Sahara Sansar

Saturday, March 5, 2011

प्रेस चौतारी नेपाल गोरखाको दोस्रो जिल्ला भेला नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न



अनुप बाबु श्रेष्ठ 
 फागुन २१ गोरखा। प्रेस चौतारी नेपाल गोरखाको दोस्रो जिल्ला भेला नयाँ नेतृत्वको चयन गर्दै  सम्पन्न भएको छ  । गोरखा सदरमुकाममा सम्पन्न भेलाले अनुपबावु श्रेष्ठ अध्यक्ष रहने गरे नयाँ कार्यसमिती चयन गरेको छ ।

 नवगठित कार्यसमितीको उपाध्यक्षमा सोमनाथ अधिकारी, सचिव सुधिर अर्याल, सहसचिव कमल सुनार, कोषाध्यक्ष भिम सुनुवार चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा रेनु श्रेष्ठ र विरेन्द्र भट्ट रहनुभएको छ । 

कार्यक्रममा प्रेस चौतारी गोरखाका निवर्तमान अध्यक्ष विश्वेश्वर कट्टेल, प्रेस चौतारीका क्षेत्रिय सदस्य भिमलाल श्रेष्ठ, नेपाल बुद्धिजिवी संगठन गोरखाका अध्यक्ष ऋषि खनाल, नेकपा एमाले गोरखाका सचिव सम्झना देवकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae