Sahara Sansar

Friday, December 17, 2010

माओबादीद्वारा प्रधानमन्त्रीको चयन नयां प्रक्रियाबाट थाल्न र नियमावली संशोधन गर्नुपर्ने प्रस्ताव दर्ता



पुस २ काठमाडौ।  एकीकृत नेकपा माओवादीले संसदको विशेष अधिवेशनमा छलफलका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता  गरेको प्रधानमन्त्रीका एकमात्र उम्मेदवार रामचन्द्र पौडेलको उम्मेदबारीको औचित्य समाप्ती भएको भन्दै प्रधानमन्त्रीको चयन नयां प्रक्रियाबाट थाल्न र नियमावली संशोधन गर्नु पर्ने   प्रस्ताव दर्ता गराएको छ । शुक्रबार संसद नियमावलीको नियम ५ वमोजिम प्रधानमन्त्रीको चयन नयां प्रक्रियाबाट थाल्न र नियमावली संशोधन गर्नु पर्ने प्रस्तावमा उल्लेख गर्दै संसद सचिवालयमा दर्ता गरेको हो ।
संसद अधिवेशनको समावेदन माग गर्दै आएका एकीकृत माओवादी सहित सात दलले प्रस्ताव दर्ता गरेका हुन् । प्रस्ताव दर्ता गराउन संसद सचिवालयमा माओवादी सचिव पोष्टबहादुर बोगटी, नेता देव गुरुङ लगायतका अन्य साना पांच दलका नेताहरु सहभागी  रहेका थिए ।
माओवादीले प्रधानमन्त्री निर्वाचन प्रक्रिया सम्बन्धी प्रावधान फेर्न नियमावली संशोधन प्रस्ताव दर्ता गरेको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae