Sahara Sansar

Friday, January 14, 2011

स्वर्ण महोत्सव सकियो


गोरखा २९ पुस ।
गोरखा जिल्लाको बक्राङ गा.वि.स. स्थित श्री महेन्द्र शक्ति मा. वि. मा विगत पाँच दिनदेखि जारी स्वर्ण महोत्सव बिहीबार सकिएको छ । समापन सत्रको कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलमणी काफ्ले, प्रहरी नायव उपरिक्षक गोरखसिंह भण्डारी, जिल्ला शिक्षा अधिकारी योगराज भट्टरार्इ लगायतको उपस्थिति रहेकत्र थियो । पाँच दिनसम्म भव्य रूपले कार्यक्रम गरेको र नेपाल सरकारले भने जस्तै शिक्षा प्राप्तिका लागि विद्यालयले गरेको कामकत्र उहाँहरूले उच्च प्रशंसा गर्नुभयो । वैज्ञानिक र व्यवहारिक शिक्षा प्रदान गर्ने रणानीतिमा रहेको सो विद्यालयको स्वर्ण महोत्सव उद्घाटन तथा स्मारिका विमोचनको कार्यक्रम एकीकृत नेकपा माऒवादीका उपाध्क्ष डा. बाबुराम भट्टरार्इले पुस २९ गते गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र न्यौपानेको अध्यक्षतामा भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae