Sahara Sansar

Monday, January 10, 2011

दर्ताविहीन शरणार्थी आमरण अनशनमा

पुस २६ मोरङ (पानीटयाङ्की)। मोरङको शनिश्चरेस्थित शरणार्थी शिविरमा दर्ताविहीन भुटानी शरणार्थीले हैसियत र सुविधाको माग गर्दै सोमबार देखि अनिश्चितकालीन आमरण अनशन सुरु गरेका छन् ।
शिविर व्यवस्थापन समितिको कार्यालय अघि ब्यानर तथा ‘मेरो परिचय के हो ? लगायतका प्लेकार्डको माला लगाएर राहतपीडित शरणार्थीहरु आमरण अनशनमा बसेका हुन् ।
शिविरमा शरणार्थी दर्ता हुन छुटेका, विवाह गरी शिविर आएका महिला, शरणार्थी परिचयपत्रका लागि फोटो खिच्न छुटेका, फोटो खिचेर पनि परिचयपत्र नपाएकालगायत पाँच प्रकारका राहतपीडित शरणार्थीहरु यहाँका शिविरमा बस्दै आएका छन् ।
शनिश्चरेमा मात्र ८७४ र सबै शिविरमा तीन हजार १९० जना राहतपीडित शरणार्थी भएको पीडित शरणार्थीको नेतृत्व गर्दै आएका किशोर भण्डारीले जानकारी दिए ।
आफूहरुको माग गृह मन्त्रालय र शरणार्थीसम्बन्धी उच्चायोग लगायतका निकायहरुबाट पूरा नगरिएसम्म अनशन नछाड्ने पीडित शरणार्थीको भनाइ छ । रासस

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae