Sahara Sansar

Wednesday, March 16, 2011

मुस्ताङमा नोट सटही गर्नेको भिड

चन्द्रश्वर बस्ताकोटी
  चैत ३ मुस्ताङ। नेपाल बैक लिमिटेङ मुस्ताङ शाखाले बुधबार सम्म करिव एक करोड बराबरको नयाँ नोट सटही गरेका छ । बैकमा नोट सटही गर्न आउनेको ठुलो संख्यामा भिड नै लागेको छ । अन्य सरकारी एव निजी बैङक, वित्तिय संस्था र व्यवसायीहरूले मंगलबार देखि पुर्व राजाका तस्विर अकीत नोट अस्विकार गरेपछि सर्वसाधारण नेपाल बैक लिमीटेड जोमसोम शाखामा लाइन लगाएर सटही गरिरहेका छन् ।

नया नोट निति अनुरुप नेपाल राष्ट्र बैङकले चैत एक गतेदेखि बजारबाट पुर्वराजाका तस्विर अंकीत नोट हटाउने घोषणा गरेपछि उपल्लो मुस्ताङका विभिन्न गाविसका साथै सदरमुकाम जोमसोमबाट आएका सर्वसाधारणले सो परिमाणमा नयाँ नोट सटही गरिएको जोमसोम शाखाका प्रवन्धक हुर्मत बहादुर ओलीले जानकारी दिनुभयो ।

बैकमा नोट सटही गर्न आउने अधिकांस मुक्तिनाथ, झोङ, छुसाङ, कागबेनी, जोमसोम, मार्फा लगायत गाविसका बासीन्दा रहेको समेत शाखाले जनाएको छ । बैकमा २०२४ सालका नोट समेत सटहीकालागि आएको छन । सटही गर्नेमा पाँच,दश र विसका नोटहरु धेरै रहेको समेत बैकले जनाएको छ । नोट सहहीका लागि प्राय गृहणी महिला आएको समेत प्रवन्धक ओलीले बताउनु भयो ।

नेपाल राष्ट् बैकको मुस्ताङमा कुनै शाखा नभएकाले सो बैकको काम समेत गदै आएको छ । राष्ट्र बैङकले सटही अनुमति दिएको अन्य निजी बैक समेत मुस्ताङमा छैन । मुस्ताङमा  मुस्ताङमा नेपाल बैक लिमिटेड, कृषि बिकास बैक, माछापुच्छे्र बैक र फेवा फाइनान्स रहेका छन

यसैविच म्याग्दीमा पनि ठुलो संख्यामा बैकमा नोट सटही गर्न आउनेको भिड नै लागेको बताइएको छ । तिन दिनको अवधीमा नेपाल बैक म्याग्दी शाखाबाट करिव ३ करोड भन्दा बढि नयाँ नोट सटही गरिएको छ । राष्ट्र बैङकले अनुमति दिएका निजि बैकको बेनीमा शाखा छैन । 

चलनचल्तीमा रहेका नेपाली रुपैयाको सुरक्षार्थ सफा नोट नीति कार्यान्वयन गर्न राष्ट्र बैङकले यस्तो नीति लिएको हो । राजाका तस्विर अंकित नोट फिर्ता हुँदैमा नोटको अवमूल्यन नहुने बैकले जनाएको छ । राष्ट्र बैङकले बुधबार एक बिज्ञप्ती प्रकासीत गरि जनतालाई सास्ती भएकाले राजाका तस्विर अकित नोटलाई समेत मान्यता हुने बताएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae