Sahara Sansar

Tuesday, March 1, 2011

अन्तर्राष्ट्रिय म्याराथुन ताप्लेजुङ्गमा हुने

0 comments

हिम नाथ दुवाडी
 फागुन १७ काठमाडौं।  “हिमालयन गाइडस् अन्तर्राष्ट्रिय पाथीभरा म्याराथुन यही फाल्गुन २० गतेताप्लेजुङ्गमा हुने भएको छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्बद्धन समिति,इन्द्रलाल गुल्म तथा हिमालयन गाइडस् नेपाल टे«क्स एण्ड एक्सपीडिसन प्रा.लिको संयुक्त प्रायोजनमा ताप्लेजुङ्गमा हुन लागेको म्याराथुनमा करिव २०० जनाले सहभागिता जनाउने आयोजकले बताएको छ ।

ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिङ वजारदेखि प्रसिद्ध देवस्थल पाथीभरा देवी मन्दिर पुगेर पुन फुङलिङ पर्कने वाटो म्याराथुनको लागि मिलाइएको छ भने म्याराथुनमा सहभागि मध्ये प्रथम हुनेले नगद रु ४० हजार, द्धितियले रु ३० हजार र तृतीयले रु २० हजार प्राप्त गर्नेछन ।

ताप्लेजुङ्गको धार्मिक तथा प्राकृतिक विविधताहरुको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गर्न लागिएको पाथीभरा पर्यटन महोत्सवमाखुल्ला म्याराथुन, महिला हाफ म्याराथुन, प्याराग्लाइडिङ्ग, सांस्कृतिक कार्यक्रम, फुडफेस्टिवल लगाएतका विविध कार्यक्रम हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका सचिव तारा घिमिरेले बताउनुभयो। 

 महोत्सव करिव १ लाख ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजकको छ भने कार्यक्रम सम्पन्न गर्न २२ देखि २५ लाख सम्म लाग्ने जानकारी आयोजकले दिएको छ ।

Read More......

पर्वतको पञ्चासे घुम्न आउने पर्यटक बढे

0 comments

अनिता केसी
 फागुन १७ पर्वत। पर्यटन वर्ष २०११ मा पर्वतको प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्वत, कास्की र स्याङजा जिल्लाको संगममा पर्ने पञ्चासे क्षेत्रमा पर्यटकको संख्यामा बृद्धि भएको हो  ।

पञ्चासेबाट धौलागिरी देखि गणेश हिमश्रृङ्गखला मात्रै होइन पाल्पा, कास्की, पर्वत, बागलुङ र स्याङजाका मनोरम दृश्याबलोकन गर्न सकिन्छ ।

पञ्चासेमा रहेको मनोरम ताल, गुराँसले भरिएको जंगल, श्रबणकुमारको मन्दिर, सिद्धबाबाको मन्दिर र तपस्या गरेका कुटी र गुफाहरु पनि पर्यटकका लागिआकर्षण बनेका छन ।

Read More......

नेकपा संयुक्त माक्र्सबादीको बिशेष अधिवेशन सम्पन्न

0 comments

बटुकनाथ झा 
फागुन १७ जनकपुर।     नेकपा संयुक्त माक्र्सबादीका नब निर्वाचित अध्यक्ष लोकनारायण सुबेदीले संबिधान सभाको म्याद  फेरी बढाउन सर्बोच्च आदालतको  फैसलाको बिरोध गर्नुभएको छ  ।

जनकपुरमा  फागुन १५ गतेदेखि १७ गते  सम्म  सञ्चालीत अबिधेशन पछि  आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुबेदीले बर्तमान अबस्थामा  जेठ १४ गते संबिधान बन्ने सम्भाबना न्युन हुदै गएको भन्दै संविधान बन्न नसक्नुमा प्रमुख तीन दल एकिकृत नेकपा माओबादी , नेपाली कँग्रेस र नेकपा एमाले रहेको  आरेप लगाउनु भएको छ ।

जनकपुरमा  भएको बिशेष अबिधेशनबाट  अध्यक्षमा लोकनारायण सुबेदी , महासचिबमा  भिम प्रसाद सेराई , लगायतका चयनहुनु भएको छ ।

Read More......

सातबुँदे समझदारी जालझेल र षड्यन्त्रबीच गरिएको कांग्रेस नेतृ कोइरालाको भनाई

0 comments


फागुन १७  बिराटनगर ।   नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले वर्तमान सरकारको नेतृत्व देश र जनताले स्वीकार नगरेको हुनाले प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने बताउनुभयो ।

कोइरालाले नेपाल प्रेस युनियन मोरङद्वारा मंगलवार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष र माओवादीबीच भएको सातबुँदे समझदारी जालझेल र षड्यन्त्रबीच गरिएको हुनाले यसबाट देश अगाडि नभई पछाडि फर्कने दाबीसमेत गर्नुभयो ।

नेपाली काँग्रेस प्रजातान्त्रिक  र इतिहास  एवम् धेरै त्याग र बलिदान दिएको पार्टीलाई बाहिर राखेर देशको राजनीतिक निकास नहुने जिकिर गर्दै उहाँले पुनः सबै पार्टीबीच सहमति र सहकार्यमा गरी नयाँ सातबुँदे समझदारी गरेमा मात्र देश सङ्घीय लोकतान्त्रिक  सबै समस्याको समाधान हुने दाबीसमेत गर्नुभयो ।

Read More......

लिवियामा रहेका नेपाली कामदारलाई उद्धार गर्न अन्तराष्ट्रिय समुदायसँग आग्रह

0 comments


 फागुन १७ काठमाडौं ।  नेपाल सरकारले लिवियामा रहेका नेपाली कामदारलाई उद्धार गर्न अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । आफ्ना नागरिकलाई उद्धार गरिरहेका चिन, बंगालादेश, भारतलाई सरकारले नेपाली कामदारहरुको पनि उद्धार गरिदिन आग्रह गरेको हो ।

 नेपाली कामदारहरु अफ्ठ्यारोमा परेकोले आफुहरु सो ठाउमा पुग्न सम्भब नभएको भन्दै परराष्ट्र मन्त्रालय मार्फत सरकारले अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेको मन्त्रालयका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले बताउनु भयो ।

Read More......

दुई सदनात्मक व्यवस्थापिकाको व्यवस्था गर्न दलहरुबीच सहमति

0 comments


 फागुन १७ काठमाडौं।   संबैधानिक समिति अन्तर्गतको उपसमितिले नयाँ संविधानमा सङ्घीय व्यवस्थापिका दुई सदनात्मक बनाउने सहमति गरेको छ । उपसमितिको मंगलवार बसेको बैठकले केन्द्रीय संसद दुई सदनात्मक बनाउने सहमति गरेको उपसमिति संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो ।

 प्रतिनिधित्वको आधार र नेतृत्वबारे आगामी बैठकमा छलफलल हुने उहाँले बताउनुभयो । यसअघि माओवादीले केन्द्रीय संसद एक सदनात्मक हुने अडान राख्दै आएको थियो । प्रचण्डले आजको छलफल असाध्यै सकारामक र रचनात्मक रहेको दावी गर्नुभयो । प्रतिनिधिसभा र राष्ट्रियसभाको रुपमा केन्द्रीय संसद दुई सदनात्मक रहने सहमति भएको काङ्गे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

केन्द्रीय व्यवस्थापिकासम्बन्धी विवाद टुङ्गिएपछि धेरै प्रश्न हल हुने पौडेलले बताउनुभयो । संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले पहिलो दिनको छलफल सरकारात्मक रहेकोले फागुन मसान्तसम्म विवाद टुङ्गिने विश्वास व्यक्त गर्नुभयो । प्रादेशिक सदन एक सदनात्मक बनाउने विषयमा यसअघि उच्चस्तरीय कार्यदलले सहमति जुटाएको थियो ।

उपसमितिको अर्को बैठक पर्सि बिहीबार बस्ने छ ।

Read More......

केरौजामा १० दिने नारा पर्व विविध कार्यक्रमका साथ सम्पन्न

0 comments

राजेन्द्र न्यौपाने
 फागुन  १७ गोरखा।  केरौजाको गौरब केरौजाका पहिचान र हाम्रो चिनारी भन्ने मूल नाराका साथ गोरखा जिल्लाको उत्तरी गा.वि.स. केरौजामा १० दिने नारा पर्व विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

 घले गुरुङहरुले परम्परागत रुपमा मनाउने यो चाड हाल आएर केरौजामा पर्यटन अभिवृद्धिको राम्रो
माध्यम वन्न सफल भएको छ । १० दिन सम्म मनाईएको यो मेलामा स्थानीय स्तरमा प्रचलित विभिन्न कला र
संस्कृति झल्कने कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केरौजा मा.वि. का प्र.अ. सुन्दर वावु खनालले मेला र पर्वले वाह्य तथा आन्तरि
क पर्यटन वढाउन टेवा पु¥याउने वताउनुभयो । कार्यक्रममा पौराणिक कथामा आधारित परम्परागत साँस्कृतिक नाचहरु
घोडानाच, याकनाच, सिस्ने नाच, नक्कली मैया नाच, बेश्या नाच, जोगी नाच, लामा नाच, घाँटु, सोरठी मारुनी जस्ता
नाचहरु साथै विविध खेलकुद कार्यक्रमहरु पर्दशन गरिएको थियो ।

सो अवसरमा ५० भन्दा वढी खानाका स्टलहरु राखिएको थियो । यो भिन्न प्रवृत्ति र छुट्टै पहिचान वोकेको नारा पर्व तीन वर्ष लगातार प्रत्येक वर्ष र विचमा तीन वर्ष खाली राखी फेरी तीनवर्ष पछि पर्व मनाईएको स्थानीय

काजी तमुले बताउनुभयो । सिर्जनसिल नेपाली युवा केरौजाद्धारा संचालन गरिएको उक्त कार्यक्रमको अध्यक्षता
क्लवको अध्यक्ष अमृत घलेले गर्नुभएको थियो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae