Sahara Sansar

Friday, January 21, 2011

कक्षाकोठाको अभावमा खुल्ला आकाशमुनी पढ्न बाध्य ।।

0 comments

माघ ७, कैलाली ।
कैलाली जिल्लाको सुगरखाल गाविसको दुर्गम फलेबिसौनामा रहेको शान्ति माविका विद्यार्थीहरु कक्षाकोठाको अभावमा चौरमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा १० सम्म ७०० भन्दा बढी विद्यार्थीको चाप रहेको विद्यालयमा एक कार्यालयसहित दुई कोठे पक्की भवनका ५ वटा कोठा मात्रै छन् । जमसध्ये विद्यालयको अफिसकोठा स्थानिय जनचेतना सामुदायिक वनको सहयोगमा जनश्रमदानबाट बनाइएको हो । कक्षाकोठाको अभाव भएकाले गर्मी सिजनमा जेनतेन रुखको छहारीमा पढाई संचालन भए पनि चिसो र पानी परेको समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बिद्यालय व्यबस्थापन समीतिका सदस्य दिपक बमले बताउनुभयो । स्थानियबासीन्दाको सहयोगमा पटक पटक काठका टहरा बनाएर पढाई गराइने भए पनि समस्या जस्ताको त्यस्तै रहेको छ ।

Read More......

Wednesday, January 19, 2011

महेन्द्रनगरस्थित विज्ञान क्याम्पस स्ववियुद्वारा अनिश्चितकालीन बन्द आब्हान

0 comments


बिपी अनमोल, महाकाली एफ.एम.

स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद बढेपछि महेन्द्रनगरस्थित सिद्वनाथ विज्ञान क्याम्पस बुधवार देखी अनिश्चितकालका लागी बन्द भएको छ । विज्ञान क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले भर्नाको विषयलाई लिएर क्याम्पस प्रमुख डा. भवानी चन्द ठकुरीले स्ववियु सभापति रोहित बहादुर चन्दमाथि हातपात गरेको आरोप लगाउँदै क्याम्पस अनिश्चितकालीन बन्द गराएको हो । क्याम्पस प्रमुख चन्दले भने स्ववियुले आफ्नो कार्यकक्षमा विद्यार्थीहरुको हुल ल्याएर जबरजस्ती तालाबन्दी गर्न खोज्दा उल्टै आफुमाथि धक्कामुक्का भएको बताउनुभएको छ । स्नातक तह प्रथम वर्ष अन्तरगत भौतिक विज्ञान समुहमा अतिरिक्त भर्ना लिनुपर्ने स्ववीयुको अडान र भौतिक विज्ञान समुहमा भर्ना लिन नसकिने क्याम्पस प्रमुखको अडानपछि क्याम्पसमा विवाद शुरु भएको हो । स्ववियुले क्याम्पस प्रशासनले भरखरै कक्षा ११ को परिक्षा उर्तिण गरेका विद्यार्थीहरुलाई समेत भर्ना लिएर पढ्न दिनुपर्ने अडान लिएको छ । उता क्याम्पस प्रमुख चन्दले जिव विज्ञान समुहमा मात्रै भर्ना गर्न सकिने अवस्था रहेको जानकारी हुँदा हुदै पनि स्ववीयुले जबरजस्ती भौतिक विज्ञान समुहमा अतिरिक्त कक्षाहरु सञ्चालन गर्नुपर्ने अडान राखेको बताउनुभयो ।

Read More......

Tuesday, January 18, 2011

तावा ककुर र कमलानदीको संगम स्थल त्रीवेणीमा भव्य मेला

0 comments

माघ ४ सिन्धुली। सिन्धुली र उदयपुरको सिमाना भएर वग्ने तावा ककुर र कमलानदीको संगम स्थल त्रीवेणीमा गत शनीवारदेखी भव्य मेला शुरु भएको छ । माघेसंक्रान्तिदेखी १८ गतेसम्म लाग्ने यो मेलामा मकर नुहाउनहाँसपरेवापाठी पुजा गर्नको लागी भारतवाटसमेत भक्तजनहरु आउने गर्दछन् ।
मेलालाई विगतको वर्षहरुमा भन्दा निक्कै व्यवस्थित वनाइएको त्रिवेणी गाविसका सचिव पेशल पोखरेलले जानकारी दिए  । मेलाको  रौनक वढाउन नाम चलेका राष्ट्रिय कलाकारहरुलाई पनि निम्त्याइएको छ । ऐतिहाँसिक मैनी मेलाको नामले प्रचलित यो मेलामा भोटे घोडाकुकुरराडीपाखी खरीदविक्री हुने गरिएकोमा केही वर्षयता थप्प भएपनि यसपालि फेरी विक्रीवितरण सुरु गरिने आयोजक समितीले जनाएको छ ।
पर्यटन वर्षलाई पनि विशेष सहयोग गर्ने हेतुले माघ ८ गते पर्यटन वर्षको प्रर्वद्धनका लागी विविध कार्यक्रम गर्ने पर्यटन वर्ष मुल आयोजक समिती उदयपुरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले जानकारी गराए ।

Read More......

लागु औषध सहित दुइ जना पक्राउ

0 comments

सुरेश बिडारी
माघ ३ महोत्तरी । महोत्तरीको बर्दिबासमा मंगलबार  प्रहरीले लागु औषध सहित दुइ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको गस्ती टोलीले बर्दिबास-३ का २४ बर्षिय विष्णु फँुयाललाइ र बेलगाक्षी ५ की ५० वर्षिय फुलमति शाहलाई प्रहरीले पक्राउ गरेको हो ।  फुँयाललाई ३० ट्याबलेट स्पामो पोक्सोभेन का र शाहलाई १५ वटा रेक्स कफ सिरफका साथमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका बर्दिबासका प्रहरी निरिक्षक लाल गोविन्द श्रेष्ठले जानकारी दिए  ।
फुँयाललाई गौशाला चोकबाट र शाहलाई माइस्थानमा रहेको टुटेश्वर नाथ मन्दिर जाने चोकबाट नियन्त्रणमा लिइएको उनको  भनाइ थियो । शाहले त्यस स्थानमा टहरा बनाएर लामो समयदेखि चिया पसल साचालन गर्दै आएको बुझिएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Read More......

Monday, January 17, 2011

चट्याङमा परि १२ जना घाईते

0 comments

माघ ३ सिन्धुली। सिन्धुलीको नेत्रकाली ८ मा गए राति चट्याङ पर्दा १२ जना घाईते भएका छन् । वाटो नजिकैको पोलमा चट्याङ पर्दा  हिड्दै गरेका १२ जनालाई करेन्ट लागेर घाईते भएका हुन् ।
केहि समय अघि मात्रै नेत्रकाली गाविसको शिखरपुरमा करिव ७८ लाखको लागतमा १२ किलोवाट क्षमताको मामवली साङवा लधु जलविधुत परियोजना कार्य सम्पन्न भएको थियो । घाईते वाह्रै जनाको गाउँमै उपचार भईरहेको जानकारि प्राप्त भएको छ । त्यस्तै चट्याङ लागेर सोहि गाविसमा १ वाख्रा मरेको छ भने ६ भैसि घाईते भएको नेत्रकाली गाविसवाट आईत सिं वाईवाले जानकारि दिए ।

Read More......

आगलागीबाट लाखौको धनमाल जलेर नष्ट

0 comments

एसबी गौतम रेडियो सिन्धुलिगढ़ी
माघ ३  सिन्धुली। सिन्धुलीको वेलघारी गाविस वडा नम्वर ५ लामिडाडाँमा सोमबार  आगलागी हुदा लाखौको धनमाल जलेर नष्ठ भएको छ । लामीडाडाँ निवासी गुन्ज वहादुर काफ्लेको घरमा दिउसो १ वजे आगलागी भएको थियो  । आगलागीवाट नगद ७० हजार पैसा  ५० मुरि धान एक थान सोलार सेट एक थान मोवाईल सेट घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ भने एउटा भैसि घाईते भएको छ ।
आगलागीवाट २० वाख्रामा केहि वाख्रा वाचेको र केहिलाई आगोको थुप्रोले पुरेको स्थानिय ईन्द्र वहादुर क्याप्छाकीले जानकारि दिएका छन् । थप जनधनको क्षतिहुन नदिन आगलागी भईरहेको समयमा रेडियो सिन्धुलीगढीले स्थानिय सर्वसाधारणलाई सहयोगको लागी आग्रह गरेको थियो ।
केटाकेटिहरुले परालमा आगो खेलाएको कारण आगोले ठुलो रुप लिएको र आगलागीवाट लाखौको धनमाल नष्ठ भएको स्थानिय  क्याप्छाकीले जानकारि दिनुभएको छ ।

Read More......

Sunday, January 16, 2011

आज १३ औं भूकम्प सुरक्षा दिवस मनाइयो

0 comments


माघ २ काठमाडौं।
आज १३ औं भूकम्प सुरक्षा दिवस । वि. सं १९९० सालको माघ दुर्इ गते अर्थात आजकै दिन नेपालमा विनाशकारी भूकम्प आएको दुःखद दीनको सम्झनामा भूकम्पीय सुरक्षा दिवस मनाउने गरिन्छ ।यस वर्ष यो दिवसको नारा भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौं , साधन ज्ञान, सीप र भवन सहिंताको अधिकतम प्रयोग गरौं राखिएको छ । भूकम्पबाट कसरी सुरक्षित हुने र कसरी क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले यो दिवस विभिन्न जनचेतनामुलक कार्यक्रमहरू गर्दै मनाउने गरिन्छ । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक मोदमणि दीक्षितका अनुसार प्राकृतिक प्रकोपकत्र रूपमा नेपालमा विगतमा गएको भूकम्पले पारेको नोक्सान र भविष्यमा हुनसक्ने खतराबाट मूक्त हुनका लागि दश बुँदे सुझाव तयार भएको छ । नेपाल भूकम्पीय जोखिमको दृश्टिकोणले विश्वभर ११ औं स्थानमा पर्दछ भने विश्वका विभिन्न शहर मध्ये भूकम्पीय जोखिमका धारमा काठमाडौं १ नम्बरमा पर्दछ । यसअघि सन् २००१मा क्यारेबियन राष्ट्र हाइटीलार्इ भूकम्पीय जोखिमको दृश्टिकोणले उच्च जोखिमको स्थानमा राखिएको थियो । भूकम्पबाट बच्न भूकम्पको समयमा फ्नो परिवारका लागि सुरक्षित हुनसक्ने ठाउँ पहिले पत्ता लगाउने, भूकम्पको झड्का थाहा पाउने बित्तिकै गोका स्रोतहरू तत्काल बन्द गर्नुपर्ने, हतारमा त्तिएर बाहिर जान नहुने, कम्तिमा घरको एक ढोका खुलै हुने व्यवस्था मिलाउनु पर्ने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले सुझाव दिएको छ ।  

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae