Sahara Sansar

Tuesday, December 21, 2010

खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा एमाले भित्र विवाद छैन: वामदेव गौतम


पुस ६ चितवन। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा आफ्नो पार्टीभित्र कुनै विवाद नभएको बताएका छन्।

उनले 'प्रधानमन्त्री बन्नका लागि राष्ट्रिय सहमति नै हुनुपर्छ भन्ने जरुरी छैन बहुमतीय प्रणालीबाट पनि प्रधानमन्त्री बन्न सक्ने विचार व्यक्त गरे ।

पार्टी कामको सिलसिलामा मंगलबार  चितवन पुगेका उपाध्यक्ष गौतमले भरतपुरमा पत्रकारहरुसँग कुरा गर्र्दै ३०१ सभासद्को समर्थन जुटेको खण्डमा अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाइने बताए।

एकीकृत नेकपा (माओवादी)ले अनमिनको म्याद थप्नुपर्छ भन्ने कुरा गरिरहेको सन्दर्भ उठाउँदै उनले पहिल्यै नै अन्तिमपटक भनेर म्याद थपिएको अनमिनको म्याद फेरि थप्न कठिनाइ हुने बताए।
उनले शान्तिप्रक्रिया टुङ्गोमा नपुगेसम्म अनमिनको आवश्यकता भए पनि अन्तिमपटक भनेर गल्ती गरिएको बताए।

उपाध्यक्ष गौतमले संसद्को विशेष अधिवेशनमा माओवादीले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने आफ्नो पार्टीको निर्णय भइसकेकाले सो प्रस्ताव असफल हुने बताउँदै प्रस्ताव फिर्ता लिएर सहमतिमा आउन माओवादीलाई आग्रह गरे। रासस

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae