Sahara Sansar

Wednesday, February 2, 2011

सहकारी शिक्षाको कमीले उपत्यका बाहिर सहकारी फष्टाउन सकेन

0 comments


सुरेश बिडारी
माघ १९,  महोत्तरी ।
 उत्पादक र उपभोक्तालाई सहकारीले नजोड्दासम्म सहकारी फष्टाउन नसक्नेमा सहकारी कर्मीहरुले जोड दिएका छन् । सहकारीकर्मीहरुले देशभर रहेका २२ हजार सहकारी मध्ये १२ हजार सहकारी उपत्यकामा रहेको बताउँदै सहकारी शिक्षाको कमीले उपत्यका बाहिर सहकारी फष्टाउन नसकेको बताएका छन् । कृषि जागरण सहकारी संस्था लिमिटेड बर्दिबासको छैठौ बार्षिक साधारणसभामा सहभागी भएका उनीहरुले सरकारले सहकारीलाई मद्दत गर्ने, नीति नियम बनाएर नियन्त्रण मात्र गर्ने भएकोले काम सहकारी कर्मीहरुले नै गर्नुपर्नेमा जोड दिएका छन् । सहकारीका अध्यक्ष सुरेन्द्र राज लामाको अध्यक्षतामा सम्पन्न साधारण सभा कार्यक्रममा बैङक तथा वित्तिय संघ संस्थाका प्रतिनीधि,लगायतको सहभागिता रहेको थियो ।

Read More......

अपाङगहरुको निशुल्क उपचार र सहयोगी सामाग्री वितरण

0 comments


सुरेश बिडारी,
 माघ १९, महोत्तरी ।
महोत्तरीको बर्दिबासमा पाँच जना अपाङगता भएकाहरुको निशुल्क फिजियो थेरापी र ६ जना अपाङगहरुलाई विभिन्न सहयोगी सामाग्री वितरण गरिएको छ । प्रेरणा अपाङग पूर्नस्थापना केन्द्र सर्लाहीको सहयोगमा IEDS समाज सहकारी अस्पताल, सामुदायिक विकास तथा पैरवि मञ्च बर्दिबास, सामुदायिक विकास कार्यक्रम सिन्धुलीको संयुक्त आयोजनामा गत पुष १६ गते अस्पतालमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा छनौट भएका उनीहरुलाई सेवा प्रदान गरिएको हो । निशुल्क स्वास्थ्य शिविरमा गरिएको प्रतिबद्धता अनुरुप आज ६ जना विरामीहरुलाई नक्कली खुट्टा, चाइल्ड बकर, टेक्ने लठ्ठी, सीपी चियर, सुज मोडीफिकेसन, ह्यान्ड स्पिलिन्टलगायतका सहयोगी सामाग्री वितरण गरिएको सामुदायिक विकास कार्यक्रम सिन्धुलीका मिलन श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै आजै ५ जना अपाङग विरामीहरुको फिजीयो थेरापी गरिएको उहाँले जानकारी दिनुभयो ।

Read More......

मष्तिष्क पक्षघातबाट दाङ्गमा झण्डै एक हजार बालबालिका प्रभावित

0 comments


सुशील बस्नेत,

माघ १९,
दाङ्ग ।
मष्तिष्क पक्षघात स्वावलम्बन समुह दाङ्गले मष्तिष्क पक्षघातबाट दाङ्गभर झण्डै एक हजार बालबालीका प्रभाबित भएको जनाएको छ । २०५६ सालदेखि दाङ्ग सञ्चालन गरिएको समुहले यस अवधिमा एक सय २१ जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा झण्डै तिन सय बढिलाई सेवा दिदै आएको समुहका असिष्टेण्ट फिजियोथेरापिष्ट दुर्गाप्रसाद चौधरीले जानकारीले दिनुभयो । खासगरि मष्तिष्क पक्षघात कलिलो मष्तिष्कमा चोट पर्न गई शरिरको चालमा विकृती देखिनेलाई मष्तिसक पक्षघात भनिन्छ । गर्भ अवस्थादेखि एक वर्षको उमेरसम्मका बालबालिकाको मष्तिष्कमा चोट पर्न गएमा त्यसको विकृती देखा पर्नें चौधरीको भनाई छ । मष्तिष्क पक्षघात भएका बालबालीकाहरु उमेर बढदै जादा उनिहरुको चालको बिकृती, शरिरको अंगहरु बाङ्गिदै जाने, ईच्छा अनुसारको चाल नहुने, सामान्य बालबालिका भन्दा चालमा निकै कमी, शाररीक बिकासमा कमी लगायतका लक्षण देखिने गर्दछ ।

Read More......

गाविसद्धारा घटना दर्ता शुल्कमा बृद्धि

0 comments

माघ १९, संखुवासभा ।
 आन्तिरिक आम्दानी बृद्धि गर्ने उदेश्यले संखुवासभाको मादीमुलखर्क गाविसले विभिन्न व्यक्तिगत घटनाहरुको दर्ता शूल्कमा बृद्धि गरेको छ । गाविसको १९ औं गाउँ परिषद बैठकको निर्णय अनुसार शूल्कमा बृद्धि गरिएको गाविस सचिव विमलकुमार पोख्रेलले बताउनु भयो । गाविसले विवाह, जन्म तथा मृत्यु दर्ता र बसाईसराई जस्ता घटनाको शुल्क बृद्धि गरेको उहाँले बताउनु भयो । दर्ता गराउने मध्ये प्रतिघटना २० रुपैयाँ शुल्क लिने गरिएकोमा बढाएर प्रति घटना ५० रुपैयाँ पु¥याईएको गाविसले जनाएको छ । त्यस्तै भूपु शैनिकहरुको विभिन्न सिफारिस पत्र बनाउँदासमेत गाविसले शुल्क बढाएर २० रुपैयाँबाट ५० रुपैयाँ पु¥याएको छ ।

Read More......

१५ जना शिक्षकहरुले सामूहिक राजिनामा बुझाए

0 comments

राजेन्द्र न्यौपाने
 माघ १९ गोरखा । जिल्लाको सदरमुकाममा अवस्थित श्री महेन्द्रज्योति उच्च माध्यमिक विद्यालयमा अध्यापनरत १५ जना शिक्षकहरुले सामूहिक राजिनामा दिएका छन् ।

विद्यालयमा सोमबारदेखि उत्पन्न बिवाद समस्या समाधानका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समिति र शिक्षक स्टाफको संयुक्त बैठकले विद्यालयको शैक्षिक वातावरण सुधारका लागि पहल गरेपनि शिक्षकहरुको सामुहिक राजिनामा विद्यालयको शैक्षिक क्षेत्रको विकासका लागि नभएको व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज जोशीले बताए ।

विद्यालयमा अनुपस्थित भई एकै दिन एक महिनाको हाजिर गर्ने शिक्षकलाई शिक्षा नियम अनुसार कारवाहिको माग सबैले गरेपछि कारवाही गर्नुपर्ने र नपर्ने समूहवीच विवादले घटनाको रुप लिएको थियो ।

मंगलबार भएको सहमतिमा गणित विषयका शिक्षक भाईकाजी श्रेष्ठको विशेषकारणबश समस्या आएकोले एकवर्ष असाधारण विदामा बस्ने निर्णय भएको विद्यालयका प्राचार्य लक्ष्मणबाबु आचार्यले बताए । विद्यालयको वातावरण सहज बन्दै गरेको उनले  जानकारी दिए ।

Read More......

गोरखा नगरपालिका स्थित महेन्द्रज्योति उच्च माध्यमिक विद्यालयको अवस्था सामान्य बन्दै

0 comments


राजेन्द्र न्यौपाने
माघ १८ गोरखा । जिल्लाको गोरखा नगरपालिका स्थित महेन्द्रज्योति उच्च मा.वि.मा भएको असामान्य स्थिति सामान्य बनेको छ । सोमबार देखी पढाई अवरुद्ध रहेको गोरखा सदरमुकामको महेन्द्र ज्योति उच्च मा. वि. को एस. एल सी . सेन्ट अफ टेस्ट परीक्षाको मङ्गलबार संचालित ऐच्छिक शिक्षा विषयको परीक्षा स्थगित भएको छ ।

गणित विषयका शिक्षक भार्इृकाजी श्रेष्ठ नियमित उपस्थित नहुने विषयमा भएको आन्दोलनको कारण यस्तो भएको हो । मंगलबार पनि विद्यार्थी पढाई हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएपछि आज संचालित ऐच्छिक शिक्षा विषयको परीक्षा पनि स्थगित भएको हो । विद्यालयमा शिक्षक नियमित उपस्थित हुनुपर्ने , विद्यालय व्यवस्थापन समितिले पनि वातावरण स्वच्छ वनाउनुपर्ने माग राख्दै विद्यार्थी आन्दोलित भएका थिए ।

मंगलबार विद्यालयमा पढाई नभएको विषयमा भएको तनावका कारण स्कुल क्षेत्र केहीबेर तनावग्रस्त बनर विद्यार्थीहरुवीच कुटाकुट भएको थियो । सो विद्यालयका २ जना विद्यार्थीलाई सामान्य चोट समेत लागेको थियो । समस्या समाधानका लागि बसेको बैठकले गणित विषयका शिक्षक भाईकाजी श्रेष्ठले एकवर्ष असाधारण विदा लिने निर्णय गरेपछि स्थिति सामान्य बनेको छ ।

सम्बन्धमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुबराज जोशीले अब सबै कुरा समाधान हुने जानकारी गराए ।

Read More......

एमालेका नेता खगराज अधिकारीले गोरखामा २ चड्कन खाए

0 comments


राजेन्द्र न्यौपाने
माघ १८ गोरखा । ने.क.पा. एमालेका पोलिट्व्यूरो सदस्य एवं गण्डकी अञ्चल संयोजक खगराज अधिकारीलाई सोमबार एमाले पार्टी कार्यालय अगाडि एमाले पार्टी कार्यकर्ताले दुई चड्कन लगाएका छन् ।पार्टी अध्यक्ष झलनाथ खनाललाई एक थप्पड लगाएको घटना सेलाउन नपाउँदै खनाल पक्षधरले गोरखामा सोमबार साँझ अध्यक्षलाई प्रधानमन्त्री बनाउन सहयोग नगरेको भन्दै चड्कन लगाएका हुन् ।

प्रहरी निरिक्षक नजिकै भएपनि गालामा दुई पटक हानेपछि मात्र नेतालाई के गरेको भनेपछि उनले छोडेका थिए । प्रहरीले कारवाहीका लागि लैजान खोजेपनि घटनाको समाचार बन्न सक्छ भन्दै गोरखा जिल्ला अध्यक्ष रामशरण बस्नेतले नमानेको घटना स्थलमा पुगेका प्रहरी निरीक्षकले बताए ।

एमाले पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्न गोरखा आईपुग्नु भएका अधिकारी कार्यकर्ताले चड्कन लगाएपछि निराश देखिएका थिए ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae