Sahara Sansar

Tuesday, January 25, 2011

गोरखामा बस दुर्घटना, आठको मृत्यु २८ घाइते
राजेन्द्र न्यौपाने
माघ ११ गोरखा । गोरखा जिल्ला सदरमुकामबाट घ्याम्पेसालका लागि विहान ११ बजे छुटेको ना २ ख ७२५१
नं. को यात्रु वाहक बस ताप्ले गा.वि.स.वडा नं. ६ स्थित अँधेरी खोला कटुसघारीमा पल्टदा घटना स्थलमा सात जनाको मृत्युभएको छ । मृत्यु हुनेहरु मध्ये चार जनाको मात्र सनाखतभएको छ ।
मृत्यु हुनेहरुमा ताप्ले गा.वि.स वडा नं. ९ की सीतादेवी भट्ट, सोही वडाका प्रेम प्रसाद भट्ट, आरुपोखरी गा.वि.स.
२ वस्ने वहालवाला सेनाका जवान गणेशमान श्रेष्ठ, पन्द्रुङ गा.वि.स. वडा नं. ९ बस्ने लाले दमै रहेका छन् । उपचारका लागि गोरखा अस्पताल ल्याउँदा एकको मृत्यु भएकोछ । मृत्यु हुनेहरुमा चार महिला र चार पुरुष रहेका छन् । दुर्घटनामा घाइते भएका २८ जना मध्ये ९ जनाको गोरखा अस्पतालबाट रिफर गरि काठमाण्डौ पठाइएको छ ।
चालकले बस रोकी पिसाव फेर्न लाग्दा सह चालकले चलाएको कारण वस दुर्घटना भएको घाइते तिलक बहादुर गुरुङले
बताउनुभयो । म पनि काठमाण्डौमा बस चलाउँछु बारी जोत्न घर आएको थिएँ, विहान काठमाण्डौमा चिया मात्र पियर आएकोछिटो घर पुगौला भनेर मत दुर्घटनामा पो परें पाँचखुवादेउराली घुमाने निवासी गुरुङले भन्नुभयो ।
उहाँ सबैजना उठिसकेपछि गाडिले चेपिएको अवस्थाबाट निस्कन सफल हुनुभएको थियो । अश्राङ झिंगटे निवासी एक
युवा पनि उहाँ जसरी नै चेपिएको स्थानबाट निस्कनुभयो र गाउँमा पुजा छ भन्दै आफ्नो बाटो लाग्नुभयो ।
दुर्घटनाको खबर थाहा पाउने वित्तिकै उद्धारका लागि नेपाल रेडक्रस सोसाइटीको टोली, प्रहरी, वाइसीएल, गोरखा
अस्पतालका स्वास्थ्यकर्मी र स्थानीयवासीहरु घटनास्थल पुगेर उद्धार गरेका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae