Sahara Sansar

Tuesday, January 25, 2011

रेडियो मेन्छ्यायेमले तेस्रो बार्षिकोत्सवमा मनायो

भरत ईङ्नाम,
माघ ११, तेह्रथुम ।
तेह्रथुमको म्याङलुङ्गमा संचालित रेडियो मेन्छ्यायेमको तेश्रो बार्षिक विभिन्न सांगितिक कार्यक्रम  र जातिय झाँकीका साथ आज सम्पन्न भएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रम सामुदायिक रेडियो प्रशारक संघ(अको¥याब) का  अध्यक्ष मिनबहादुर शाहीले उद्घाटन गर्नुभयो । कार्यक्रम उद्घाटन गर्दै शाहीले सामुदायिक रेडियोहरुले सूचनाको पहुँच गर्दै सुशासन र लोकतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भयो । समुदायको पहिचानका लागि सामुदायिक रेडियोहरुले आन्दोलन सुरु गरेको उल्लेख गर्दै उहाँले सामुदायिक रेडियोको अभियानमा सहयोग पुयाउन दल र सरोकारहरुलाई आग्रह गर्नुभयो । उहाँले  पर्यटन बर्षको प्रचारप्रसारका लागि संचार माध्यमलाई २३ करोड रुपैयाँ बजेट बिनियोजन गरे पनि सामुदायिक रेडियोहरुलाई सरकारले कार्यक्रम र बजेट नदिएको भन्दै गुनासो गर्नुभयो । यसैविच, आजै रेडियो मेन्छ्यायेमको भवन शिलान्यास गरिएको छ । दिवसको अवसरमा अको¥यावका अध्यक्ष मिनवहादुर शाही  र मेन्छ्यायेम संचार सहकारी संस्थाका उपाध्यक्ष एवं भवन निर्माण समितिका अध्यक्ष दयाप्रसाद आङ्वुङ्गले भवन शिलान्यास गर्नुभएको थियो । कार्यक्रममा आदीवासी जनजातिहरुको साँस्कृति झाँकी र राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गित संगित प्रस्तुत गरेका थिए । कार्यक्रममा  फक्ताङलुङ्ग साँस्कृतिक मंचले लिम्वू समुदायको च्याब्रु नाच, लिम्वू गित र नृत्य प्रस्तुत गरेको थियो भने, नेपाल तामाङ्ग घेदुङ्ग संघले तामाङ्ग सेलो, डम्फू सेलो र सेर्पा संघले सेर्पा नाच प्रस्तुत गरेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae