Sahara Sansar

Monday, March 21, 2011

माओवादीलाई गृह नदिए शान्ति र संविधान अनिश्चित

रामजी राना
 चैत ७  लमजुङ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री वामदेव गौतमले एकीकृत माओवादीलाई गृह मन्त्रालय नदिए संविधान र शान्ति प्रक्रिया निश्कर्षमा नपुग्ने वताउनु भएको छ।   अखिल नेपाल किसान महासंघ लमजुङको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्न लमजुङ सदरमुकाम बेसीसहर आउनुभएका गौतमले एमाले लमजुङले आयोजना गरेको   पत्रकार सम्मेलनमा बोल्दै  यस्तो बताउनु भएको हो ।

 एकीकृत नेकपा माओवादीलाई गृह मन्त्रालय नदिने आफ्नै पार्टीको स्थायी कमिटीको निर्णय गलत भएको उहाँको धारणा थियो । माओवादीलाई गृहमन्त्री दिन पार्टी अध्यक्षले सहमति गरिसकेको अवस्थामा पार्टीले बखेडा झिकेकाले सरकार निर्माणमा ढिलाई भएको बताउदै उहाँले सबै दलसंग वार्ता सकेपछि अबको ४–५ दिन भित्रमै सरकारलाई पूर्णता दिने बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae