Sahara Sansar

Wednesday, December 22, 2010

प्रधानमन्त्री नेपाल र भारतीय स्थल सेनाध्यक्ष विजयकुमार सिंह बीच भेटबार्ता




पुस ७ काठमाडौँ। प्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय स्थल सेनाध्यक्ष विजयकुमार सिंह बीच भेटबार्ता भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको  शिष्टाचार भेटका क्रममा प्रधान मन्त्री माधवकुमार नेपालले  नेपालको भूमि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।
भेटको अबसरमा  प्रधानमन्त्रीले नेपालले आफ्नो भूमिमा अन्तराष्ट्रिय आतंकवादी गतिविधि हुन नदिन सजगता अपनाउँदै आएको स्मरण गर्दै भविष्यमा समेत छिमेकी मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।  भेटमा उनीहरुबीच दुई मुलुकको सेनाबीच रहँदै आएको परम्परागत सम्बन्धबारे कुराकानी भएको प्रधान मन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए ।
यसअघि भारतीय सेनाध्यक्ष सिंह मङ्गलबार मुस्ताङको जोमसोमस्थित सैनिक उच्चशिखर शिक्षालयको भ्रमण गरेका थिए । उनले जोमसोमबाट फर्किंए लगत्तै पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण गरेका थिए ।
आफ्नो नेपाल भ्रमण पूरा गरी भारतीय स्थलसेनाध्यक्ष तथा उनको भ्रमण दल बिहीबार अपराहृन स्वदेश फर्किंने कार्यक्रम तय भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae