Sahara Sansar

Sunday, January 16, 2011

राष्ट्रिय झण्डा परिवर्तन नगर्ने सहमति

0 comments


माघ २ काठमाडौं । प्रमुख तीन दल अब बन्ने संविधानमा पनि अहिलेकै नेपाली झण्डालार्इ मान्यता दिन सहमत जनाएका छन् । आज आइतबार सिंहदरबारमा बसेको बैठकले झण्डाको रंग, आकार र प्रकारलार्इ जनआन्दोलनको उपलब्धीसँग जोडेर व्याख्या गर्ने तर झण्डा नफेर्ने सहमति भएको हो ।
यस अघि एकीकृत नेकपा माओवादीले झण्डा फेर्नुपर्ने माग गर्दै आइरहेको थियो । बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले झण्डाको रंग र आकारलार्इ परिवर्तन नगरी जनआन्दोलनसँग जोडेर व्याख्या गर्ने सहमति भएको बताउनुभयो । त्यस्तै निर्वाचनमा भाग लिएका सबै दललार्इ राष्ट्रिय दल भन्ने मान्यता प्रदान गर्ने पनि बैठकमा सहमति भएको छ । तर ३ प्रतिशत मत नल्याउने दललार्इ मान्यता नदिनेमा भने दलहरूबीच सहमति भएको छ । तीन दलले गरेको सहमति बारे संविधानसभाका प्रतिनिधित्व गर्ने २० दलमा थप छलफल हुनेछ ।

Read More......

खानेपानीको हाहाकार गाउँ नै बिस्थापित हुने अबस्थामा

0 comments

एसबि गौतम
माघ १ । रामेछापको पकरबास गाविसमा खानेपानीको हाहाकार भएको छ । पानीका पुराना मुहानहरु सुकेपछि त्यस गाविसमा खानेपानीको अभाव देखापरेको हो । स्थानिय केही मुहानहरुमा पानी पाइने भएपनि एक गाग्री पानी लिनका लागि निन्द्रा माया मारेर स्थानिय बासिहरुले रातभर पालो कुर्नुपर्ने बाध्यता छ ।
पानीको अभाव भएपछि स्थानिय नागरिक खानेपानी किनेर पिउन समेत बाध्य भएका छन् । खानेपानीकै अभावमा अबको १;२ वर्षमा गाउँनै विस्थापित हुने स्थिती श्रृजना भएपछि खानेपानी आयोजना साचालन गर्नका लागि स्थानियबासिहरुले महायज्ञ लगाउने भएका छन् । आगामी फागुन १० गतेबाट महायज्ञ साचालनका लागि रामकृष्ण ढुङ्गेलको संयोजकत्वमा २५ सदश्यि मुल तयारी समिती समेत गठन गरिएको छ ।

Read More......

Friday, January 14, 2011

स्वर्ण महोत्सव सकियो

0 comments


गोरखा २९ पुस ।
गोरखा जिल्लाको बक्राङ गा.वि.स. स्थित श्री महेन्द्र शक्ति मा. वि. मा विगत पाँच दिनदेखि जारी स्वर्ण महोत्सव बिहीबार सकिएको छ । समापन सत्रको कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलमणी काफ्ले, प्रहरी नायव उपरिक्षक गोरखसिंह भण्डारी, जिल्ला शिक्षा अधिकारी योगराज भट्टरार्इ लगायतको उपस्थिति रहेकत्र थियो । पाँच दिनसम्म भव्य रूपले कार्यक्रम गरेको र नेपाल सरकारले भने जस्तै शिक्षा प्राप्तिका लागि विद्यालयले गरेको कामकत्र उहाँहरूले उच्च प्रशंसा गर्नुभयो । वैज्ञानिक र व्यवहारिक शिक्षा प्रदान गर्ने रणानीतिमा रहेको सो विद्यालयको स्वर्ण महोत्सव उद्घाटन तथा स्मारिका विमोचनको कार्यक्रम एकीकृत नेकपा माऒवादीका उपाध्क्ष डा. बाबुराम भट्टरार्इले पुस २९ गते गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र न्यौपानेको अध्यक्षतामा भएको थियो ।

Read More......

Wednesday, January 12, 2011

पौडेलको प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता भयो

0 comments

 
पुस २८ काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएको छ । व्यवस्थापिका संसदको बुधबार बसेको बैठकमा प्रस्तावक शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पौडेलको विपक्षमा बहुमत पुग्ने निश्चित भएपछि संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मीक बैठकले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्री निर्वाचन बिहीबारका लागि सार्ने आफ्नो प्रस्तावलाई माओवादी र एमालेले अस्वीकार गरेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको थियो ।
पौडेलको उम्मेदवारी फिर्तासँगै छ महिनादेखि जारी परिणम विहीन निवाचनको प्रक्रिया अन्त्य भएको छ । बैठकमा सभामुख सुभासचन्द्र नेम्वाङले पौडेलको उम्मेदवारी फिर्तासँगै साउन पाँच गतेदेखि जारी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अन्त्य भएको घोषणा गरेका छन् ।
प्रधानमन्त्री निर्वाचनको नयाँ प्रकृया बारे बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने छ र बिहीबार अपराहृन ३ बजे बस्ने बैठकमा घोषणा हुनेछ ।

Read More......

आगनमै धारावाट पानी थाप्न पाउनेभएपछि गाउँले हर्षित

0 comments


एसबी गौतम रेडियो सिन्धुलिगढ़ी
पुस २८ ।सिन्धुलीको डाडीगुरासे गाविसको वडा नम्वर ८ मा खानेपानी योजना सम्पन्न भएको छ ।
खानेपानी कार्यक्रम संचालन गर्नका लागी गाविसको विनियोजित वजेट रु १ लाख पचास हजार र उपभोक्ताहरुको चालिस हजार वरावरको श्रमदान गरि कुल एक लाख नव्वे हजारको लागतमा खानेपानि योजना निमार्ण कार्यक्रम सम्पन्न भएको हो ।
डेढ घण्टाको वाटो हुदै पानी ओसादै जिवीका चलाउदै आएका गाविस वासीहरु अव आगनमै धारावाट पानी थाप्न पाउनेभएपछि खुसि भएका छन् ।
माईत िसं स्याङतान अध्यक्ष शान्ता हायु कोषाध्यक्ष र विर वहादुर लोप्चन सचिव लगायत अन्य सदस्यहरु रहनु भएको सो उपभोक्ता समितीले २०६६;६७ को विकास योजना अन्र्तगत गुरासे हायू गाउँको खानेपानि निमार्ण कार्य सम्पन्न गरेका हो ।

Read More......

Monday, January 10, 2011

दर्ताविहीन शरणार्थी आमरण अनशनमा

0 comments

पुस २६ मोरङ (पानीटयाङ्की)। मोरङको शनिश्चरेस्थित शरणार्थी शिविरमा दर्ताविहीन भुटानी शरणार्थीले हैसियत र सुविधाको माग गर्दै सोमबार देखि अनिश्चितकालीन आमरण अनशन सुरु गरेका छन् ।
शिविर व्यवस्थापन समितिको कार्यालय अघि ब्यानर तथा ‘मेरो परिचय के हो ? लगायतका प्लेकार्डको माला लगाएर राहतपीडित शरणार्थीहरु आमरण अनशनमा बसेका हुन् ।
शिविरमा शरणार्थी दर्ता हुन छुटेका, विवाह गरी शिविर आएका महिला, शरणार्थी परिचयपत्रका लागि फोटो खिच्न छुटेका, फोटो खिचेर पनि परिचयपत्र नपाएकालगायत पाँच प्रकारका राहतपीडित शरणार्थीहरु यहाँका शिविरमा बस्दै आएका छन् ।
शनिश्चरेमा मात्र ८७४ र सबै शिविरमा तीन हजार १९० जना राहतपीडित शरणार्थी भएको पीडित शरणार्थीको नेतृत्व गर्दै आएका किशोर भण्डारीले जानकारी दिए ।
आफूहरुको माग गृह मन्त्रालय र शरणार्थीसम्बन्धी उच्चायोग लगायतका निकायहरुबाट पूरा नगरिएसम्म अनशन नछाड्ने पीडित शरणार्थीको भनाइ छ । रासस

Read More......

Sunday, January 9, 2011

वर्तमान शिक्षा प्रणाली र भविष्य

0 comments


एन पि रिजाल,
आज शिक्षा आर्जन गर्न साह्रै सजिलो भएको छ । सरकारले दश जोड दुई उच्च शिक्षा विद्यालय शिक्षामा समावेश गरेपछी गाउँ गाउँमा मा वि हरु धमाधम स्थापना हुनथलेका छन । यसले सदरमुकाम गएर डेरा बसेर पढ्नु पर्ने बाध्यता कम गरेको छ । साथै वर्गका विद्यार्थीहरू पनि सस्तो खर्चमा शिक्षा आर्जन गर्न सजिलो भएको छ । आमुल परिवर्तन ल्याउन स्थानीय स्तरमा खुलेका दश जोड कलेजहरुको ठुलो योगदान रहेको छ ।  उच्च शिक्षा आर्जन गर्नमा देखिएको यो प्रगति नेपालको शैक्षिक विकासका लागि एउटा ठूलो संकेत हो भन्न सकिन्छ । यसमा स्थानीय प्रगतिशील शिक्षा प्रदान गर्ने कलेज शिक्षकहरूको योगदानलार्इ कम मुल्याङ्कन गर्न सकिन्न । जसले आम नेपालीलार्इ शिक्षा आर्जनमा सजिलो बनाएका छन् ।
यसरी म जनता समग्र रूपमा लाभान्वित हुने शैक्षिक फड्कोलार्इ नियाल्दा कता कता कलेजका विद्यार्थीहरू अन्योलमा रूमल्लिएका हुन कि अथवा रूमलिएको हुन कि? एकपटक खोतल्नै पर्ने परिस्थिति देखा परेको छ । देशको परिस्थितिले सिर्जना गरेका बाध्यताहरू फ्ना स्थानमा छन् जसलार्इ नकार्न मिल्दैन । सरकारले समय सान्दर्भिक र रोजगारमुलक शिक्षा पद्दति ल्याउन सकेन । जसको प्रतिउत्तर ज शैक्षिक बेरोजगारी बढेर गएको छ । युवाहरू दिनानु दिन विदेश पलायन हुने गरेका छन् । यसले जनशक्ति पलायनको समस्या सिर्जना गरेको छ । म शैक्षिक जनशक्ति माथि देखा परेको यस्तो समस्याको सिर्जनामा देशको संकटपूर्ण अवस्थाको मात्र योगदान छैन, म जनतासम्म शिक्षा पुर्याउने शैक्षिक संस्थाहरूको पनि रहेको छ ।
गुणस्तर शिक्षा र्जन गर्न खोज्नु हरेक विद्यार्थी र अविभावकको अधिकार हो । यसका लागि सही शिक्षालयको छनोट गर्न पाउन सक्नु पर्दछ । सही शिक्षालयको छनोट र फूले चाहेको शिक्षा र्जन गर्न खोज्नु स्वभाविक नै हो । अर्कोतिर, समय सान्दर्भिक र कला छनोट गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कस्तो शिक्षा पद्दति समय सान्दर्भिक हुन्छ  र त्यसलार्इ अपनाएर स्थापित हुन सकिन्छ । यसको छनोट गर्ने क्षमताको कमी हुन सक्दछ । यो मुल्याङ्कन गर्न नसक्नु अर्को कमजोरी हो । जसका कारण विद्यालय शिक्षा र्जन गर्ने सन्दर्भमा कस्तो पक्षलार्इ छनोट गर्न सकिन्छ । यसको मूल्याङ्कन गर्न उनीहरू चुकेको देखिन्छ जसको प्रतिफल नीजि क्याम्पसहरू स्थापित बन्न सफल भए । जस्तो विद्यालय शिक्षा पार गरी सकेपछि साथी शिक्षा संकाय पढ्न जाने भएको छ भने यसलार्इ र्इच्छा नलागे पनि शिक्षा संकायमा नै अध्ययन गर्न थाल्नु एउटा विद्यार्थीको ठूलो कमजोरी हो र उ भविश्यमा एर त्यस क्षेत्रमा स्थापित हुन नसकेको देखिएको छ । यस अवधिमा उसले समय श्रम र पैसा धेरै गरेको हुन्छ तर प्रतिफल भने अन्योलमा देखिन्छ । अर्कोतिर शिक्षा प्रदायकहरू पनि चुकेको देखिन्छ । उनीहरू विद्यार्थीहरूलार्इ फू अनुकूल दिशानिर्देश गर्ने अथवा फार्इदा हुने स्थितिसम्म  अन्य कदमहरू चाल्ने गरेको पाइन्छ । जस्तो विद्यार्थी प्राविधिक शिक्षा र्जन गर्न चाहन्छ तर कलेज फूसँग भएको श्रम र क्षमता अनुकुल शिक्षा हासिल गर्न मानसिक दवाव दिन पनि पछि पर्दैनन । यस्तो स्थिति मासिक शुल्कमा छुट, भर्ना मिन्हासम्मको कदम पनि हुन सक्दछ । यस्ता अफरहरू विद्यार्थीले अल्पकालीन राहत महसुस गरे पनि पछि गएर उ कार्यक्षेत्रमा स्थापित हुन नसकेको अवस्था रहेको छ । यसले उक्त शिक्षालयको गुणस्तरमाथि ठूलो शंका स्थापित गरेको छ । फ्नो योग्यता अनुसारको कार्यक्षेत्रमा स्थापित हुन नसक्नु वा काम नपाउनु कस्तो विडम्बनाको कुरा हो ? एकपटक बुझ्ने प्रयास गर्ने हो कि?

विद्यार्थीलार्इ हरेक विषयवस्तुको ज्ञानमा पोख्त बनाउनु हरेक शिक्षालयको कर्तव्य हो । तर सही क्षेत्रको छनोट गर्न सक्ने क्षमताको विकास गराउन नसक्नु ठूलो समस्या हो । संस्था चलाउन गरिने हरेक कदम संस्थाका लागि सही हुन सक्दछ तर विद्यार्थीहरूका दीर्घकालीन जीवनमा बेफाइदाकारी बनेर एको छ । जस्तो एउटा गुणस्तर संस्थामा संस्थामा अध्ययन गर्न खोज्दै उनु र एउटा संस्था खाली संस्था चलाउन विद्यार्थी खोज्दै जानु, गहिरिएर फ्नो अनुकुल शैक्षिक संस्था रोज्न पाउनु र निकै लगानी गरेर स्थापना गरेको संस्था चलाउन वर्तमान विज्ञापनको युगमा प्रचारप्रसार गर्नु सामान्य कुरा हो र गर्ने गरिन्छ तर प्रतिफल सान्दर्भिक देखिएन । ३ घण्टाको लिखित परीक्षा प्रणालीबाट एकबर्षे पाठ योजनामा विद्यार्थी कत्तिको पोख्त भयो भनेर मुल्यांकन गर्ने विधि जको समयमा व्यवहारीक छैन । त्यसले एउटा विद्यार्थीको निर्णय क्षमता, योग्यता र व्यवहारिक पक्षको ज्ञानको मूल्यांकन गर्न सकिरहेको छैन । जसको फलस्वरूप उपलब्धी हासिल गरिसकेपछि कार्यक्षेत्रमा उ सफल भएर उत्रन सक्दैन । यसलार्इ त्रिविवि तथा उच्च माविले पुर्नविचार गर्नु पर्ने अवस्था एको छ । त्रिविवि र उच्च् मा. वि परिषदकै सम्बन्धनमा सञ्चालित नीजि क्याम्पसहरूको गुणस्तर नै वर्तमान शैक्षिक वेरोजगारको एउटा कारण पनि हो । जसलार्इ समय सान्दर्भिक र परिवर्तन गर्न नसकिए देशले ठूलो समस्या वेहोर्नु पर्ने स्थिति नउला भन्न सकिदैन ।
वर्तमान समयमा भइरहेको शैक्षिक वेरोजगारीको अदक्ष कामदारको रूपमा हुने गरेको विदेश पलायन एउटा प्रमुख समस्याको रूपमा इरहेको छ । यसले केही स्वदेशी अवसरका क्षेत्रहरूमा परेका दवाव कम गर्ने काम गरे पनि सही कदम र दीर्घकालीन समाधान हैन । शैक्षिक क्षेत्रमा त्रि. वि. को योगदान र क्षेत्र व्यापक रहेको र यसको गुणस्तर खस्कदै जानुका पछाडि केही कारकहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । ती कारक तत्वहरूलार्इ समाधान गर्नुपर्ने देखिन्छ ।

पहिलो कारण त्रि. वि. ले व्यवहारिक समय सान्दर्भिक शिक्षा योजना ल्याउन सकेन जसको कारण वेरोजगार देखापरयो । दोस्रो त्रि. वि.ले नीजि क्षेत्रलार्इ स्वीकृति दियो र फूमाथि उने दबाव कम गर्न खोज्यो । त्यो कदम पनि गुणस्तर शैक्षिक जनशक्ति उत्पादन गर्न प्रभावकारी देखिएको छैन । कारण नीजि कलेजहरू स्वभावैले नाफामुखी हुने हुँदा हुनु पर्ने काम हुन पाउदैन । साथै दक्ष जनशक्ति उत्पादन नभर्इ लिखित परीक्षाबाट योग्यता परीक्षण गर्ने असफल विधिलार्इ प्रयोग गरिएको कारण सही क्षमता मूल्यांकन भइरहेको छैन ।

अत्यधिक मात्रामा भएको राजनीतिक हस्तक्षेप,कमजोर व्यस्थापन, देशको राजनीतिक अस्थिरता जस्ता कदमहरूले शैक्षिक विकास तथा उच्च शिक्षामा उल्लेखनिय योगदान दिन सकेन । प्राविधिक शिक्षा र समय सान्दर्भिक शिक्षालार्इ व्यवहारमा उतार्न नसक्नुमा देशको राजनैतिक अस्थिरताले ठूलो भूमिका खेलेको देखिन्छ । अर्कोतिर स्वंय विद्यार्थीको पक्षमा शैक्षिक व्यवस्थाका लागि वकालत गर्ने विद्यार्थी संगठनहरू पनि विद्यार्थीका पक्षमा शैक्षिक व्यवस्थापन र वातावरण गर्न खोजेनन ।
यो विडम्बना होकी उच्च शिक्षा र्जनको लागि पैसा र समय खर्च गरिरहेका विद्यार्थीहरूको भविश्य माथि ठूलो प्रश्न चिन्ह सिर्जना भएको छ । फ्नो राजनीतिक स्वार्थ अनुकूल पक्षमा विद्यार्थीहरूलार्इ संलग्न गराउन उद्दत विद्यार्थी संगठनहरू पनि विद्यार्थीहरूको भविष्यप्रति उत्तरदायी देखिदैंनन । अर्कोतिर उच्च शिक्षामा संलग्न व्यक्तिहरू पनि अधिकार सम्पन्न भएर पनि समय सान्दर्भिक कदमहरू चाल्न सक्ने अवस्था छैन । उनीहरू माथि दृश्य तथा अदृश्य शक्तिहरूबाट दबाब उने गरेको छ । विडम्बनाको कुरा त्रि विवि मा फ्नो अनुकूल परीक्षा गराउन र परीक्षाफल प्रकाशित स्वयम् विद्यार्थीहरू पनि दवाव दिन्छन् र दवावबाट निकालिएको परीक्षाको नतिजाले वास्तविक कार्यक्षेत्रमा सफलता दिलाउन नसकेको अथवा कार्यक्षेत्रमा उत्रन नसकेको अवस्था पनि रहेको छ । यही संस्कार कायम रहीरहने हो भने शैक्षिक भविष्य कस्तो होला ? समय असान्दर्भिक शिक्षित जनशक्तिको उपस्थितिले देशमा कस्तो दिशा निर्देश गर्ला ? एकपटक गहिरिएर सोच्नै पर्ने बेला ‌‍एको छ के शैक्षिक बेरोजगारीका लागि अल्पकालीन समाधानका उपायाबाट समाधान गरेर दिर्घकाल सम्म देशलाई पछी पार्ने नै हो त ? संबिधान निर्माण गरेर देशलाई प्रगतिको गतिमा लान जोड दिनु पर्ने देखिन्छ ।
Email: anjan_chitiz@yahoo.com



Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae