Sahara Sansar

Tuesday, March 8, 2011

सिरहामा एक वर्षमा १ सय ५१ महिला हिंसाको घटना

दिनेश्वरप्रसाद गुप्ता फागुन २४ लहान ।
सिरहामा यो वर्ष महिला हिंसाको घटना १ सय ५१ भएको ओरेक नेपालले आज एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरेको छ । तथ्यांक अनुसार घरेलु हिंसा १, बलात्कार ४, सामुहिक बलात्कार १, बलात्कारको प्रयास २, यौन शोषण ५, हत्या २, कुटपिट ९७, गालीगलौज २, बोक्सीको आरोप १०, मानसिक यातना २, बहुविवाह १४ अन्य १४ गरी १५१ महिला हिंसाको घटना भएको हो । मानव अधिकार संरक्षक (संजाल) सिरहा लहानको आयोजनामा आज १०१ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमका प्रमुख अतिथी सभासद् लक्ष्मण मेहताले जिल्लामा यस किसिमको महिला हिंसा हुँदा पनि प्रहरी प्रशासनले समयमा न्याय दिलाउन नसकेको भन्दै नयां संविधानमा महिला अधिकारको कुरा स्पष्ट किसिमले उल्लेख गर्नको लागि दवाव दिंदै आएको बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae