Sahara Sansar

Friday, December 17, 2010

रुवेल चौधरी आपराधिक क्रियाकलपामा संलग्न भएको पाइए कारवाही गरिने: सुजाता

पुस २ काठमाडौँ। उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री सुजाता कोइरालाले रुवेल चौधरी आपराधिक क्रियाकलपामा संलग्न भएको पाइए कारवाही गरिने बताएकी छिन  । इण्डोनेशियाको भ्रमण सकी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीसंग  प्रतिक्रिया दिदै यस्तो बताएकी हुन्।
उपप्रधानमन्त्री कोइरालाले कानुनमाथि कोही नरहने बताउँदै कोइरालाले पारसलाई कारवाही गर्ने विषयमा कानुन व्यवसायीसँग थप परामर्श गरी अघि बढ्ने जानकारी दिईन ।

उनले पत्रकारतर्फ इङ्गित गर्दै  भनिन् 'जे पायो त्यही लेखेर हुँदैन, त्यस्तो त म जे पनि लेखाउन सक्छु'। विमानस्थलमा पुगेका पत्रकारलाई परराष्ट्र मन्त्री कोइरालाले ज्वाइँ रुबेलका अवैध क्रियाकलापको प्रमाण देखाउन चुनौती दिएकी थिइन्।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae