Sahara Sansar

Sunday, December 19, 2010

माओवादीले दर्ता गरेको प्रस्ताव फिर्ता लिनुपर्ने काँग्रेस र एमालेको अडान


पुस ४ काठमाडौँ । राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक विना निश्कर्ष टुंगिएको छ ।  एकीकृत नेकपा माओवादीले विशेष अधिवेशनका लागि दर्ता गरेको प्रस्ताव फिर्ता लिएर नियमित अधिवेशनमा जानुपर्ने काँग्रेस र एमालेको अडान पछी प्रमुखतीन दलको बैठक बिना निष्कर्षमा टुङ्गीएको हो ।
बैठकमा प्रधानमन्त्रीको उम्मेदवारी, दलहरुबीच अविश्वास लगायका विषयमा बैठकमा छलफल भएको थियो ।  बैठकमा संसद अधिवेशन औपचाकिरतामा सिमित गर्ने तीन सहमति भएको छ । बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सहभागी थिए ।
बैठक शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा बसेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae