Sahara Sansar

Saturday, December 18, 2010

शान्ति र संविधानका लागि हदैसम्म लचिलो बन्न तयार: प्रचण्ड


पुस ३ काठमाडौँ। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शान्ति र संविधानका लागि आफ्नो पार्टी निकै लचिलो बनिरहेको बताएका छन्।  शनिबार नयाँबजारस्थित आफ्नै निवासमा संचारकर्मीहरुसंग  कुरा गर्दै उनले शान्ति र संविधानका लागि  एकीकृत नेकपा माओवादी हदै सम्म लचिलो बन्ने बताएका हुन्।
उनले भने ’एकपक्षीयरूपमा सबै कुरा माओवादीले गरिदिएपछि मात्र सहमति हुन्छ भन्नु भएन । यसका लागि शान्ति, संविधान र सत्ता साझेदारीका मुद्दालाई प्याकेजमा राखेर समाधान खोज्न सबै दल तयार हुनुपर्छ ।’
प्रचण्डले मुलुकका सामु अग्रगमन र दुर्घटनाको  सम्भावना रहेको भन्दै दुर्घटनाबाट जोगिन  जनताको योगदान आवश्यक रहने बताए  । 
उनले  शिविरका लडाकुलाई विशेष समिति अर्न्तगतको सचिवालय मातहतमा  ल्याउन आफ्नो पार्टी तयार रहेको पनि जानकारी  दिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae