Sahara Sansar

Sunday, January 16, 2011

खानेपानीको हाहाकार गाउँ नै बिस्थापित हुने अबस्थामा

एसबि गौतम
माघ १ । रामेछापको पकरबास गाविसमा खानेपानीको हाहाकार भएको छ । पानीका पुराना मुहानहरु सुकेपछि त्यस गाविसमा खानेपानीको अभाव देखापरेको हो । स्थानिय केही मुहानहरुमा पानी पाइने भएपनि एक गाग्री पानी लिनका लागि निन्द्रा माया मारेर स्थानिय बासिहरुले रातभर पालो कुर्नुपर्ने बाध्यता छ ।
पानीको अभाव भएपछि स्थानिय नागरिक खानेपानी किनेर पिउन समेत बाध्य भएका छन् । खानेपानीकै अभावमा अबको १;२ वर्षमा गाउँनै विस्थापित हुने स्थिती श्रृजना भएपछि खानेपानी आयोजना साचालन गर्नका लागि स्थानियबासिहरुले महायज्ञ लगाउने भएका छन् । आगामी फागुन १० गतेबाट महायज्ञ साचालनका लागि रामकृष्ण ढुङ्गेलको संयोजकत्वमा २५ सदश्यि मुल तयारी समिती समेत गठन गरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae