Sahara Sansar

Tuesday, December 21, 2010

खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा एमाले भित्र विवाद छैन: वामदेव गौतम

0 comments


पुस ६ चितवन। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा आफ्नो पार्टीभित्र कुनै विवाद नभएको बताएका छन्।

उनले 'प्रधानमन्त्री बन्नका लागि राष्ट्रिय सहमति नै हुनुपर्छ भन्ने जरुरी छैन बहुमतीय प्रणालीबाट पनि प्रधानमन्त्री बन्न सक्ने विचार व्यक्त गरे ।

पार्टी कामको सिलसिलामा मंगलबार  चितवन पुगेका उपाध्यक्ष गौतमले भरतपुरमा पत्रकारहरुसँग कुरा गर्र्दै ३०१ सभासद्को समर्थन जुटेको खण्डमा अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाइने बताए।

एकीकृत नेकपा (माओवादी)ले अनमिनको म्याद थप्नुपर्छ भन्ने कुरा गरिरहेको सन्दर्भ उठाउँदै उनले पहिल्यै नै अन्तिमपटक भनेर म्याद थपिएको अनमिनको म्याद फेरि थप्न कठिनाइ हुने बताए।
उनले शान्तिप्रक्रिया टुङ्गोमा नपुगेसम्म अनमिनको आवश्यकता भए पनि अन्तिमपटक भनेर गल्ती गरिएको बताए।

उपाध्यक्ष गौतमले संसद्को विशेष अधिवेशनमा माओवादीले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने आफ्नो पार्टीको निर्णय भइसकेकाले सो प्रस्ताव असफल हुने बताउँदै प्रस्ताव फिर्ता लिएर सहमतिमा आउन माओवादीलाई आग्रह गरे। रासस

Read More......

Sunday, December 19, 2010

माओवादीले दर्ता गरेको प्रस्ताव फिर्ता लिनुपर्ने काँग्रेस र एमालेको अडान

0 comments


पुस ४ काठमाडौँ । राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक विना निश्कर्ष टुंगिएको छ ।  एकीकृत नेकपा माओवादीले विशेष अधिवेशनका लागि दर्ता गरेको प्रस्ताव फिर्ता लिएर नियमित अधिवेशनमा जानुपर्ने काँग्रेस र एमालेको अडान पछी प्रमुखतीन दलको बैठक बिना निष्कर्षमा टुङ्गीएको हो ।
बैठकमा प्रधानमन्त्रीको उम्मेदवारी, दलहरुबीच अविश्वास लगायका विषयमा बैठकमा छलफल भएको थियो ।  बैठकमा संसद अधिवेशन औपचाकिरतामा सिमित गर्ने तीन सहमति भएको छ । बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सहभागी थिए ।
बैठक शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा बसेको थियो ।

Read More......

गायक रामकृष्ण ढकालको नयाँ एल्बम 'शैली' विमोचित

0 comments

काठमाडौ, पुस ४  - 
आधुनिक हुँदै पप गीत गाएका गायक रामकृष्ण ढकालले पछिल्लो समय भजन गीतहरूको संग्रहसमेत निकालेका थिए। शनिबार भने उनले संगीतकार न्ह्यु बज्राचार्यको हातबाट आफ्नो पछिल्लो एल्बम 'शैली'को विमोचन गराएका छन् । एल्बम विमोचनअघि छोरी रानीले बाबुले नै गाएको लोकपि्रय गीत 'ओराली लागेको हरिणको चाल भो...' गाएर भेला भएका अतिथिको स्वागत गरेकी थिइन् । 


नौ गीतहरू राखिएका एल्बममा आनन्द अधिकारी, किरण केसी, उन्नति बोहरा, भीम विराग, नवराज लम्साल, डा. भोला रिजाल, बाबुराम दाहाल र कालीप्रसाद रिजालका शब्द छन् । 'शैली' एल्बम विमोचनपछि कार्यक्रममा गायकले केही गीतहरू गाएका थिए । 


गीतलाई नयाँ ट्रयाकमा रेकर्ड गरिएको गीत 'तिमीलाई 
माया गर्ने भुल भयो मबाट...' गाएका थिए । 
विरागको यही 'राति राति' गीतलाई यसअघि गायक आभाषले पलेंटीलगायतका सांगीतिक उत्सवहरूमा गाउँदै आएका थिए । 


ढकालका साथमा पत्नी नीलम र छोरी रानीले समेत अभिनय गरेका छन् । 


विभिन्न संगीतकर्मीको उपस्थितिमा विमोचित एल्बमबाट दुई गीत 'छुकछुके रेल...' र 'कति कुरा...' को म्युजिक भिडियो पनि देखाइएको थियो । पहिलो गीत केही समयदेखि नै संगीत बजारमा बज्न थालिसकेको थियो । गायिका मल्लिका कार्कीसँग गाइएको दोस्रो गीतको भिडियोमा गायक 

भीम विरागको शब्द/संगीत रहेको गजल 'राति राति...' देखि उन्नति बोहराको पुरानो 

'शैली'मा गायक ढकालले आलोकश्री, शिखर सन्तोष, राजु सिंह, किरण कँडेल, शम्भुजित बाँस्कोटा मात्रै नभई भीम विराग र नातिकाजीका संगीतमा समेत गाएका गीत राखेका छन् । कालीप्रसाद रिजालको शब्द रहेको 'नदी तरेर...' नातिकाजीले संगीत भरेको अन्तिम गीत हो । 

Read More......

Saturday, December 18, 2010

शान्ति र संविधानका लागि हदैसम्म लचिलो बन्न तयार: प्रचण्ड

0 comments


पुस ३ काठमाडौँ। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शान्ति र संविधानका लागि आफ्नो पार्टी निकै लचिलो बनिरहेको बताएका छन्।  शनिबार नयाँबजारस्थित आफ्नै निवासमा संचारकर्मीहरुसंग  कुरा गर्दै उनले शान्ति र संविधानका लागि  एकीकृत नेकपा माओवादी हदै सम्म लचिलो बन्ने बताएका हुन्।
उनले भने ’एकपक्षीयरूपमा सबै कुरा माओवादीले गरिदिएपछि मात्र सहमति हुन्छ भन्नु भएन । यसका लागि शान्ति, संविधान र सत्ता साझेदारीका मुद्दालाई प्याकेजमा राखेर समाधान खोज्न सबै दल तयार हुनुपर्छ ।’
प्रचण्डले मुलुकका सामु अग्रगमन र दुर्घटनाको  सम्भावना रहेको भन्दै दुर्घटनाबाट जोगिन  जनताको योगदान आवश्यक रहने बताए  । 
उनले  शिविरका लडाकुलाई विशेष समिति अर्न्तगतको सचिवालय मातहतमा  ल्याउन आफ्नो पार्टी तयार रहेको पनि जानकारी  दिए ।

Read More......
0 comments

Read More......

Friday, December 17, 2010

रुवेल चौधरी आपराधिक क्रियाकलपामा संलग्न भएको पाइए कारवाही गरिने: सुजाता

0 comments

पुस २ काठमाडौँ। उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री सुजाता कोइरालाले रुवेल चौधरी आपराधिक क्रियाकलपामा संलग्न भएको पाइए कारवाही गरिने बताएकी छिन  । इण्डोनेशियाको भ्रमण सकी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीसंग  प्रतिक्रिया दिदै यस्तो बताएकी हुन्।
उपप्रधानमन्त्री कोइरालाले कानुनमाथि कोही नरहने बताउँदै कोइरालाले पारसलाई कारवाही गर्ने विषयमा कानुन व्यवसायीसँग थप परामर्श गरी अघि बढ्ने जानकारी दिईन ।

उनले पत्रकारतर्फ इङ्गित गर्दै  भनिन् 'जे पायो त्यही लेखेर हुँदैन, त्यस्तो त म जे पनि लेखाउन सक्छु'। विमानस्थलमा पुगेका पत्रकारलाई परराष्ट्र मन्त्री कोइरालाले ज्वाइँ रुबेलका अवैध क्रियाकलापको प्रमाण देखाउन चुनौती दिएकी थिइन्।

Read More......

माओबादीद्वारा प्रधानमन्त्रीको चयन नयां प्रक्रियाबाट थाल्न र नियमावली संशोधन गर्नुपर्ने प्रस्ताव दर्ता

0 comments



पुस २ काठमाडौ।  एकीकृत नेकपा माओवादीले संसदको विशेष अधिवेशनमा छलफलका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता  गरेको प्रधानमन्त्रीका एकमात्र उम्मेदवार रामचन्द्र पौडेलको उम्मेदबारीको औचित्य समाप्ती भएको भन्दै प्रधानमन्त्रीको चयन नयां प्रक्रियाबाट थाल्न र नियमावली संशोधन गर्नु पर्ने   प्रस्ताव दर्ता गराएको छ । शुक्रबार संसद नियमावलीको नियम ५ वमोजिम प्रधानमन्त्रीको चयन नयां प्रक्रियाबाट थाल्न र नियमावली संशोधन गर्नु पर्ने प्रस्तावमा उल्लेख गर्दै संसद सचिवालयमा दर्ता गरेको हो ।
संसद अधिवेशनको समावेदन माग गर्दै आएका एकीकृत माओवादी सहित सात दलले प्रस्ताव दर्ता गरेका हुन् । प्रस्ताव दर्ता गराउन संसद सचिवालयमा माओवादी सचिव पोष्टबहादुर बोगटी, नेता देव गुरुङ लगायतका अन्य साना पांच दलका नेताहरु सहभागी  रहेका थिए ।
माओवादीले प्रधानमन्त्री निर्वाचन प्रक्रिया सम्बन्धी प्रावधान फेर्न नियमावली संशोधन प्रस्ताव दर्ता गरेको हो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae