Sahara Sansar

Sunday, December 19, 2010

गायक रामकृष्ण ढकालको नयाँ एल्बम 'शैली' विमोचित

काठमाडौ, पुस ४  - 
आधुनिक हुँदै पप गीत गाएका गायक रामकृष्ण ढकालले पछिल्लो समय भजन गीतहरूको संग्रहसमेत निकालेका थिए। शनिबार भने उनले संगीतकार न्ह्यु बज्राचार्यको हातबाट आफ्नो पछिल्लो एल्बम 'शैली'को विमोचन गराएका छन् । एल्बम विमोचनअघि छोरी रानीले बाबुले नै गाएको लोकपि्रय गीत 'ओराली लागेको हरिणको चाल भो...' गाएर भेला भएका अतिथिको स्वागत गरेकी थिइन् । 


नौ गीतहरू राखिएका एल्बममा आनन्द अधिकारी, किरण केसी, उन्नति बोहरा, भीम विराग, नवराज लम्साल, डा. भोला रिजाल, बाबुराम दाहाल र कालीप्रसाद रिजालका शब्द छन् । 'शैली' एल्बम विमोचनपछि कार्यक्रममा गायकले केही गीतहरू गाएका थिए । 


गीतलाई नयाँ ट्रयाकमा रेकर्ड गरिएको गीत 'तिमीलाई 
माया गर्ने भुल भयो मबाट...' गाएका थिए । 
विरागको यही 'राति राति' गीतलाई यसअघि गायक आभाषले पलेंटीलगायतका सांगीतिक उत्सवहरूमा गाउँदै आएका थिए । 


ढकालका साथमा पत्नी नीलम र छोरी रानीले समेत अभिनय गरेका छन् । 


विभिन्न संगीतकर्मीको उपस्थितिमा विमोचित एल्बमबाट दुई गीत 'छुकछुके रेल...' र 'कति कुरा...' को म्युजिक भिडियो पनि देखाइएको थियो । पहिलो गीत केही समयदेखि नै संगीत बजारमा बज्न थालिसकेको थियो । गायिका मल्लिका कार्कीसँग गाइएको दोस्रो गीतको भिडियोमा गायक 

भीम विरागको शब्द/संगीत रहेको गजल 'राति राति...' देखि उन्नति बोहराको पुरानो 

'शैली'मा गायक ढकालले आलोकश्री, शिखर सन्तोष, राजु सिंह, किरण कँडेल, शम्भुजित बाँस्कोटा मात्रै नभई भीम विराग र नातिकाजीका संगीतमा समेत गाएका गीत राखेका छन् । कालीप्रसाद रिजालको शब्द रहेको 'नदी तरेर...' नातिकाजीले संगीत भरेको अन्तिम गीत हो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae