Sahara Sansar

Monday, January 24, 2011

शीतलहरका कारण तीन करोड वराबरको क्षति

सुमन सुस्केरा, माघ १०, कपिलवस्तु ।
 विगत तीन  साता देखि चलेको शीतलहरका कारण कपिलवस्तु जिल्लामा करिव ३ करोड रुपैँया बराबरको कृषिजन्य उत्पादनमा क्षति पुगेको छ । लगातार परेको बाक्लो हूस्सु र शितलहरका कारण सवैभन्दा वढि तरकारी र तोरी बालीमा नोक्सानी पुगेकोे जिल्ला कृषि विकास कार्यालयले बताएको छ । कार्यालयका प्रमुख खुर्सेद अहमद खांका अनुसार शितलहरका कारण सवैभन्दा वढि आलु, गोलभेडा तथा तोरीको उत्पादनमा समेत कमि आउने भएको छ । अहिले आलु र गोलभेडामा ढडुवा तथा तोरीमा थाप्ले रोग देखिएको प्राविधिकले बताएका छन् मौसम सुहाउदो नहुदा आलु उत्पादनमा २५ प्रतिशत, गोलभेडामा २० प्रतिशत तथा तोरीमा १५ प्रतिशत कमि हुने कृषि कार्यालयको अनुमान छ । जिल्लाको कूल २ हजार ३ सय ५० हेक्टरको आलु खेतीबाट २१ हजार १सय ५० मेट्रिक टन र १सय५० हेक्टर टमाटर खेतीबाट २ हजार २सय५० मेट्रिक टन उत्पादन हुने लक्ष्य राखिएकोे थियो । त्यसैगरी ३ हजार ७ सय ६० हेक्टर खेतमा लगाइएको तोरी र सरसीउ खेतीबाट २६ सय ९४ मेट्रिक टन उत्पादन हुने अनुमान कार्यालयको थियो । यसवाहेक केरा खेतीलाई समेत लगातारको शितलहरले असर गरेको बताइएको छ 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae