माघ ८ रामेछाप ।
वर्षौदेखि अँध्यारोमा बस्दै आएका रामेछाप विजुलीकोटका नागरिकहरु अव चाँडै अध्यारोमा बस्नु पर्ने समस्याबाट मुक्त हुने भएका छन् । पोकुदोभान लघु जलविद्युत परियोजना सन्चालन हुने भएपछि उनीहरु अध्यारोबाट मुक्त हुने भएका हुन् । ४५ किलोवाट क्षमताको बिद्युत परियोजनाको शिलान्यास समेत भएको छ । एक वर्ष भित्र निमार्णकार्य सम्पन्न गर्ने गरी थालिएको परियोजना
सम्पन्न गर्न एक करोड ९७ लाख लाग्ने अनुमान गरिएको छ । हालसम्म वैकल्पिक उर्जाबाट ६४ लाख ,गाविसबाट १९ लाख ,जिल्ला विकास समितिबाट १२ लाख ३० हजार र उपभोक्तताबाट ३० लाख गरि कुल एक करोड ५५ लाख लगानी भइसकेको र अपुग रकम संकलन कार्य भइरहको उपभोत्ता समितिका अध्यक्ष कृष्ण महतले जानकारी दिनु भयो । परियोजना सम्पन्न भएपछि ६ सय ३० घरधुरी लाभान्वित हुने छन् ।
0 comments:
Post a Comment