Sahara Sansar

Monday, March 21, 2011

असुरक्षाको कारण देखाउदै सुनसरीका गाविस कमचार्रीहरुद्वारा सामुहिक राजिनामा

 चैत ७ सुनसरी। असुरक्षाको कारण देखाउदै सुनसरीका गाविस कमचार्रीहरुले  सोमबार सामुहिक राजीनामा गरेका छन् । सुनसरी जिल्लाका विभिन्न गाविसमा कार्यरत कर्मचारीहरुले गाँउमा बसेर काम गर्ने वातावरण नभएको भन्दै स्थानीय बिकास अधिकारी प्रेमप्रसाद भट्टराइलाई राजिनामा बुझाएका छन् ।उनीहरु यस अघिदेखिनै सुरक्षाको माग गर्दै आन्दोलन जारी राखेका थिए ।

 सुनसरीका गाविसका सचिवहरुलाई किरात जनावादी वर्कस पार्टी , संयुक्त जातिय मोर्चा लगायताले धम्की र चन्दा माग गर्दे आएका थिए । गाविस कर्मचारीहरुको छाता संगठन गाउँ विकास समिति कर्मचारी सुनसरी अध्यक्ष  अध्यक्ष सजिंव कुमार खड्काले गाबिस कर्मचारीहरुमाथि आक्रमण हुन थालेकाले बाध्य भएर राजिनामा दिएको बताउनु भयो ।

सुनसरीका ४९ वटा गाबिसमा खरदार बहिदार लेखापाल गरि २ सय जना कर्मचारी कार्यरत छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae