Sahara Sansar

Tuesday, January 18, 2011

लागु औषध सहित दुइ जना पक्राउ

सुरेश बिडारी
माघ ३ महोत्तरी । महोत्तरीको बर्दिबासमा मंगलबार  प्रहरीले लागु औषध सहित दुइ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको गस्ती टोलीले बर्दिबास-३ का २४ बर्षिय विष्णु फँुयाललाइ र बेलगाक्षी ५ की ५० वर्षिय फुलमति शाहलाई प्रहरीले पक्राउ गरेको हो ।  फुँयाललाई ३० ट्याबलेट स्पामो पोक्सोभेन का र शाहलाई १५ वटा रेक्स कफ सिरफका साथमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका बर्दिबासका प्रहरी निरिक्षक लाल गोविन्द श्रेष्ठले जानकारी दिए  ।
फुँयाललाई गौशाला चोकबाट र शाहलाई माइस्थानमा रहेको टुटेश्वर नाथ मन्दिर जाने चोकबाट नियन्त्रणमा लिइएको उनको  भनाइ थियो । शाहले त्यस स्थानमा टहरा बनाएर लामो समयदेखि चिया पसल साचालन गर्दै आएको बुझिएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae