Sahara Sansar

Sunday, March 6, 2011

सूर्य बहादुर थापा नयाँ दिल्ली प्रस्थान


फागुन २२ काठमाडौं।  पूर्बप्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादर थापा पाँच दिने भारत भ्रमणका शिलसिलामा आईतवार  नयाँ दिल्ली जानुभएको छ । भारतमा रहँदा उहाँले संस्थापन निकट प्रभावशाली नेताहरुसँग परामर्श गर्नु हुने कार्यक्रम रहेको राजपाले जनाएको छ ।

नयाँ दिल्ली प्रस्थान गर्नु अघि विभुवन विमानस्थलमा पत्रकारसंग कुरा गर्दै थापाले नियमित स्वास्थ्य जाँचका क्रममा आफू भारत भ्रमणमा जान लागेको र त्यसअवसरमा राजनीतिक भेटवार्ता पनि हुने बताउनुभयो । अध्यक्ष थापाले सत्तारुढ कांगे्रस आइकी अध्यक्ष सोनिया गान्धी, विपक्षी भाजपाका नेता लालकृष्ण आडवानीलगायत नेपालबारे चासो राख्ने नेताहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

 नेपालमा वामपन्थी सरकार गठन भएको सन्दर्भमा लोकतान्त्रिक गठबन्धन बनाउन सक्रिय थापाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि थापाले लोकतान्त्रिक गठबन्धन कसैका विरुद्ध लक्षित नभएको बताउनुभयो ।

अध्यक्ष थापा आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको राजपा सह–प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae