Sahara Sansar

Sunday, January 16, 2011

राष्ट्रिय झण्डा परिवर्तन नगर्ने सहमति


माघ २ काठमाडौं । प्रमुख तीन दल अब बन्ने संविधानमा पनि अहिलेकै नेपाली झण्डालार्इ मान्यता दिन सहमत जनाएका छन् । आज आइतबार सिंहदरबारमा बसेको बैठकले झण्डाको रंग, आकार र प्रकारलार्इ जनआन्दोलनको उपलब्धीसँग जोडेर व्याख्या गर्ने तर झण्डा नफेर्ने सहमति भएको हो ।
यस अघि एकीकृत नेकपा माओवादीले झण्डा फेर्नुपर्ने माग गर्दै आइरहेको थियो । बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले झण्डाको रंग र आकारलार्इ परिवर्तन नगरी जनआन्दोलनसँग जोडेर व्याख्या गर्ने सहमति भएको बताउनुभयो । त्यस्तै निर्वाचनमा भाग लिएका सबै दललार्इ राष्ट्रिय दल भन्ने मान्यता प्रदान गर्ने पनि बैठकमा सहमति भएको छ । तर ३ प्रतिशत मत नल्याउने दललार्इ मान्यता नदिनेमा भने दलहरूबीच सहमति भएको छ । तीन दलले गरेको सहमति बारे संविधानसभाका प्रतिनिधित्व गर्ने २० दलमा थप छलफल हुनेछ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae