Sahara Sansar

Friday, March 11, 2011

सात बुंदे सहमतीले राष्ट्रीय स्वाधिनताको रक्षा गर्छः गुरुङ

राजेन्द्र न्यौपाने फागुन २७ गोरखा ।
एकिकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवप्रसाद गुरुङले माओवादी र एमालेविच भएको सातबुँदे सहमतिले राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने बताउनुभएको छ । हिमालपारीको जिल्ला मनाङको जिल्ला परिषदको उद्घाटन गर्दै गुरुङले बाह्र बुंदे सहमतीले राजतन्त्रको अन्त्य ,लोकतन्त्र र गणतन्त्रको स्थापना भएको स्मरण गर्दै अहिलेको सात बुंदे सहमतीले राष्ट्रीय स्वाधिनताको रक्षा गर्ने र संबिधान निर्माणको प्र क्रियालाई गति दिने बताउनुभयो । माओवादीको समर्थनमा बनेको अहिलेको सरकारमा फोरम लगायतका दलहरुपनि सहभागी हुने दावी गर्दै नेता गुरुङले सरकारलाई दुइतिहाई समर्थन जुट्ने बताउनुभयो । अब बिदेशीको इशारामा नेपालको राजनिति नचल्ने र यो देशको राजनितिमा दलहरुनै सक्षम रहेको समेत गुरुङले बताउनुभयो ।

संविधानसभामा मनाङ जिल्लाबाट निर्वाचित समेत रहनुभएका गुरुङले मनाङको विकासका लागि आफु लागिपरिहने बताउनुभएको थियो । मनाङमा रहेका राजनितिक दलहरु बिच बिकास निर्माणमा भएको एकता र सहकार्यप्रति खुसी ब्यक्त गर्दै नेता गुरुङले यस्तै सहमति केन्द्र मापनि हुनसके तोकिएकै समयमा सबिंधान बनाउन सकिने बताउनुभएको थियो ।

उदघाटन कार्यक्रममा विभिन्न राजनितिक दलका नेता एवं प्रतिनिधि विभिन्न संघ संस्थाका प्रमुख नागरिक समाजका साथै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जिल्ला परिषदको सफलताको शुभाकामना मन्तव्य राख्नु भएको थियो । अर्थिक वर्ष २०६८/०६९ को लागी मनाङ जिल्लाको प्रस्तावित जिल्ला विकास योजना एवं बजेट स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद धितालले बिषय गत कार्यालय एवं गैरसरकारी संस्थाहरुबाट सञ्चालन गरिने बिभिन्न योजना तथा कार्यक्रमहरुका लागी कार्यक्रम खर्च रु १८ करोड ७८ लाख ६८ हजार २ सय ७० र चालु खर्च तर्फ रु ९ करोड ११ लाख ९८ हजार ८ सय १९ गरी कुल जम्मा रु २८ करोड २८ लाख ६७ हजार ८९ मात्र प्रस्ताव पेस गर्नु भएको थियो ।

विषयगत समिति मार्फत निर्णय भई एकिकृत योजना तर्जुमा समितिको वैठकको सिफरीसमा ३४ वटा निर्णयहरु प्रस्तुत गरी जिल्ला परिषदमा पेस गरीएको थियो । जसमा मनाङ जिल्लाका विकास निर्माणका सम्पुर्ण योजना तथा कार्यक्रमहरु रहेका छन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae