Sahara Sansar

Friday, January 21, 2011

सडक किनारामा काठका गोलिया नराख्न व्यवसायीलाई पैदावार सङ्घको आग्रह

माघ ७, इलाम ।
 राष्ट्रिय वन पैदावार व्यवसायी सङ्घको केन्द्रीय कार्यालय इलामले सडक किनारा मिचेर काठका गोलिया नराख्न व्यवसायीहरुलाई आग्रह गरेको छ । सम्बन्धित विभिन्न पक्षले सडक किनारा मिचेर गोलिया नराख्न पटक पटक आग्रह गर्दै आएको भए पनि व्यव्सायीहरुले लामो समयदेखि सडक क्षेत्रमा अव्यवस्थित रुपमा गोलिया राख्दै आएकाले हिजो बसेको चारपक्षीय बैठकले निर्णय गरे अनुरुप वन पैदावार सङ्घले आग्रह गरेको हो । सडक किनारामा जथाभावी गोलिया राख्दा र लोड गर्दा सवारी आवागमनमा समस्या पर्नुका साथै सडक भत्किन थालेकाले कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा इलाम स्थित जिल्ला वन कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय वन प्रदावार सङ्घ, केन्द्रीय कार्यालयको संयुक्त बैठक बसेको थियो ।
वन पैदावार सङ्घले माघ १० गतेभित्र व्यवसायीहरुलाई सडकको १५ मिटरभित्र राखिएका सबै गोलिया तथा दाउरा उठाउन आदेश दिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae