Sahara Sansar

Monday, January 24, 2011

पूर्व गोर्खाभित्रै मतभेदः गेसोले देवान समुहविरुद्ध मुद्दा हाल्ने


धर्मराज अधिकारी /  माघ १०, बेलायत । 
  गोर्खा भुपु सैनिक संघ गेसोका अध्यक्ष पदम बहादुर गुरुङ्गले गद्धारहरुका कारण भुपु गोर्खाहरुले समान पेन्सन पाउन नसकेको बताउनुभएको छ ।
गेसो प्लमस्टिड एकाइले मंगलबार विलविचस्थित लण्डन इन्जिनियरीङ्ग कलेजमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनुभएको हो । कानुनी सल्लाहाकार गोपाल सिवाकोटी गद्धार भएको बताउंदै उहांले सिवाकोटीकै कारण गेसोका धमिराहरु पाखा लागेको जिकीर गर्नुभयो । उहांले सिवाकोटीलाई गद्धार घोषित गरी कार्वाही गरिसकेको जानकारी दिनुभयो । सिवाकोटीले बृटिश गोर्खा र नेपालकै विरोधमा कम गरेकाले उनीजस्ता गद्धार आवश्यक नभएको स्पष्ट पार्नुभयो ।
गेसोलाई बेलायत तथा नेपाल सरकारले समेत दावा गर्न नसक्ने भन्दै उहांले टिकेन्द्र देवानजस्ताले केहि गर्न नसक्ने बताउनुभयो । गेसो संयुक्त राष्ट्रसंघ, एसिया प्यासीफिक तथा बेलायतको अदालतदेखि दरबारसम्म जीबित रहेको जनाउंदै गुरुङ्गले बहुलाहरुले मात्र गेसोलाई दावा गर्ने जानकारी दिनुभयो । गेसोलाई स्वार्थका लागि दावा गर्ने देवान लगायतलाई मुद्दा हाल्ने तयारीमा आफुहरु रहेको उहांले जानकारी दिनुभयो ।  देवान समुहका बिचरा गोर्खाहरुलाई कार्वाही गर्न गेसो बाध्य भएको उहांको भनाई थियो । उहांले उनीहरुलाई कार्वाही गर्ने मन नहुंदा नहुंदै पनि वाध्यतावस कार्वाही गर्न परेको बताउनुभयो ।
अदालतमा पेश गर्नै नहुने गोर्खा घाती मुद्दाहरु हालेर देवानले गोर्खाहरुको विरोधमा काम गरेको जानकारी दिनुभयो । हाँस्यस्पद मुद्दाहरु हालेर देवानले गोर्खाहरुको मुद्दा अपीलसम्म नहुने वातावरण बनाएको बताउंदै अध्यक्ष गुरुङ्गले यस्तालाई छाड्न नहुने जिकीर गर्नुभयो । इतिहासले समेत देवान जस्ता घातीहरुलाई माफी नदिने बताउनुभयो ।
प्लमस्टिड शाखाका का. वा सभापति डम्बर काजी गुरुङ्गको सभापतित्वमा भएको सो कार्यक्रममा सयौं गोर्खा परिवारहरु उपस्थित थिए । सो अवसरमा केन्द्रीय महासचिव महेन्द्र लाल राई, डा. चन्द्र बहादुर गुरुङ्ग, मेजर मन बहादुर गुरुङ्ग लगायतले गोर्खाहरुको बारेमा बोल्नुभएको थियो ।
सर्वराज राईले संचालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य सिचव डोलमान गुरुङ्गले गर्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae