालय, बुधसिंङको सिस्नेरी दोभान महादेव मन्दिर, जिलिङको चिर्केश्वर, कविलासको कपिलेश्वर लगायतका महादेव मन्दिरहरुका विहानै देखि दर्शनार्थीको भीड लागेको थियो । कल्याणपुर गाविसको हर्कपुरमा हिमचुली युवाक्लबको आयोजनामा स्थानीय नर्मदेश्वर महादेवको मन्दिरमा पनि मेला लागेको थियो । 

खानीगाउ गाविस वडा नं. ५ मा सिद्धेश्वर महादेवको शिवरात्रीको अबसरमा विधिपूर्वक प्राण प्रतिष्ठा गरिएको छ । स्थनीयबासीले बाजागाजा सहित नगर परिक्रमा गराई मन्दिरमा महादेवको प्रतिमा स्थापना गरेका थिए । 

शिवरात्रीको अबसरमा नै ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ओमशान्ति ¥याली गरेको छ । बट्टारबाट सुरु भएको ¥याली विदुर ढुंगे हुदै त्रिशूलीमा गएर समापन भएको थियो । 

समापन समारोहमा ब्रह्मकुमारी लिला दिदीले प्रवचन दिनुभएको थियो । 

Read More......

स्थानिय वासिन्दाको कुटाईबाट बसका मालिक घाइते

0 comments


अनुप   बाबु  श्रेष्ठ
फागुन १८ गोरखा ।  स्थानिय वासिन्दाको कुटाई बाट  ना २ ख ८०६३ नं को बसका मालिक झक्क बहादुर थापा सख्त घाइते भएका छन्   समयमा बस नरोकेको र मन परी भाडा लिने गरेको  आरोप लगाउदै जिल्लाको घ्याल्चोक नौ माझिटारका स्थानीय बासिन्दाले  बिहीवार  दिँउसो उनलाई  कुटपिट गरेका हुन् ।

उनलाई धादिङ  खरीका कृष्ण बहादुर माझी सहितको समुहले कुटपिट गरेको जनाईएको छ । घाईत थापाको अहिले जिल्ला अस्पताल गोरखामा उपचार भईरहेको छ।

Read More......

भट्टराईको स्वास्थ्यमा जटिलता

0 comments

फागुन १८ काठमाडौं  ।  नेपाली काँगे्सका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्यमा जटिलता थपिँदै गएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेको छ ।

उहाँको स्वास्थ्योपचारमा संलग्न चिकित्सक भरत राउतले पूर्वप्रधानमन्त्री भट्टराईको मस्तिष्कमा अक्सिजन र रक्तसञ्चारको कमीले मस्तिष्कको क्रियाकलापसमेत प्रभावित भएकाले उहाँलाई थप उपचारका लागि भेन्टिलेटरमा राख्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

स्वास्थ्यमा असर देखिएपछि १९ दिनअघि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिनुभएका पूर्वप्रधानमन्त्री भट्टराईलाई १४ दिनदेखि आइसियूमा राखेर उपचार गरिँदै आएको छ ।

नाकको माध्यमबाट पेटमा हालिएको पाइपद्वारा खाना खुवाइरहेको तथा मुटुको चाल र रक्तचाप सामान्य भएको जानकारी दिँदै चिकित्सक राउतले भन्नुभयो– ‘पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यमा देखिएका थुपै्र जटिलताको उपचार सुरु गर्नुपर्ने भएको छ ।’ ‘यो अवस्था र उमेरका व्यक्ति भेन्टिलेटरमा राखिएपछि पुरानो स्वास्थ्य स्थितिमा फर्कने उदाहरण ज्यादै कम छ,’ चिकित्सक राउतले भन्नुभयो– ‘मुटु, मिर्गौला र फोक्सोको सक्रियतामा असामान्य अवस्था सिर्जना भएको देखिएको छ ।’

चिकित्सक राउतले ८७ वर्षीय पूर्वप्रधानमन्त्री भट्टराईको ब्लड ग्यासको स्तरमा सुधार नदेखिएकाले कृत्रिम श्वासप्रश्वास मेसिन (भेन्टिलेटर) मा राख्नुपर्ने आवश्यक देखिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईलाई सामान्यरूपमा अक्सिजन दिँदा नपुगेपछि अहिले २४सँै घन्टा अक्सिजनको स्तर मिलाउने गरी उपचार थालिएको छ ।

Read More......

लडाकुको व्यवस्थापन नभए सम्म संविधान नबन्ने

0 comments


कुल तामाङ्
 फागुन १८ नुवाकोट। नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले माओवादी लडाकुको व्यवस्थापन नभए सम्म संविधान नबन्ने बताउनुभएको छ । जेठ १४ भित्र जसरी पनि संविधान लेखिनु पर्ने भए पनि सबै भन्दा ठुलो बाधक माओवादी बनेको उहाले आरोप लगाउनुभयो । 

नुवाकोट खानीगाउको सिद्धेश्वर महादेवको प्राण प्रतिष्ठामा सहभागी हुन आएका नेता महतले पत्रकारहरुसंगको कुराकानी गर्दै संविधान बन्नु अगाडी नै माओवादी लडाकुको शिविर खाली हुनु पर्नेमा जोड दिनुभयो । 

सातबुदे सम्झौता नै अबैध भएकोले सो सम्झौता अनुसार नया सरकारले पूर्णता नपाउने पनि उहाको भनाई छ । पूर्व अर्थ मन्त्रि समेत रहेका केन्द्रिय सदस्य डा महतले सात बुदेलाई माओवादी र एमालेले जसरी सच्चाए पनि नेपाली कांग्रेस कुनै पनि हालतमा सरकारमा नजाने बताउनुभयो । 

उहाले माओवादीको क्षणिक स्वार्थको कारण मुलुक अन्यौल बन्दै गएको आरोप लगाउनुभयो । 

Read More......

घुमन्ते जीवन निर्वाह गर्ने मुस्ताङी यायावरहरु संकटमा

0 comments

चन्द्रश्वर बस्ताकोटी
 वातावरण संरक्षणमा महत्वपूर्ण भुमिका रहेका उच्च हिमाली चरन क्षेत्रमा घुमन्ते जीवन निर्वाह गर्ने मुस्ताङी यायावरहरु (Nomads)  पछिल्लो समय समस्यामा पर्न थालेका छन ।

 पछिल्लो समय घाँसे मैदान बिभिन्न कारण क्रमिक रुपले कम हुदै जाँदा चरन अभाब हुन थालेको, हिम चितुवा र खैरो ब्वासोले पशु आक्रमण बढाउन थालेको र किं भनिने स्थानिय जंगली भुस्याहा कुकुर र लाक भनिने सुनौला गिद्धले समेत समस्या पैदा गर्दा घुमन्तेहरु समस्यामा पर्न थालेका हुन ।
       
महत्वपूर्ण जडिबुटी, विश्वबाटै लोप हुने अवश्थाका जनावर, चराचुरुङीहरुको समेत वासस्थान रहेको हिमालपारीको उच्च हिमाली चरन क्षेत्रमा घुमन्तेहरुको परापूर्व काल दखि नै घुमन्ते वसोबास हुने गरेको छ । परापूर्व काल देखि नै आफ्नो स्थायी घर नबनाइ चौरीको रौले बनाइएका ठुला ठुला पालका अस्थायी घुमन्ते घर(कुर्र) बनाइ बस्ने यायावरहरुलाई स्थानिय उपल्लो मुस्ताङवासीले ढोक्पा भन्ने गर्दछन । मौसम अनुसार हिउदे र बर्षे पशुचरनका लागि बिभिन्न उच्च हिमाली क्षेत्रमा वर्षको तिन देखि चार पटक सम्म बसोवास बदलि रहने ढोक्पाहरुले हाल सम्म पनि पशुपालनलाई मुख्य पेशा बनाउदै आएको छोन्हुप ठिगंरका स्थानिय बासिन्दा वाङदी बिष्टले जानकारी दिनुभयो ।

 सामान्यतया याक, चौरी, भेडा, च्याङग्रा र  सामान ओसार पसारका लागि घोडा पाल्न मन पराउने उनीहरु कहिल्यै पनि आफ्नो जीवन शैली प्रति वेखुसी छैनन । गाउलेहरुका पशु पनि आग्रह गरिएमा चराउने उनीहरु साटोमा अत्यावश्यक चिजबिज लिने गर्दछन । कहिले काही पशु ब्यापार, दुध तथा दुधजन्य उत्पादनको बेचबिखन, छाला, उन, पस्मिनाको ब्यापार समेत गर्ने उनीहरु लोवा र तिब्बतीयन भाषा बुझ्दछन । थोरैले मात्र नेपाली भाषा केही मात्रामा जानेका छन । शैक्षिक स्तर नाजुक रहेका उनीहरुले केहि बर्ष यता केटाकेटीलाई गुम्बा बिद्यालय र केहीले सरकारी बिद्यालयमा पढाउन थालेको बिष्टले बताउनुभयो ।

नौ फिरन्ते परिवाहरु मध्ये उपल्लो मुस्ताङ लोमन्थाङ गाविसको लेक पांगा क्षेत्रमा तिन परिवार, धालुङ र छोजुङ क्षेत्रमा चार परिवार, छोन्हुप गाविसको लेक चुङजुङ लाउछे तेरेथाङ, लोवाथाङ क्षेत्रमा एक परिवार, धकनक क्षेत्रमा एक परिवार र घमि गाविसको लेक क्षेत्रमा एक परिवार घुमन्ते रुपमा बस्दै आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसोममा कार्यरत रेन्जर अम्वर गुरुङले बताए । केहि वर्ष यता धालुङ र छोजुङ क्षेत्रका रिजिफुवा र पिका भन्ने ठाउँमा हिउचितुवा र खैरो ब्वासोले ढोक्पाहरुलाई समस्या पैदा गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमन्थाङ र जोमसोममा लामो समय काम गरि सकेका तत्कालीन रेन्जर गुरुङको भनाइ छ । पछिल्लो समय हिउचितुवाको आक्रमणले अन्य मुस्ताङी समेत त्रसीत बनेका छन ।

चरन क्षेत्रमा हिमपात र वर्षा कम हुदै गएको, सिचांई सुबिधा नभएको, चिनको स्वशासित क्षेत्र तिब्बत तर्फ चरनका लागि पशु लैजान नपाएको तर उताबाट चरनका लागि केहि वर्ष अगाडि सम्म ल्याइने गरेको, हाल पशुमा रोग बढन थालेको, संरक्षणका कारण नाहुरको सख्ंया धेरै देखिन थालेका कारण चरन अभाब समेत भै आफुहरु समस्यामा परेको छोन्हुपको चुङजुङ लाउछेका धुमन्ते ध्याजुङ र मिङमारले एकै स्वरमा लोवा भाषामा भने “यति मात्र कहाँ हो र हिउ चितुवा र खैरो ब्वासोले मात्र नभइ बिभिन्न पशु रोग, लाक र कींले समेत पशु आक्रमण गर्दा धेरै पशु गुमाउनु परेको छ ।”

पशुलाई जंगली जनावरबाट जोगाउन परम्परागत पद्धती अपनाउदै आएका धुमन्तेहरुलाई गर्मि याममा लाउछे र धकनक क्षेत्रमा मुख्यतया हिउ चितुवा र खैरो ब्वासोले समस्या पैदा गरेका छन । पशुलाई उचित ठाँउबाट रेखदेख गर्ने उनीहरु सुसेली हाल्दै, घण्टी बजाउदै, ठुलो आवाज निकाल्दै, र घरेलु हतियार ढुगां हान्ने होर्तोको प्रयोग गदै पशु रेखदेखमा तल्लीन रहने गर्दछन । त्यस्तै पशुलाई जंगली जनावरको आक्रमणबाट जोगाउन हेरालो भोटे कुकुरद्धारा रेखदेख गर्ने, आगो बाल्ने, धुवा निकाल्ने, नक्कली मान्छे बनाउने,  झिलिमिली कपडा लगाउने आदि गर्दछन । यस्तो अबस्थामा हेरालो भोटे कुकुरले महत्वपूर्ण भुमिका खेल्ने गरेको बताउदै मिङमारले भन्नुभयो परिवारका सदस्य आलोपालो गर्दै पशु रेखदेखमा तल्लीन रहने कोहि याक चौरी त कोही भेडा च्याङग्रा चराउछौ ।

जाडोयाममा अत्यन्त जाडो र आहाराको अभाबमा चरनको खोजी गर्दै जाँदा जंगली जनावरको आक्रमणमा पर्ने पशुहरु मारिने गरेका छन । उनीहरु भगवान रिसाएका कारण चरन क्षेत्रमा ह्रास आएको विश्वास गर्दछन । जति बेला घाँसेमैदान कम हुन्छ त्यसै बेला घाँसको खोजीमा ठाडो भिर तथा पहाडमा जाने पशुहरु सिकारी जनावरको आक्रमणमा पर्दछन । धालुङ र छुजुङ क्षेत्रका रिजीफुवा र पिका भन्ने ठाँउमा दुई स्थान छन, जहाँ हिम चितुवा र ब्वासोहरु समस्याका रुपमा देखा पर्दछन । पागाँ क्षेत्रको उपल्लो भागमा हिम चितुवाले आक्रमण गरेको पाइन्छ र ब्वासोहरु यस क्षेत्रमा गर्मियाममा समस्याका रुपमा देखिन्छन । लाउछेमा गर्मि बेला ब्वासो र धकनकमा जाडो याममा हिउ चितुवाको समस्या देखिदा घमि लेक क्षेत्रमा भने कहिले काही मात्र यो समस्या देखिने गर्दछ । लाक भनिने सुनौला गिद्धले धेरै जसो भेडा च्याङग्राका बच्चाहरु र कहिलेकाही कमजोर र बुढा भेडा च्याङग्रालाई आक्रमण गरेको पाइन्छ । 

पछिल्लो समय किं भनिने स्थानिय जंगली भुस्याहा कुकुरले समेत आक्रमण गर्न थालेको छोण्हुपका गाबिस सचिब ठाकुर प्रसाद अधिकारीले बताउनुभयो । उनका अनुसार गत सालको भदौमा नामग्यालको भिरमा एकै ठाउँमा एक्काइस बटा भेडा च्याङग्रा किंले मारेको थियो भने यस बर्ष पनि हिउ चितुवा, खैरो ब्वासो र कीले साह्रै सताएका छन । तल्लो मुस्ताङको लुप्रागाउमा समेत हिउचितुवाले भेडा बाख्रा त परै जावोस घोडा पनि मारिदिदा आक्रेसित बनेका छन ।

सन २००५ को डेढ बर्षमा मात्र धालुङ र छुजुङ क्षेत्रका परिवारले एक सय तेह्र भेडा च्याङग्रा, छ याक तथा चौरी गुमाउनु परेको थियो । पागाँमा आठ याक तथा चौरी, लाउछे र धकनकमा सात याक तथा चौरी, घमिको लेक क्षेत्रका परिवारले पाँच याक तथा चौरी गुमाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसोम र लोमन्थाङका तत्कालिन कार्यालय प्रमुखहरु मनिष राज पाण्डे र मधु क्षेत्री सहित ततकालीन रेन्जर अम्बर गुरुङ, बासु देब न्यौपाने, हिरा बहादुर क्षेत्री, स्थानिय बासीन्दा छिमी रिन्जीन गुरुङको टोलिले सन २००५ मा गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन टोलिको तथ्यांकका अनुसार चरन क्षेत्रमा घाँसे मैदान क्रमिक रुपमा घट्दै जादा कुनै पनि यायावर परिवरसंग केहि पहिले पन्ध्र बिस गोठ रहे पनि हाल चार पाँच गोठमा सिमित भएका छन ।
बिस बर्ष अगाडी चौरीको सँख्या उच्च चरन क्षेत्रमा बढि घाँस पाइएकाले धेरै भए पनि क्रमिकरुपले घट्दै गएको छ । चौरीपालनमा बढि ध्यान पु¥याउनु पर्ने, बच्चाहरु प्राय हिउ चितुवाको शिकार हुने भएकाले पनि चौरी पालनमा कमि आएको हो प्रतिबेदनले भनेको छ । अझ यस बर्ष देखि त चरन अभाबमा अत्यधिक भेडा च्याङग्रा बिक्रि गरिदा एक दुई गोठमा मात्र सिमित हुने संभाबना बढेको छ । 

भगवान रिसाउदा हिमपात र बर्षामा कमि भै घाँसे मैदान कम हुन गएको उनीहरुको अनुभब छ । थोरै परिवारको मात्र केहि ठाँउमा हाल खुल्ला गोठ छ भने धेरैको गोठ नै नभएका कारण आफ्नो बसोबास नजिकै खुल्ला रुपमा राख्दै आएका कारण पनि माशांहारी जंगली जनावरको आक्रमणमा परेको महशुस हुन्छ । उनीहरु नाहुर र हिम चितुवा बढेको र तिब्बती गजेल (घोवा) को सख्या घटेको अनुभब सुनाउँछन ।

 इन्धनको रुपमा गाँउलेहरु र ढोक्पाहरुले पशुले गोब्राएको मल (रिग्मा) चरन क्षेत्रबाटै उढाउने, बिभिन्न खालका काडेदार बुट्यानहरु जरै देखि उखेल्दै प्रयोग गर्ने गर्दा समेत हिमपात र बर्षामा कमि आएको विज्ञहरुको भनाई छ । छोसेर र छोण्हुप गाबिस बिच इन्धनको रपमा प्रयोग हुने काडेदार बुट्यान कै बिषयमा लामो बिवाद हुदा अझै समाधान हुन सकेको छैन ।

हिउचितुवा, लिङ्स (इग), हिमालयन खैरोभालु, रातोफ्याउरो, खैरो ब्वासो, ब्लु सिप (नाहुर), तिब्बतियन जंगली गधा (क्याङ), तिब्बतियन गजेल (घोवा), तिब्बतियन अर्गाली (नायन), हिमालयन मारमोत (फ्याउ मुसा), लगायत बिभिन्न जनावर हिउ तित्रा, तिब्बतीयन हिउ कुखुरा, तिब्बतीयन स्यान्ग्राउस् (च्याखुरा प्रजाती), चुकोर (च्याखुरा), तित्रा, हिमालयन ग्रीफन (हिमाली गिद्ध), लगायतका बिभिन्न चराहरु चरन क्षेत्रमा पाइने अनेक प्रकारका घाँसेबुट्यानहरु (Poa Mustangensis), clematis, barctolata, thymus, linearis, corydalis, delphinium, meconopsis)  बनस्पतिले जैबिक बिबिधतामा उपल्लो मुस्ताङ उच्च हिमाली क्षेत्रको शान एवं महत्व बढाएको बिज्ञहरुको भनाईसग सबै सहमत छन ।

Koberessia sp.,  carex sp., lonicera , obovata, ephedra gerardiana, spiraea arcuata, cotoneaster sp., caragana sp., berberis sp., artemisia sp  महत्वपूर्ण बनस्पतिहरुले यस क्षेत्रमा प्रभुत्व जमाएका छन । सातौ सताब्दी देखि ढोक्पाहरुको समेत स्वास्थ्य उपचार आम्चीहरु (सोवा रुप्पा)ले गर्दे आएको बताउदै लोकुनफेन आम्ची बिद्यालय, लोमन्थाङका संस्थापक आम्ची घ्याचो बिष्टले थप्दै औषधि जन्य बनस्पतिहरु भुङका, पसेका, हुङडीन, सिल्वा, टेङकु, थरम, नरम, लिगतुर, पयाक्चा, लोङमेन, तिक्ता, लिक गोम्बो, यार्सागुम्बा, ताङमिन, लाङना, लुगरो, मार्बो, ढिमोक, लगायत एक सय भन्दा बढि आम्ची औषधीमा प्रयोग गरिने जडिबुटिले यसै क्षेत्रको थप गौरब बढाएका छन । बिष्टले स्पष्ट सगँ भन्नुभयो “जलवायुको उतारचढाबले रोग पनि अनेक रुपमा थपिएका छन, जडिबुटि उत्पादनमा समेत क्रमिक कम हुदै जाँदा अभाब हुन थालेको छ ।”

फिरन्तेहरुको सबै बसोबास क्षेत्र वृहत जैबिक बिविधता अध्ययनका लागि महत्वपूर्ण मानिएको छ । धालुङ, छुजुङ जस्ता क्षेत्रमा तिब्बतीयन जगंली गधा (क्यान), तिब्बतियन गजेल (घोवा) र सुर्खाङको दामोदर कुण्ड क्षेत्रमा तिब्बतियन अर्गाली (नायन) र ब्लु सिप (नाहुर) सहजै देख्न सकिने पछिल्लो अवधि उपल्लो मुस्ताङ उच्च हिमाली क्षेत्रको  अध्ययनमा जाने र त्यस क्षेत्रका वासिन्दा बताउछन ।

 यी क्षेत्रमा अत्यन्त लोपोउन्मुख र ब्यापारीक रुपले समेत अत्यन्तै मुल्यवान तिब्बतीयन एन्टेलोप वा चिरु (Tibetan antelope or chiru )  रहेको आशंका जीवबिज्ञ एबं राष्टिय प्राकृति बिज्ञान सग्रांहलय प्रतिष्ठान, स्वयम्भु, काठमाण्डौका प्राध्यापक करण बहादुर शाहको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।Tibetan sandgrouh प्रजाती जस्ता र्दुलभ चराहरुलाई समेत यस क्षेत्रले बास दिएको उक्त अध्ययन प्रतिवेदनमा जनाइएको छ । यो पक्तिकारलाई उपल्लो मुस्ताङको मानबबस्ती, धुमन्ते, जैबिक बिबिधता र प्राचिन चराचरुङी जनावरका धेरे रोचक कुराहरु समेत प्राध्यापक शाहले उहाकै कार्य कक्ष जीवबिज्ञ एबं राष्टिय प्राकृति बिज्ञान सग्रांहलय प्रतिष्ठान, स्वयम्भु, काठमाण्डौमा सुनाउनु भएको थियो ।

आधुनिक एवं विलासी जीवन शैलीले विश्व व्यापी रुपमा गाजेको वर्तमान परिस्थतिमा धुमन्तेहरु पनि अछुतो रहेनन । केहि ढोक्पाहरु स्थायी घर बनाएर बस्ने चाहना राखी हाल समाजमा पुनस्थापित हुन थालेका छन । तिस पैतिस बर्ष अगाडि धालुङ र छोजुङ क्षेत्रमा तिस परिवार रहे पनि हाल नौ परिवारमा सिमित रहेका उनीहरु मध्ये एक परिवार लोमन्थाङमा घर बनाएर पुनस्थापित भै बसेको गतबर्ष सम्म पशु सेवा केन्द्र, लोमन्थाङका पशु स्वास्थ्य प्राविधिक रहेका हाल टुकुचेमा कार्यरत कृष्ण प्रसाद ऋणि बताउनुहुन्छ ।  थोरै मात्र नेपाली बुझ्ने ¥िहनो गुरुङ लोमन्थाङ गाबिस वडा नं ९ का स्थानिय बासिन्दा २ बर्ष अगाडीमात्र घर  किनेर पुनस्थापित भै बसेका हुन । बसाई घरमा रहे पनि पशु पालनलाई नै उनले मुख्य पेशा बनाएका छन ।

 हिउदमा प्राय उपल्लो मुस्ताङबासी जाडो छल्न भन्दै नेपाल र भारतका बिभिन्न शहरमा ब्यापार गर्न झरे पनि उनीहरुले भने मुस्ताङ छोडेको पाइदैन । यस्ता फिरन्तेहरु उपल्लो डोल्पा, चिनको स्वशासीत क्षेत्र तिब्बतमा समेत ततकालीन अबश्थामा रहेको बताउदै कागबेनीका रिन्जीन नामग्याल गुरुङले भन्नुभयो, हाल नेपाल तथा भारतमा रहेका अधिंकास तिब्बती शरणार्थी पनि त्यो बेला आफ्नो घर नभएका फिरन्ते यायाबर नै हुन ।
अत्यन्त सम्वेदनशिल उच्च हिमाली जैबिक विविधताको बिशेषता सगँ गासीएका धुमन्तेको जीवन निर्वाह गर्ने श्रोत क्षेत्रमा पशुपालन र उनीहरुको क्रियाकलापले सकारात्मक एवं नकारात्मक दुबै प्रभाब पर्ने सन २००५ को  अध्ययन टोलिमा समेत सहभागी ततकालीन रेन्जर गुरुङले बताउदै बिश्वबाटै लोप हुन लागेका हिउ चितुवा, लिङंस (इग), खैरो व्वासो, अति र्दुलभ बनस्पतिहरु, बिभिन्न जातका चराहरु र घुमन्तेहरुको रहन सहन, सस्कृती, जीवन शैलीले यस क्षेत्रको शान बढाएको जानकारी दिनु भयो ।

 हाल काडमाण्डौ बस्ने तत्कालीन रेन्जर गुरुङले थप्नुभयो यस क्षेत्रको उच्च हिमाली जैविक बिविधता, सास्कृतिक सम्पदा र भौगोलिक अवस्थालाई पर्यटकिय दृष्टिकोणले बिकास गदै थप कार्य गर्ने लक्ष्य राष्टिय प्रकृति संरक्षण कोष अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाले राखेको छ ।

चरन सुधारका लागी स्थानिय स्तरमा पानी पोखरी निर्माण, बाटो सुधार, खालि रहेका सामुदायिक एवं ब्यक्तिगत जमिनमा घाँस उत्पादन कार्यक्रम इसीमोडको सहयोगमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमन्थाङले थालेको पर्यटन सहायक मधुबरालले बताए । पर्यटन सहायक मधुबरालका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमन्थाङको सक्रियतामा स्थानिय स्तरमा चरन क्षेत्र ब्यबस्थापन उप समिति गठन भै नितिनियम बनाई कार्यान्वयन हुन थाले पछि चरन क्षेत्रमा सकारात्मक सुधारका र्काय देख्न थालिएको छ । वन्यजन्तुको आक्रमणबाट बचाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमान्थाङ र हिउ चितुवा संरक्षण कार्यक्रम एसएलसीले सुधारिएको गोठ निर्माण कार्य केही बर्ष अगाडी देखि थालेका छन ।

यस्ता कार्यक्रम र पशु उपचारमा जिल्ला पशु सेवा कार्यालय, मुस्ताङ पनि पछिल्लो समय सक्रिय भएको छ । डब्लुटिओको सदस्य हुन बार्षिक ८ मेट्रिक टन लोपउन्मुख भ्याङलुङ भेडाको उन उत्पादन गर्ने सरकारी लक्ष्य अनुरुप सबै भेडा पालक कृषकहरुसग सहकार्य गरि कार्पेट उलका लागि बृहत्तर भेडा बिकासको कार्यक्रममा गोठ निर्माण, घाँसको बिउ बितरण कार्य शुरु गरेको जिल्ला पशु सेवा कार्यालय का प्रमुख डा गुरु प्रसाद खकुराल ले जबताउनु भयो । 

 कार्यक्रम अन्तर्गत स्थानिय बासिन्दाका लोमन्थाङमा एक, छोण्हुपमा एक र छोसेरमा एक गरि तिन गोठ निर्माण गरिए पनि हाल सम्म फिरन्तेहरु सो सुबिधा लिन नआएको डा  खकुरालले बताउनु भयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae