Sahara Sansar

Wednesday, January 12, 2011

पौडेलको प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता भयो

 
पुस २८ काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएको छ । व्यवस्थापिका संसदको बुधबार बसेको बैठकमा प्रस्तावक शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पौडेलको विपक्षमा बहुमत पुग्ने निश्चित भएपछि संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मीक बैठकले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्री निर्वाचन बिहीबारका लागि सार्ने आफ्नो प्रस्तावलाई माओवादी र एमालेले अस्वीकार गरेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको थियो ।
पौडेलको उम्मेदवारी फिर्तासँगै छ महिनादेखि जारी परिणम विहीन निवाचनको प्रक्रिया अन्त्य भएको छ । बैठकमा सभामुख सुभासचन्द्र नेम्वाङले पौडेलको उम्मेदवारी फिर्तासँगै साउन पाँच गतेदेखि जारी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अन्त्य भएको घोषणा गरेका छन् ।
प्रधानमन्त्री निर्वाचनको नयाँ प्रकृया बारे बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने छ र बिहीबार अपराहृन ३ बजे बस्ने बैठकमा घोषणा हुनेछ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae