Sahara Sansar

Saturday, January 22, 2011

दुर्गम गाउँमा सार्वजनिक वित्त व्यवस्थापन तालिम

तारानाथ आचार्य,रेडियो पर्वत फलेवास ।
माघ ८ पर्वत ।
 स्थानीय स्वायत्त शासन ऐन २०५५ को व्यवस्था अनुसार गाविसमा जाने विकास बजेटको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्धेश्यले पर्वतको एक दुर्गम गाउँमा वित्त व्यवस्थापन तालिम सन्चालन गरिएको छ ।  सरकारले विकास योजना र बजेट वाँडफाँडको कामलाई विकेन्द्रित गरेको धेरै वर्ष भइसक्दा पनि गाविसमा हरेक वर्ष जाने विकास बजेट प्रभावकारी हुन नसकेको भन्दै  स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको सहयोगमा जिल्ला विकास समिति पर्वतले ठुलीपोखरी गाविसमा सो तालिम संचालन गरेको हो । गाविसमा जाने रकमको व्यवस्थापनलाई प्रभावकारी बनाउनका तालिमले महत्वपुर्ण भूमिका खेल्ने जनाइएको छ । तालिममा ठूलीपोखरी तथा खौला गाविसका संयन्त्र सदस्यहरुका लागि २ दिने सार्वजनिक वित्त व्यवस्थापन तालिम दिइएको हो । तालिममा खौलालाकुरी र ठुलीपोखरी गाविसका ३० जनाको सहभागिता रहेको एलजीसिडीपी का सुरज रेग्मीले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae